प्रधानमन्त्रीको बन्ने विषयमा ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैं दलहरूबीच

संविधानसभा विघटनपछि सत्ता पक्ष र प्रतिपक्षको नाममा सडक आन्दोलनदेखि आरोप–प्रत्यारोप गर्दै आएका राजनीनिक दलका नेताहरूको घैंटोमा अब भने घाम लाग्लाजस्तो धरहरोको दूरबिनले छनक पाएको छ । सबै दलहरूको आ–आफ्नै अडानले गर्दा सहमतिको फर्मुला ननिस्किएछि एमाओवादीका अध्यक्ष प्रचण्डले हैटौंडाबाट काठमाडौं फर्किंदा सहमतिको नयाँ फर्मुला लिएर आउने बताएका थिए । नभन्दै राजनीतिक दलहरूबीच भएको छलफलबाट केही निकास निस्कने झिनो आशाको साथ धरहराले पत्ता लगाएको छ ।दलहरूको बैठक नियाल्दा त्यहाँ पनि दलहरूको आ–आफ्नै अगाड देखियो । सहमति गरेर जेठ १५ गतेभित्र नै चुनाव गर्नुपर्ने विषयमा राजनीतक दलहरूबीच सहमति होला–होला जस्तो गरे पनि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा गएपछि ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैं दलहरूबीच ठ्याक्कै कुरो मिल्ने छनक धरहराले फेरि पनि देख्न सकेन ।दलहरूले सहमतिको कुरा गरेको धेरै भयो । होला–होला जस्तो हुने दलहरूबीचको सहमति अन्तिम समयमा हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं हुने गरेको धरहराको हेर्दै आएको हो । अन्तिम समयमा आएर प्याकेजमै दलहरूबीच सहमति जुट्ला त भनेर धरहराले दूरबिन घुमाएको त अहो ⁄ सबैको आ–आफ्नै एजेन्डाको ताँती देख्दा धरहरा छक्क पर्यो । बहालवाला प्रधानन्यायाधीश वा स्वतन्त्र व्यक्तिको नाममा सहमति जुटाउन पनि सबै दलहरूको आ–आफ्नै अडान ⁄ सबैका आ–आफ्ना नागरिक समाजले एक–आपसको विरोधमा कराउन थालेपछि कसरी होला सहमति ? दलहरूबीच हुने सहमतिको मेसो राम्रै देखे पनि धरहरा ढुक्क भने हुन सकेको छैन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

15 Responses to “प्रधानमन्त्रीको बन्ने विषयमा ‘मेरो गोरुको बाह्रै टक्का’ भनेझैं दलहरूबीच”

  1. ishor kafley mtrl canada says:

    इनै नेताहरुले निकाश दिएछन भनि त कान काटेर ढुंगामा राखिदिन्छु … दिहाले भनि पनि ,को बन्छ कुन्नि नया प्र.म …एक महिना नाबित्त्दा नाबित्त्दै राजिनामा मग्न थाल्छन…… सबै भन्दा पहिला माग्ने त माकुने, राम चन्द्र पौडेल,अनि के.पी, नै होलान नि ..कि कसो हौ नेपाली हो…?

    Well-loved. Like or Dislike: Thumb up 460 Thumb down 5

    • हितमान घले, लाप्राक गोर्खा says:

      I told you guys and girls. The opposition will waste at least another 1 year to decide who exactly will be the PM.

      I clearly know changing the PM is not gonna work. Whoever becomes the PM doesn’t matter as long as s/he is skilled. Skilled on doing not talking.

      Opposition नेताको दिमागलाई Full Format हानेर नयाँ Operating System हाले पनि यिनीहरुले काम गर्न सक्दैनन् l Because an old hardware doesn’t support a new software.

      आफु नि घर नबनाउनि अरुले बनाउन खोजेको घरपनि भत्काउनि l
      Nepali people gotta be aware there is something wrong with these Opposition Parties.

      Well-loved. Like or Dislike: Thumb up 170 Thumb down 9

  2. navraj shrestha says:

    अब म बन्छु प्रधानमन्त्रि म!

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 16

  3. bikram says:

    नंया प्र.म आए पनि उस्तै हो फेरि आन्दोलन राजिनामा माग .बरु भै रहेको लै नै continue दिदा राम्रो होला हौ .नया पुरानो एउतै भए पछि के फरक पर्छ र होइन ?

