खतरनाक बन्दुकधारीको गोली हानी हत्या

माघ २२ । अमेरिकी इतिहासमै खतरनाक मानिएका बन्दुकधारीको गोली हानी हत्या गरिएको छ । क्रिस कमाइल नामका ती बन्दुधारीलाई अमेरिकाको टेक्ससको रफ क्रीक लाज रेंजमा गोली हानी हत्या गरिएको हो । ईराकयुद्धका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका क्रिस काइल पूर्व अमेरिकी नौसैनिक थिए । आफ्नो सैनिक जीवनका क्रममा उनले २ सय ५० जना संदिग्धको गोली हानी हत्या गरेको रेकर्ड छ । अमेरिकाको पोख्त बन्दकधारी मानिएका ३८ वर्षीय कमाइलले अमेरिकन स्नाइपर नामको पुस्तक लेख्नुका साथै आफ्ना समकक्षीहरुलाई गोली हान्ने तरिका र युद्धकला पनि सिकाएका थिए । गाडीमा आएको अज्ञातबन्दुकधारीले उनलाई गोली हानी फरार भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । हत्यामा संलग्न भएको आशंकाका प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एजेन्सी

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)