साझासवाल: एकीकृत माओवादीको नीति परिवर्तन

canadanepaldotnet-sajha-sawal-bbcसशस्त्र संघर्षबाटै सत्ता कब्जा गर्न सकिन्छ भनेर पार्टी स्थापना गरेको २१ वर्षपछि एकीकृत नेकपा (माओवादी)ले हेटौंडा महाधिवेशनबाट राजनीतिक धार फेरेर प्रतिस्पर्धात्मक राजनीतिलाई मुख्य नीति बनाएको छ । एकीकृत माओवादीको यो परिवर्तनले नेपालीको आउँदा दिनमा कस्तो फरक पार्छ त ? एकीकृत माओवादीको हेटौंडा महाधिवेशन सकिएको हप्ता दिनपछि पनि चुनावका लागि माओवादीले प्रस्ताव गरेको ‘प्रधानन्यायाधीश नेतृत्वको सरकार’ को सूत्र वरिपरि नै नेपालको राजनीति घुमिरहेको छ । त्यसो त ०६२/६३ को आन्दोलनपछि गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लगायतका मुद्दामा नेपालको राजनीति माओवादी वरिपरि घुमेको धेरैले भन्ने गर्छन । एकीकृत माओवादीले राजनीतिक धार नै फेरको भनिएको त्यो महाधिवेशनले अहिलेको अस्थिर राजनीतिलाई स्थिरतामा बदल्न कस्तो प्रभाव पर्ला? आजको बहसमा हामीसँग एकीकृत माओवादीका केन्द्रीय सदस्य राम कार्की, नेकपा मालेका महासचिव सीपी मैनाली र पत्रकार युवराज घिमिरे हुनुहुन्छ । साथै, सहभागीको बीचमा एकीकृत माओवादीबाट छुट्टिएको नेकपा–माओवादी नेता अमृता थापा र विश्लेषक अनारसिंह कार्की हुनुहुन्छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

7 Responses to “साझासवाल: एकीकृत माओवादीको नीति परिवर्तन”

  1. yam bahadur says:

    आम नेपाली जनता पहिला कस्ता अबुज ,अचेतनसिल आफ्नो समस्या भन्न नसकेर दबेर बस्थे गाउको एउटा जमिन्दार पुरै गाउको सोझा साझा लाइ आफ्नो स्वार्थ को लागि दिन भरि खेतमा दल्थ्यो कति सोसन मा परेको थियो यो कुरा त सहर मा बस्ने भन्दा गाउमा बसेको लाइ बढी थाहा ६ माओबादीले गर्दा आज कति चेतन सिल भएका छन् भन्ने कुरा पकै पनि भुल्नु हुन्न माओबादीको जनयुद्ध ले गर्दा जनता धेरै चेतनसिल भएका छन् अबको माओबादी को ७औ महाधिबेसनले पक्कै पनि देशमा केहि पर्गती हुन्छ बिकाश हुन्छः एसको लागि हामी सबैले आ -आफ्नो ठाउबाट उठौ यो हैन कि यो माओबादी को नीति हो माओबादीले गर्छ भनेर बस्यो भने हामी कहिले पर्गती गर्न सक्दैनौ जसरि जनयुद्ध को बेला सहयोग गर्यो त्येसरी नै सहयोग गरौ अबस्ये सफल हुन्छ …एउटा रुख ढाल्न एकजनालाई एक दिन लाग्छ भने त्येही रुख ढाल्न १०० जना गयो भने१ घण्टा मा रुख ढालेर पनि त्येसलाई ओसार पसार गरेर भ्याई सकेको हुन्छ एक त हामी नेपालि को बानि कसैले ल्याएर दियो भने खाउला भन्ने बानि छ र कसैले समाज मा राम्रो गर्यो भने बिरोध गर्ने बानि छ जब सम्म यो बानि हामी नेपालि ले छोर्दैनौ तब सम्म जस्तो नीति ल्यायो भने पनि हामीलाई पच्दैन उल्टै हामि बहस मात्र गर्छौ एक अर्काको कुरा कात्छौ एस्तो कुरा जब माओबादीले २०५२ साल मा हतियार उठाउने कुरा गर्यो तब कसैले पत्याको थिएन माओबादीले येति चाडै एस्तो पर्गती गर्छ भनेर त्यति खेर पनि कुरा काट्ने धेरै थिए यिनीहरु जति हतियार उठाए पनि केहि हुँदैन भन्ने धेरै थिए तर ठिक आज उसको उल्टो परिणाम आयो सबै दङ्ग परे सारा बिस्व अचमित पर्यो सबैको ध्यान नेपालि माओबादीमा पर्यो किन त भन्दा माओबादिको पर्गती ले गर्दा आज उत्पादन को कुरा आएको ६ यो पनि हामि सबैको साथ् पायो भने अबस्य सफल हुन्छ …

    Well-loved. Like or Dislike: Thumb up 918 Thumb down 14

  2. Dal Thapa says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 21 Thumb down 538

  3. kumar says:

