नाम मात्रको रिसर्च सेन्टरहरु धमाधम नाम परिवर्तन गर्दै

स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा स्थापित अस्पताल तथा मेडिकल सेन्टरले धमाधम नाम फेर्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षमा न्यूनतम दुईवटा अनुसन्धान प्रतिवेदन बुझाउन अनिवार्य गरेपछि मेडिकल रिसर्च सेन्टरका रूपमा स्थापित अस्पताल तथा संस्थाले नाम फेर्न थालेका हुन् ।
मेडिकल उपकरण खरिदमा कर छुट लिन नामका पछाडि रिसर्च सेन्टर राखेका संस्थाले अहिले नाम परिवर्तन गर्न थालेको मन्त्रालय स्रोतको भनाइ छ । रिसर्च सेन्टरका लागि चाहिने मेडिकल सामग्रीको खरिदमा सरकारले ९९ प्रतिशतसम्म भन्सार छुट दिने गरेको छ ।
‘निजी स्वास्थ्य संस्थाले रिसर्च सेन्टरको नाममा महँगा मेडिकल उपकरण ९९ प्रतिशत भन्सार छुटमा भित्र्याए । अब रिसर्च गर्नैपर्ने भएपछि नाम परिवर्तन गरी जोगिन खोजेका छन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘सयौँ रिसर्च सेन्टरले वर्षौंदेखि भित्र्याएको हिसाब जोड्दा करोडाँै फाइदा गरेको देखिन्छ ।’
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने अस्पतालले नामको पछाडि रिसर्च सेन्टर राखेपछि सवारीसाधन तथा उपकरण्ा खरिद गर्दा करिब एक प्रतिशत कर तिरे पुग्छ । रिसर्च सेन्टर नलेखेका अस्पतालले भने १३ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । त्यसैले पनि कर छुट पाउन मात्रै रिसर्च सेन्टरको प्रयोग भएको पाइएको मन्त्रालयका अधिकारीको दाबी छ ।
निजी अस्पतालले पछाडि रिसर्च सेन्टर जोडेर सरकारबाट सुविधा लिए पनि बिरामीसँग भने ढाड सेक्ने गरी शुल्क लिने गरेका छन् । कतिपयले रिसर्च सेन्टर भनी उद्योग र कुनैले समाज कल्याण परिषद्मा समेत दर्ता गरेका छन् । रिसर्च सेन्टरहरू बढी काठमाडांै उपत्यकामा छन् । त्यसपछि सबैभन्दा बढी रिसर्च सेन्टर विराटनगर, पोखरा, झापा, धनुषालगायत स्थानमा रहेका मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

3 Responses to “नाम मात्रको रिसर्च सेन्टरहरु धमाधम नाम परिवर्तन गर्दै”

  1. ganga b grg says:

    बुद्धि हुनी नेपाली doctor सबै विदेश मा जागिर खादै छ, just pass हरु नेपाल मा काम गर्छन,यस्तो just pass लै research center को आशा ? सर्ब जनता नै मौका पाए लुट गर्न पछि पर्दैन.

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 4

  2. Mahima says:

    देशको सेवा गर्छु भनेर जागिर खान जाँदा PhD गरेकालाइ पनि तल्लो तहमा जागिर खानु पर्छ भन्न अप्ठ्यारो नमान्ने अस्पताल निर्देशकहरुको कमि हाम्रो देशमा छैन. अनि अनुसन्धान हरु एकातिर ….. अनुसन्धानको नामको पैसा भने भ्रस्ट हरुको भुँडी तिर…….

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  3. khadka nanda says:

    aspatal ले रिसर्च त गरेकै chhan ni kasto खालको बिरामी harulai kasari बढी सुल्क लिन सकिन्छा भन्ने बिसाए मा.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)