अपहरणमा परेका बालकलाई उद्धार गर्ने क्रममा प्रहरी र अपहरणकारी विच भिडन्त

वीरगञ्ज,माघ २२ । वीरगञ्जको आदर्शनगरबाट नौ दिनअघि अपहरणमा परेका ८ वर्षीय बालक सुलोक अग्रवाललाई सोमबार प्रहरीले सकुशल उद्धार गरेको छ । उनलाई अपहरणमुक्त गर्ने क्रममा बिहान अपहरणकारी र प्रहरीबीच भिडन्त भएको हो । दुइ पक्ष विच भएको भिडन्तमा दुई जना अपहरणकारीको मृत्यु भएको छ । भिडन्तमा घाइते भएका भेडिहारी निवासी २२ वर्षीय सञ्जय गिरी र हरपुर गाउँ निवासी विन्देश्वरको उपचारका क्रममा ज्यान गएको एसपी पिताम्बर अधिकारीले बताउनुभयो । भिडन्तका क्रममा दुई प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी सूर्यबहादुर तामाङ र बाधाबहादुर थापाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अपहरणमा संलग्न ६ जनालाई नियन्त्रणमा लिगेको छ जसमा बालककै काका नाता पर्ने कुणाल अग्रवाल पनि रहेका छन् । अशोक अग्रवालका छोरा सुलोकको माघ १३ गते राति अपहरण भएको थियो ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)