फागुन ६ । पाकिस्तानको दक्षीण पश्चिम क्षेत्र क्वेटामा गराइएको विष्फोटमा मृत्यु हुनेको सँख्या ६३ पुगेको छ । विष्फोटमा १ सय ८० जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी प्रहरीका अनुसार सिया बाहुल्य क्षेत्रमा रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको थियो । सुन्नी विद्रोही लस्कर– ए–भगवीका प्रवक्ताले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ । गएको पाँच हप्तायता क्वेटामा भएको यो दोश्रो विष्फोट हो । यसअघि भएको विष्फोटमा ९२ जना मारिएका थिए भने १ सय २१ जना घाइते भएका थिए । पटक पटकको हिँसापछि आजित हजारा समुदायले अघिल्लो पटक विष्फोटमा मारिएकाहरुको शवलाई सडकमा राखेर प्रदर्शन गरेपछि सरकारले सुरक्षाको भरपर्दा वातावरण मिलाउने प्रतिवद्धता जनाएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
मिर्तक मा चिर सान्ति को आत्मा को कामना गर्दछु र घाइते हरु मा छिटो बन्दा छिटो सस्थिये को दिग्रलाब को कामना गर्दछु!!
भगवान ले हामी सबैको कल्लन गरुन !!
मन परे हरियो, नपरे रातो
5
0
नेपाल मा पनि यस्तै हुनु पर्यो अनि बल्ल ठिक हुने छ धेरै मान्छे भय मर्नु पर्ने छ कम्तिमा पनि १० लाख
मन परे हरियो, नपरे रातो
1
1