सरकारसँगको एघार बुँदे सहमति भएपछि चलचित्रकर्मीको अनसन तोडियो

काठमाडौ । आमरण अनसनमा उत्रिएका चलचित्रकर्मीहरुले आजदेखि आफ्नो अनसन स्थगित गरेका छन् । नौबुँदे माग राखेर गएको मङ्गलबारदेखि आमरण अनसनमा बसेका आन्दोलनरत चलचित्रकर्मी र सरकारबीच आज एघार बुँदे सहमति भएपछि उनीहरुले सो अनसन स्थगित गरेका हुन् ।चलचित्र विकास बोर्डको स्वायत्तता, बोर्ड तथा केन्द्रीय चलचित्र जाँच समितिको गठनलगायतका चलचित्र क्षेत्रसँग सम्बन्धित मागहरु राखेर चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा छ जना चलचित्रकर्मी आमरण अनसनमा बस्दै आएका थिए ।सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले अनसनमा बसेका छ जना चलचित्रकर्मीलाई जुस खुवाएर अनसन तोडाउनु भएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

यसअघि मन्त्री यादव र आन्दोलनरत चलचित्रकर्मीको तर्फबाट संयोजक राजकुमार राई, सदस्यहरु नवल खड्का र रामकेशर बोगटीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।सहमतिपत्रमा चलचित्र विकास बोर्डको स्वायत्तताका लागि बनेको विधयेकको मस्यौदालाई सरोकारवालासँग छलफल गराई केही महिनाभित्र अन्तिम रुप दिने, बोर्डका अध्यक्षलगायत पदाधिकारीहरुमा चलचित्र क्षेत्रमा क्रियाशील र गैरराजनीतिक पेशाकर्मीलाई नियुक्त गरिने सहमतिपत्रमा उल्लिखित छ ।चलचित्र जाँचपास समितिमा वास्तविक चलचित्रकर्मीको नियुक्ति गरिने र त्यस्तो नियुक्तिमा चलचित्रसँग सम्बधित सङ्घ संस्थाको समेत परामर्श लिइने लगायतका विषयहरु सहमतिपत्रमा परेका छन् ।चलचित्रकर्मीहरुलाई अनसन तोड्न लगाएपछि मन्त्री यादवले कलाकर्मीहरुले समाज रुपान्तरण गर्ने आफ्नो जिम्मेवारीलाई अहिलेको सङ्क्रमणको जटिलतालाई बुझेर निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा विगत चारदिनदेखि अनसनमा बसेका कलाकारहरु एनएस अग्रज, मुकेश ढकाल, निला बस्नेत, अनन्त तिमल्सिना, सूर्य रेग्मी र जयकिसन बस्नेतले भावी दिनहरुमा चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त पारिने र यस किसिमको अनसन बस्नुपर्ने अवस्था नआउने प्रतिक्रिया दिनुभयो ।

 

3 Responses to “सरकारसँगको एघार बुँदे सहमति भएपछि चलचित्रकर्मीको अनसन तोडियो”

  1. ganga b grg says:

    नेपाल को अखाद्य बस्तु मिलेको जुस मा धेरै शक्ति छ,मर्छु भन्नि मनिष लै जीवन दान गर्छ!!! असली जीवन जल रहिछ. बृध्य हरुले शेवन गर्नुस् र आयु लम्बौनुस.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  2. likpa jip says:

    बदाई छ कलाकारहरुलाई दुख गरेको फल पायो

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  3. R.K vista/Tokyo says:

    नेपाली कलाकार देखेर अचम्म लग्यो /

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)