६ वटा सकेट बम सेनाद्वारा निष्कृय

सुर्खेत,फागुन ३ । सुर्खेतको काफलकोट गाविसमा फेला परेका ६ वटा सकेट बम सेनाले निष्कृय पारेको छ । नेपाली सेनाको मध्यपश्चिम पृतनावाट गएको बम डिस्पोजल टोलीले बिहीबार दिउँसो बमहरु निष्कृय पारेको प्रमुख जिल्ला अधिकारी पुरुत्तोतम कुवँरले जानकारी दिनुभयो । काफलकोट गाविसको पुरानो भवनमा झोलामा लुकाएर राखेको अवस्थामा गाउँलेले शुक्रबार नै बम फेला पारेका थिए ।  बेवारिसे अवस्थामा बम भेटिएको जानकारी आएपछि प्रहरी पठाएर नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कुवँरले बताउनु भयो । बम द्वन्द्वकालमै उक्त भवनमा राखिएको प्रहरीको अनुमान छ ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)