जलेर दुई बालबालिकाको ज्यान गयो

दोलखा,फागुन ३ । दोलखामा गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको ज्यान गएको छ । श्यामा–१, लासा बस्ने दावा सुनारको गोठमा बुधबार आगलागी भएको थियो । आगलागीमा परेर सुनारकि ४ बर्षीया छोरी र २ बर्षीय छोराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जलेर मृत्यु भएका दुई बालबालिकाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)