काठमाडौ, फाल्गुन २ – नेपाल आयल निगमले खाना पकउाने ग्यासमा गरिएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएको छ । निगमले बुधबार विज्ञप्ती जारी गरेर अर्को व्यवस्था नभएसम्म मूल्यवृद्धिको निर्णय स्थगन गरिएको जनाएको छ ।मूल्यवृद्धिको सबैतिरबाट चर्को बिरोध भएपछि निगमले २४ घण्टा पनि नबित्दै उक्त निर्णय फिर्ता लिएको हो । यसअघि प्रधानमन्त्री बाबुराम भट्टराईले टि्वटर मार्फत दोहरो मूल्य तत्काल कार्यान्वयन नगरिने बताएका थिए ।मूल्यवृद्धिको बिरोधमा आन्दोलनमा उत्रेका विद्यार्थी संगठनहरुले टि्वटर मार्फत गरिएको घोषणालाई विश्वास गर्न नसकिने भन्दै आन्दोलनको थप कार्यक्रम घोषणा गरेका थियो ।निगम संचालक समितिको बुधबार बसेको बैठकले हिजो गरिएको दोहरो मूल्य निर्धारणको निर्णयलाई स्थगन गरेको हो ।ग्यासमा एकैपटक प्रतिसिलिण्डर ६ सय ३० रुपैयाँ वृद्धि गरेर २१ सय पुर्याइएको थियो । आम उपभोक्तालाई १५ सय ५० र व्यवसायिक प्रयोगकर्तालाई २१ सय पुर्याइएको भनिएपनि आमउपभोक्ताले ग्यास लिने बेलामा २१ सय नै तिर्नुपर्ने र पछि बैंकबाट बाँकी रकम फिर्ताको प्रावधान राखिएको थियो । उपभोक्तालाई ५ सय ५० रुपैयाँ बैंक अफ काठमाण्डुमार्फत सरकारले राहतस्वरुप फिर्ता दिने तयारी थियो । सरकारले झन्झटिलो प्रक्रियाबाट राहत दिंदा पनि उपभोक्तालाई ग्यास प्रतिसिलिण्डर ८० रुपैयाँ महँगो पर्ने भएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
जसले जे गरे पनि हुने, जसले जे भने पनि हुने हाम्रो नेपाल . हैन त साथी हरु……..//
Hot debate. What do you think?
47
54
अलि दुरदरसी अनि पारदर्शी तरिकाले कम गर्नु पर्छ| नेपालको जस्तो किच्चाकै किच्चक भएको देशमा |
Well-loved. Like or Dislike:
86
3
यो नेपालको परम्परा कहिले टुङ्गिएला | सरकार पक्षका जुन सुकै संघसंगथान होस् उसले समर्थन गर्नु पर्ने र विपक्षले बिरोध | निगमको नियत उपभोक्तालाई मर्कामा पुराएर कर्मचारीलाई बोनस खुवाउनु पर्ने अझ के सम्म देखियो कि कर्मचारीलाई बोनस खुवाउन बन्ध हड्ताल गर्नै पर्ने| यो परम्परा कहिले सम्म देखाउने ? आफ्नो देशमा नभएको जुनसुकै चिजको केहि थपघट हुनु स्वाभाविक हो | तर जति भाउ बढाए पनि सधै घाटामा रहनु यो बिडम्बना अनि कर्मचारीलाई बोनस दिनु पर्ने यो बेरोजगारी देशमा |
Well-loved. Like or Dislike:
51
0
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
26
264
सबै चोरहरु |
मन परे हरियो, नपरे रातो
16
56
नेपाल आयल निगम ले येति ठुलो रकम को मुल्ल बृदी गर्दा सरकार संग परामर्स गर्नु पर्निथियो, यो सरासर बिपक्षी हरुको सर्यन्त्र हो. नेपाल को निजामती कर्मचारी हरु माओबादी को दुश्मन हुन् र बिपक्षी हरु संग साट गाठ छ. बिगत मा काँग्रेस संग मिलेर बर्मलुट गर्नी आयल निगम ले फेरी काँग्रेस लै सत्ता मा लाउने र लुट को खेति निरन्तर गर्नी दाउ मा छ.
Well-loved. Like or Dislike:
79
32
गंगा जी होइन क भाको तिमि त सारै दिमाग भाको मान्छे कसरि धर्ति मा जन्मेउ यार …पत्रकार ,निजामती कर्मचारी ,जनता , विद्यार्थी ,उधोय्ग पति , सिक्ष्यक ,मजदुर ,किसान, आदि काम गरेर खाने सबै माओबादी को बिपक्ष्य ? होइन हामी नेपाली जनता नै यो सबै होइन ? तिमि माओबादी चिन बाट त पक्कै आएका होइन होलाऊ ? पार्टी ,जात,रंग ,धर्म , भन्दा माथि हामी हामी नेपाली कहिले उठ्ने होला
Hot debate. What do you think?
3
144
एलपी ग्यासको मूल्य ब्रिदी त ठिकैहो तर मुख्य हामीले बुझ्नु पर्ने कुरा भने हरेक कुरामा ब्यालेन्स हुनु पर्यो जस्तो कि खाधन्न र अरु घरयेसी कुरा साबुन जस्तो कुरा मा केहि मूल्य कम र कमदारहरुको मासिक तलब अलिकति ब्रिदी गरेर सबै कुरा ब्यालेन्स हुने थियो र नेपाल आयेल निगम घाटाबाट मुक्ति हुने थियो
Well-loved. Like or Dislike:
41
2
जंगलभरि श्यालहरु सिनू माथि खनिएको बेला प्रधानमन्त्री ज्युले अलिक होसियार हुनु पर्नेहो होइन र?
Well-loved. Like or Dislike:
115
2
गर गर जसले जे गरेपनि हुन्छ हाम्रो देश मा / पहिला पैसा खर्च गर्नु अनि, लिन मेरी आमा यो पुकेन त्यो पुगेन बिल ????ओहू कुरा नगरु ,बिस्वो मा कानुन नभयको देश नेपाल जे होस फिर्ता भयको मा हाम्रो तर्फ बाट धन्यबात /
मन परे हरियो, नपरे रातो
3
43
बाबुरामजी तपाईलाई तपाइको बुदिले कन्ट्रोल गर्या जस्तो छ, बुडी आफु भन्दा माथि भो भनी येस्तै येस्तै decision हुन्छ, पहिला घरमा कन्ट्रोल गर्नुस देश आफै कन्ट्रोल हुन्छ, मलाई तेही लाग्छ जब कुनै गलत गलत decision हरु आका हुन्छन, jungle मा बस्दा फ्री खाइया थियो अहिले सरकारको फ्री खाइया छ, अरु त बाल नै भयो नि जनता मरोसकी बचोश
मन परे हरियो, नपरे रातो
2
83