तीसकिलो चरेस सहित तीन जना पक्राउ

रुपन्देही,माघ २२ । प्रहरीले रुपन्देही र सुनसरीबाट झण्डै तीसकिलो चरेस र त्यसको कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । मोरङ दुलारीका सरिलाल चौधरीको साथबाट रुपन्देहीमा ९ किलो ८ सय ग्राम चरेस बरामद गरेपछि रुपन्देही प्रहरीको समन्वयमा सुनसरीमा प्रहरीले १९ किलो चरेस सहित इटहरीका हरिलाल चौधरी र यमकुमारी घर्तीलाई पक्राउ गरेको हो । बुटवलमा पक्राउ परेका सरिलालको बयानका आधारमा उनीहरुलाई पक्रिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)