प्रधानमन्त्रीले ट्वीटरमा भने–‘सरकारको एकदर्जन महत्वपूर्ण काम’

मुलुकमा जेठमा निर्वाचन गर्नेगरी नयाँ चुनावी सरकार बनाउने तयारी भईरहँदा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने आफू नेतृत्वको सरकारले गरेको कामको समीक्षा गरेका छन् । प्रधानमन्त्री भट्टराईले आफू नेतृत्वको सरकारले १८ महिनामा गरेको महत्वपूर्ण काम मध्ये एक दर्जन काम भन्दै आज ट्वीट गरेका हुन् ।

प्रधानमन्त्रीले आज गरेको ट्वीटमा सरकारले गरेको एक दर्जन ‘महत्वपूर्ण’ कामको सुची प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीले इतिहासकै असाध्यै चुनौतिपूर्ण कालखण्डमा बनेको आफू नेतृत्वको सरकारले गरेका धेरै राम्रा काम मध्ये एकदर्जन सबैभन्दा महत्वपूर्ण कामको सुची भन्दै ट्वीट गरेका हुन् ।

प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारका समयमा भएका सबैभन्दा महत्वपूर्ण काम भन्दै प्रस्तुत गरेको सुची जस्ताकै तस्तै यहाँ प्रस्तुत गरिएको छ:

नेपाली इतिहासको असाध्यै चुनौतिपूर्ण कालखण्डमा वनेको मेरो नेतृत्वको सरकारले गरेको धेरै मध्ये एक दर्जन सवभन्दा महत्वपूर्ण कामको सूची वनाउनु पर्दा निम्न अनुसार भन्न सकिन्छ :

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

१. माओवादी सेनाका लडाकूहरुको नेपाली सेनामा समायोजन र हतियार व्यवस्थापनसहित शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण कार्यभार सम्पन्न ।

२. ३५ वर्षदेखि कार्यान्वयन हुन नसकेको काठमाण्डौ लगायत ठूला शहरहरुका सडक विस्तार अभियान संचालन र आम जनतामा ‘केही गर्न सकिन्छ’ भन्ने सकारात्मक सोँचको विकास ।

३. लगानी वोर्डको गठन, पश्चिम सेती जलविद्युत योजना लगायत दर्जन भन्दा बढी मेगा प्रोजेक्टहरुको थालनी र सत्रवटा ठूला राष्ट्रिय गौरवका योजनाहरु पहिचान गरी उच्च प्राथमिकताका साथ कार्यान्वयन ।

४. गरीवीको रेखा मुनी रहेका जनताको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने राष्ट्रिय अभियानको प्रारम्भ ।

५. बेरोजगार युवाहरुलाई वर्षमा न्यूनतम एक सय दिनको रोजगारी ग्यारेन्टी गर्ने, अन्यथा वेरोजगार भत्ता प्रदान गर्ने विधेयक मन्त्रीपरिषद्वाट पारित गरी व्यवस्थापिका–संसदमा प्रस्तुत ।

६. उर्जा र कृषि क्षेत्रलाई उच्चतम प्राथमिकता प्रदान गर्दै वैंकिङ्ग तथा वित्तीय संस्थाहरुवाट ती क्षेत्रमा न्यूनतम दश प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने र व्यवसायिक कृषि तथा साना जलविद्युत योजनाहरुका लागि लिएको ऋणमा सरकारले व्याज अनुदान दिने नीति कार्यान्वयन ।

७. ‘हेलो सरकार’, ‘जनतासंग प्रधानमन्त्री’, ‘जनताको घरमा प्रधानमन्त्री’ आदि कार्यक्रममार्फत् जनउत्तरदायी सरकारको प्रत्याभूति ।

८. उच्च तहको प्रशासन, सुरक्षा निकाय तथा सार्वजनिक संस्थानहरुको नियुक्ति र कार्यविभाजनमा निष्पक्षता, स्वच्छता र पारदर्शितासहित सुशासनको प्रत्याभूति ।

९. केन्द्रमा छुट्टै सहरी विकास मन्त्रालय, सहकारी तथा गरीवी निवारण मन्त्रालय, नीति अनुसन्धान प्रतिष्ठान (Institute of Policy Research) आदि र स्थानीय स्तरमा ‘एकीकृत सेवा केन्द्र’ हरुको स्थापनामार्फत् प्रशासनलाई थप प्रभावकारी वनाउने प्रयत्न ।

