श्रीमान द्वारा श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या

पोखरा,माघ २२ । कास्कीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका छन् । लामो समयदेखि झगडा गर्दै आएका कास्कीको चापाकोट गाविस ७ घाँटीछिनाका ५८ वर्षीय भविलाल विकले आइतबार साँझ आफ्नै घरमा ४८ वर्षिया श्रीमती सन्तकुमारी विकको टाउकोमा घनले हानेर हत्या गरेका हुन् । आफ्नो कोठामा बोलाई श्रीमतीको हत्या गरेपछि उनले श्रीमतीको कोठामा गएर घाँटीमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । झगडाका कारण श्रीमान् श्रीमती लामो समयदेखि एउटै घरमा अलग अलग बस्दै आएका थिए । त्यही घरमा दुई छोरा पनि आ आफ्नो परिवारसहित अलग बस्ने गरेका थिए । प्रहरी प्रवक्ता पौडेलकाअनुसार सधैं मदिरा सेवन गरी हिंड्ने श्रीमानका कारण उनीहरुको घरझगडा हुने गरेको थियो । घटनाको दिन जेठा छोरा ससुराली र कान्छो छोरा काममा गएका थिए । घटनाबारे साँझ छिमेकीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोली राति नै गाउँमा पुगेको थियो । हत्यापछि उनले श्रीमतीको रगताम्मे शव आफ्नो खाटमुनि लुकाएका थिए । दुवैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)