    जसले जे जति तर्क कुतर्क गरेपनि आखिरमा डा. बाबुराम भट्टराई को सरकार नै एकमात्र संबैधानिक र उपयुक्त सरकार हो। जसको संबैधानिक हैसियत हुन्थ्यो तर अब के गर्ने ! कांग्रेश एमालेलाई बसिखानु भएन बाबुरामलाई सरकारमा भएको , जति राष्ट्रिय सहमति भएपनि अब बन्ने सरकार त असंबैधानिक नै हुन्छ नि, बाबुरामको नेतृत्वमा चुनाब मा पनि नजाने रे अन्य बिकल्प पनि दिन नसक्ने कांग्रेश एमालेहरु माओबादीको पुच्छर नभएर के हुनु त??? त्यसकारण देश माओवादीको भइसक्यो । उसले जे भन्यो त्यही हुन्छ । कांग्रेस र एमालेले दुईदिन आफ्नो निर्णयमा अडिने ताकत राख्दैनन् भने किन जनता तिनको पछि लाग्ने ?म पनि आजसम्म कुनै पार्टीमा नलागेको मान्छे अब आउने चुनाब मा चै माओबादी लाई सहयोग गर्ने मनस्थिति मा पुगे र लाग्यो “माओवादी भएरै माओवादीलाई सहयोग गरौं” । हामीलाई चाहिएको देश विकास हो कि कामै नलाग्ने नेता भएको कांग्रेस र एमाले ? र स्मरण रहोस् गगन थापा मिडियामा कराउँने मात्रै हुन्, उनको विचार न कांग्रेसको प्रतिनिधि बनेको थियो न बन्ने सम्भावना नै छ । नयाँ विचार त यीनमा पनि छैन नि।

    Well-loved. Like or Dislike: Thumb up 401 Thumb down 27

  4. ganga b grg says:

    एमाले काँग्रेस नेपाल को धेरै पुरानो दल हरु हुन्, नेपाल लै सम्ब्रिद्दी गर्नु भन्दा राजनीति दाउ पेच बडी जान्नु भएको छ र भाकुतो को खुट्टा तन्नी मा माहिर छन्. माओबादी को आधिबेशन मा के भने र के परिद गरे भन्दा पनि देश र जनता को लागि के गरे मा फरक पर्छ तर खुट्टा तन्नी कला ले गर्दा काम गर्न दिदैन भने के गर्नी?????

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

  5. well, what i would like to add the above comments, nither there was any good leader nor will be in futere like a Dr bhattrai becasue he is doing much more things good for the country and he could solved the present problem of the country but the other political parties pulling his legs that is the main problem. we people need just the peace, development, secure and progressive country Nepal.Only the one Dr. bhattrai is the best person who can do many things for the New nepal but congress and unncpl Amale must have to stop the pulling legs of him. eigher they can do or let them others done.

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 1

  6. yam bahadur says:

    एउटा उखान ६ नि भिरमा अड्केको गोरुलाई राम – राम भन्न सकिन्छ तर काँध थाप्न सकिन्न …जो इ माथि माओबादीको अलिक सपोट गरेर लेखेको कमेन्ट लाइ like अलिक on सपोर्ट गरेर लेखेको कमेन्ट लाइ चाहि Dslike गर्नेको धेरै बढी देखिन्छ अस्ति भर्खर माओबादी को या बाबुरामको सपोर्ट गरेर कमेन्ट हाल्दा खेरि like गर्नेको भन्दा Dislike गर्नेको संख्या कहिले बराबरी जस्तो त कहिले बढी नै देखिन्थ्यो किन अब पछुताउन लागेको हो केहो अस्ति भर्खर कुन आखाले बाबुराम लाइ नराम्रो देख्यो र आज कुन आखाले राम्रो देखिराछौ कि फेरी- फेरी एस्तो प्.म पाउन्दैनौ भनेर पछुताको हुनत हामी नेपालि को पछि बुढी आउन्छ भन्छन कि त्यहि हो काम बिग्रिसके पछि पछुताउने बानि

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  7. suraj says:

    As a Nepali Citizen living in United States of America, I am much satisfied and glad to hear that Nepal Maoist party has altered its path a little bit. Of course if Nepal Maoist party becomes more peaceful and non- violent in Nepali society it can definitely make its image in the national and international community more reliable and more progressive. We don’t need physical wars on ground with weapons anymore. we don’t need it at all. As we know there is already a diplomatic and political war raised against Nepal and within Nepal in the hearts and minds of people , we Nepalese have to win this diplomatic and political war. No matter which political party we belong to, we all are Nepalese. So we must and must get united now. We cant play with our national sovereignty anymore. No more conflicts and no more wars. lets find the best political option . After all we all are Nepali Citizens. Lets be positive and move on. Lets see whats happening in the borders. Lets make sure all our Nepali citizens are enjoying their own land especially in the borders. Lets get united and lets make sure nobody is threatened in borders, nobody is getting killed, nobody is stepping on Nepali soil with sophisticated weapons. lets treat all Nepalese in Terai , hills and valleys in same way. Lets check the condition of our borders first. This must be our first priority.Once again Nepal Maoist must be welcomed and congratulated for being wise on this new strategy.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)