१०. राष्ट्रिय स्वयंसेवा अभियान र नयाँ नेपाल निर्माण कोषको संचालनसहित दश लाख युवा परिचालन गर्ने कार्यक्रमको थालनी ।

११. सुदूर पश्चिम विकास आयोग र कर्णाली विकास आयोगको गठनद्वारा सन्तुलित क्षेत्रीय विकासको व्यवहारिक प्रत्याभूति ।

१२. छापा र विद्युतीय संचार माध्यमहरुलाई समानुपातिक विज्ञापन वितरण प्रणालीको शुरुवात र संचार क्षेत्र तथा पत्रकारहरुलाई विशेष राहत कार्यक्रम ।

 

29 Responses to “प्रधानमन्त्रीले ट्वीटरमा भने–‘सरकारको एकदर्जन महत्वपूर्ण काम’”

  1. trsharma says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 44 Thumb down 354

  2. Nissan says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 29 Thumb down 286

  3. Ramesh Poudyel says:

    स्याल र गिद्द हरुको बिरोध र खुट्टा तान्नेहरुको भिडमा अनि देसको एस्तो संबेदनसिल अवस्तामा Dr भट्टराईको सर्खार्को येति पनि गरेकै हो !

    If Dr. Bhattarai would have get support and encouragement from dirty politician Nepal would be better place in earth. Thanks to people like Dr. Bhattarai who scarifies their time, energy, efforts, and knowledge for the betterment of our country. We Nepali youth always appreciate leader like Dr. Bhattarai.

    Well-loved. Like or Dislike: Thumb up 653 Thumb down 39

  4. diiii maan says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 36 Thumb down 343

  5. raj umar rai says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 26 Thumb down 303

  6. prabhat lamsal says:

    History will tell if he did the right thing…its too early for us to judge

    Well-loved. Like or Dislike: Thumb up 196 Thumb down 9

  7. Asha Sharma says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 90 Thumb down 900

  8. nitesh guragain says:

    Pprime minister ko naatale matra haina aba auta
    Jana neta vayara janatako ghar ghar gairahanu hos

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 3

  9. HK Rai says:

    यदि बिपक्षि दलहरुले पनि खुट्टा तान्ने कम गर्नुको सत्ता साथ दिएको भए १८ महिनामा १२ वोटामात्र हैन १८ वो भन्दा ज्यादा महत्वो पूर्ण कामहरु हुने थियो धन्य छ मन्त्रि ज्यु भट्टरइ जी लाइ

    Well-loved. Like or Dislike: Thumb up 212 Thumb down 11

  10. Sami says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 19 Thumb down 313

  11. yam bahadur says:

    आउँदो चुनाब को भोट पनि मेरो र मेरो सम्पूर्ण परिवारको बाबुराम लाइ…… आशा शर्मा तपाइले बाबुरामको १५ वटा नराम्रो काम देखाउनु भो तर मेरो नजरमा तपाइले लेखेको मध्ये १/२ वटा मात्र नराम्रो होलान ६ यो भन्दा पूर्व मन्त्रि हरुको पनि राम्रो र नराम्रो काम को लिस्ट बनाएर येसो कमेन्ट हाल्दिउनत हामी पनि पधुला तै पनि एस्तो जटिल परिस्थितिमा एउटा कुरो तपाइलाई थाहा ६ नि बाबुराम कुर्सि मा बसेको दिन देखि बिपक्षिले कस्तो भूमिका खेले बाबुराम ले कतिको सहयोग पाए बिपक्षिबात ? तै पनि यो देश को बिकाश गर्नु पर६ भनेर कति साहस गरे बाबुराम ले केहि काम गरेरेर देखाए येदि सबैको सहयोग पाए बाबुराम ले धेरै बिकाश गरि सक्थे बाबुराम को बिरोध हैन सहयोग गरौ साथि तपाइलाइ बिकाश चाहिएको ६ भने

    Well-loved. Like or Dislike: Thumb up 173 Thumb down 26

  12. ram sharma says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 18 Thumb down 268

  13. khadka nanda says:

    आशा सर्मा ले सबै लेख्नु भयेछ तर संबिधान सभा लाई देहावसान गराएको कुरा लेख्न छुटाउनु भयोकि ?

