बेलायती नागरिक लुटेरा समूहको आक्रमणबाट गम्भीर घाइते

लमजुङ,माघ २२ । लमजुङमा स्वयंसेवकको रुपमा काम गर्दै आएकी एक बेलायती नागरिक लुटेरा समूहको आक्रमणबाट गम्भीर घाइते भएकी छन् । बेलायती नागरिक २८ बर्षिया ग्रेस स्मीथलाई गम्भीर घाइते बनाई लुटेराको समूहले डिजिटल क्यामेरा, झोला र केही पैसा लुटेर लगेको प्रहरीले जनाएको छ । लमजुङमा सामान्य उपचारपछि ग्रेसलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । सुन्दरबजार गाविस वडा नम्बर ८, पोख्रेलटोल नजिकै ग्रेसमाथि लुटेराको समूहले आइतबार बेलुकी आक्रमण गरेको हो । भोलिन्टियर सर्भिस ओभरसिज भीएसओ नामक संस्था मार्फत तार्कुघाटको सर्वोदय सेवाश्रामको साझेदारीमा झण्डै ३ महिनादेखि लमजुङमा स्वयंसेवकको रुपमा काम गर्दै आएकी ग्रेसमाथि सुन्दरबजार गाविस ५ को आदर्श वाल उच्च माविबाट फर्कदा आक्रमण भएको थियो । चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी ग्रेसलाई स्थानीय वासिन्दाले स्वास्थ्य संस्थामा पुर्‍याएका थिए । आगामी विहिवार आफ्नै देश फर्कने योजनामा रहेकी उनीमाथि आक्रमण भएपछि उनका साथीहरु निराश बनेका छन् । ग्रेसमाथि आक्रमण गर्नेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले वताउनुभयो ।

-
 

One Response to “बेलायती नागरिक लुटेरा समूहको आक्रमणबाट गम्भीर घाइते”

  1. Bishwaraj says:

    गरीबी र शान्तीशुरक्छ्या को कमीले देश र नेपालीको बद्नाम-

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)