    Well-loved. Like or Dislike: Thumb up 136 Thumb down 5

  4. ganga b grg says:

    प्रचण्ड बाबुराम संग नेपाल लै चाहिने सबै Idea , आट, खुबी र शक्क्षमता छ. एमाले काँग्रेस सोलुशन लौदैन बिरोध मात्र गर्छ, विरोधले सत्ता परिवर्तन गर्न सकिन्छ तर नेपाल लै बनौन को लागि माओबादी को जस्तो बुद्धि र इच्क्षा हुनु पर्छ.सत्ता मात्र न खोज योजना सहित आगाडी बडनुस , पर्जातंत्र ले मात्र नेपाल बन्दैन, बुद्धि र योजना हुनु पर्छ जो आज सम्म एमाले काँग्रेस मा देखिएको छैन.

    Well-loved. Like or Dislike: Thumb up 368 Thumb down 8

  5. depak thapa says:

    अब नया प्रधानमन्त्री एन आर एन का नेपालि हरु लाइ बन्नाउनु पर्दछ /

    Hot debate. What do you think? Thumb up 35 Thumb down 112

  6. Deshbhaktta sharma says:

    सिदान्त, नीति, र आदर्स अब के रह्यो बाकि ??? जनता, जनता भन्यो जसरि हुन्छ, सत्तामा जाने, सात पुस्तालाई पुग्ने गरि कुम्ल्याउने ! जो आज भोलि राजनीतिमा जो एकोहोरो लाग्छ नि हाम्रो समाजमा राम्ररी बुझे हुञ्छ सबैले कि त्यो धुर्त बुवासो, देशद्रोही हो या त गोबर गणेश, चाहे सिदान्तको राजनीति होस् कि जातको सबै लुट्ने दाउ नै हो !

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 2

  7. likpa jip says:

    के को नया प्रधानमन्त्रि आउने ..तेइ पुरानो बुडोहरु नया भएर औनेता होनी ..

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 0

  8. हजारू हजार नेपाली दाजु भाई मार्ने मओबदिलाई जदौ हान्ने नेपाली दाजु भाइलाई के था देस टुक्रयूना आटेको | एउटा उपाए छ नेता जति सबै जेलमा कोचेर देस राजाको हातमा हुनु हो भने बरु देसता बच्ने थियो | खोइ के विकास गरे त पाटीका नेताहरुले ,हत्या ,हिम्सा ,लुटपाट ,अनि कुर्सिको लडाई भन्दा आरु के भएको छ त्यो देसमा |

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 52

  9. खुल्क्यो माओबादीको बुद्दि ता जुदै मान्छे गाड्ने अनि हत्यारालाई मुक्ति दिनुपर्छ भन्ने खुबी ता मान्नु पर्छ |

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 49

  10. ram oli says:

    यस्तै हो हाम्रो देस को राज नीति र हाम्रा नेता भनाउदा आस दिने र काम नाग्र्ने ३ जना छिटै मरे पछी देस ले केही निकास पाउथो होला माहा ध्व राम चन्दे र प्र्चनदय इ ३ जना ले भुमि छोडे अरु त् साएत मिलि हात्या होला

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  11. GANGA says:

    मावोबादिले ए मा ले र कांग्रेस लाई राम्रो चारो हालेको छ !अब जालमा
    पर्छ कि पर्दैन हेरु !!!

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  12. babu says:

    ए सचि मलाई पनि एक पल्ट मौका दिनु हस सब्बेइ नेपाली दिदि बहिनि तथा दाजु भाई लोउ अब चै मा बन्छु नेपाल को प्रधान मन्त्रि. हुन्न र मा पनि बाबुराम हो तर भट्टराई होइन श्रेष्ठ हो

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  13. ISHWARI says:

    जब जब कुनै बिन्दुमा दलहरु सहमति गर्न खोज्छन्, आफूलाई बडा व्यवसायिक पत्रकार भन्नेहरु, विद्धान वकिल ठान्नेहरु, घागडान मानवअधिकारकर्मी मान्नेहरुलाई छट्पटी हुनथाल्छ । अनि ती हजार कुतर्क र होहल्ला गरेर हुन आँटेको सहमति भाँड्छन् । हुँदाहुँदा माओवादी नेतृत्वको सरकारले गरेका सबैजसो काममा ‘अन्तरिम आदेश’ ठोक्ने र संविधानसभा नै विघटन गराउने सर्वोच्च अदालत र प्रधानन्याधीशलाई पनि माओवादीको इशारामा चलेको पुष्टि गर्ने भए यिनीहरुले ।

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  14. देश उपनिवेश बन्न गैरहेको छ किनकि तिनई भैरहेका मध्ये कुनै नेता भारत र अमेरिकाको एजेन्ट हुन नाम किन पुकारी राख्नु तिनै नेताले यो कमेन्ट हेरी आफ्नो नाम सम्झी म म भनि जान्दहोलान , मेरो मन अशाध्य रोयो होएन आइ वाज रिड द इन्टरनेसनल कुट्नितिग न्यूज .

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)