    Well-loved. Like or Dislike: Thumb up 203 Thumb down 64

  14. Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 9 Thumb down 281

  15. dinesh says:

    मा पनि बाबु राम जी को कम को पर्संसा गर्छु
    कुन नेता छ अरु नेपाल मा das को चिन्ता गर्नी

    Well-loved. Like or Dislike: Thumb up 72 Thumb down 2

  16. dinesh says:

    अब को चुनाब मा मरो फम्लिको vote बाबु राम जी लै नै

    Well-loved. Like or Dislike: Thumb up 115 Thumb down 3

  17. saugat says:

    number एक र दुइ बाहेक अरु चित्त बुझ्दो काम भाको छैन

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

  18. ramesh says:

    Dr. Bhattarai would have get support and encouragement from dirty politician Nepal would be better place in earth. Thanks to people like Dr. Bhattarai who scarifies their time, energy, efforts, and knowledge for the betterment of our country. We Nepali youth always appreciate leader like Dr. Bhattarai.

    Well-loved. Like or Dislike: Thumb up 109 Thumb down 4

  19. Amrit bahadur Katuwal says:

    i would like to thanks Dr baburam p. m. please dont think what they will tell you.just fight for nepalies right or our right we r always with u. i know you have knowledge give for nepalies people we will give u power always.i know u r thinking always WHAT CAN I GIVE MY COUNTRY? NOT WHAT CAN I GET MY COUNTRY. please all nepalies people always with u. please fight for right .Dr B. please 12notes is not much u have to do more for own country. please dont count by no. u should do uncounttable good work so nepal will be…….

    Well-loved. Like or Dislike: Thumb up 82 Thumb down 1

  20. Himal says:

    Bi pacchi योउथ नेताजी हरु मा bibaran अनुरोध छ
    दर. बाबुराम जस्तो buddi mani leader निस्पक्चे janako लागि भलो
    चाहने बेक्ती नेपाल मा ओह मात्र हुनु हुन्छा. तपाई हरु
    ले पनि बुद्दिमानी भै ओहालाई सुप्पोर्ट देउन अब देश बनाउनु पर्छ
    ढिलो भैसकेको छ जे नेपाल

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  21. Himal says:

    He is the only one true leader in Nepal. He not just talent but
    He has true understanding people’s needs and their
    Problem. He the only can build the country infrastructure rapid
    development. Let him support forget the party and
    Come to gather unite hand to hand so we can do what
    Is impossible on the earth.

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  22. roshan says:

    What is there to boast? Even a ditrict level member of a political party could have done what you have done. Every conscious citizen knows at what cost you have been running the country so far. What you have done could be done even by a layman if oppostions didn’t burn tyres in the streets.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  23. Larin says:

    जो हो अरु पम ले भन्दा त गरेको नै हो.. हामीले राम्रो कम लै राम्रै भन्नु पर्छ ..मेरो तर्फा बाट र मेरो परिवारको तर्फा बाट फेरी पनि.. पम को लागि बाबुराम जी नै हो.. वहा को बिकल्ल्बा मो देखादिना..पम भाको दिन देखि नै.. आफ्नै पार्टी को केहि समूह र ओप्पोस्तिओन्स को बिच मा पनि केहि न केहि त गरेको हो.. आफ्नो.. पपुलर को खेयल नगरी.. देश को र जाँदा को लागि.. भनेर नै गरेको हो..

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  24. Surendra says:

    He is great man. We recognise great people after death, this is unfortunate of all. We can’t judge people on right or worng, we only judge how much money he/ she has, doesn’t matter how earn. If we really wants our country develop we should at Least respect people, not critise but find good thing on it. We have lack of self respect. Let baburam to do a plan and we support him with out any confusion. And who the hell we r to judge dr. Baburam????? This is not time to blame, but time to support and move on.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

  25. s. gurung uk. says:

    गिरिजा, झलनाथ, माकुने सबै प्रधान मन्त्रि हुदा पो के के नै गरेको थियो र?…उनि हरु को तुलना मा गरे को नै भन्नु पर्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

  26. Hem says:

    i can feel the change. i can see our country rising.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  27. ram sharma says:

    यो पत्रिका त बाबुराम भट्टराईको पुराण रहेछ |

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  28. Wow, marvelous blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your site is great, as well as the content!. Thanks For Your article about प्रधानमन्त्रीले ट्वीटरमा भने–‘सरकारको एकदर्जन महत्वपूर्ण काम’ News from Nepal as it happens | Nayakhabar.com .

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  29. baju bayi says:

    Wow, marvelous blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your website is great, let alone the content!. Thanks For Your article about प्रधानमन्त्रीले ट्वीटरमा भने–‘सरकारको एकदर्जन महत्वपूर्ण काम’ News from Nepal as it happens | Nayakhabar.com .

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)