आज फागुन ७ गते ६३ औं प्रजातन्त्र दिवस मनाईदै

prajatantra diwashकाठमाडौं, फाल्गुन ७ । आज प्रजातन्त्र दिवस, देशभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।बिक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यभई प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा हरेक बर्ष यो उत्वस मनाउदै आइएको छ । पहिलो पटक नेपाली धर्तीमा क्रान्तिको बिगूल फुकेर तात्कालीन योद्धाहरुले यो देशलाई जहानियाँ राणाशासनबाट मुलुकलाई मुक्त गराएका थिए । यसक्रममा विक्रम सम्वत् १९९७ सालमा चार जनालाई तात्कालीन राणा सरकारले मृत्युदण्ड दिएको थियो । प्रजातन्त्रप्राप्तिको २००७ सालको लडाईमा मूख्य गरी नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको थियो । नेपाली समाजमा सामाजिक र राजनीतिक चेतना फैलाउन प्रजा परिषदले शुरु गरेको अभियानमा क्रान्तिको नेतृत्व भने नेपाली कांग्रेसले गरेको थियो । प्रजातन्त्रको विहानी ल्याउने उक्त क्रान्तिमा, राणाहरुको खोपीमा बन्दीसरह राखिएका राजा त्रिभुवनले पनि साथ दिएपछि आन्दोलन उत्कर्षमा पुगेको थियो । कांग्रेसको आह्वानमा भएको उक्त क्रान्तिमा भर्खरै गठन गरिएको नेपाल कम्युनिष्ट पार्टीसहितका दलहरुको पनि साथ र सहयोग गरे । फलस्वरुप पहिलो पटक जनताको छोराले देशको राजनीति सञ्चालन गर्ने अवसर पाए । ६३ वर्षको यो दौरानमा मुलुकले थुप्रै घुम्ती र मोडहरु पार गरिसकेको छ । जनतासँग मिलेर ल्याएको प्रजातन्त्रको सरहदभित्र बस्न नचाहँदा अहिले त देशबाट राजसंस्थाको अन्त्य नै भैसकेको छ । २०६२-०६३ मा भएको आन्दोलनको फलस्वरुप देशमा अहिले गणतन्त्र त आएको छ तर गणतन्त्रको आधारभूत मूल्य र मान्यतामा दलहरु टिक्न नसक्दा देश नराम्ररी संक्रमणको जंजालमा फसेको छ । अझ दलहरुबीच बढेको निषेधको राजनीतिको परिणाम नेताहरु नै प्रधानन्यायाधीशको नेतृत्वमा निर्दलीय सरकार बनाउने दिशामा उन्मुख छन् । प्रजातन्त्रका लागि तानाशाही शासनले उपहार दिएको ताता गोली छातीमा थापेका हाम्रा प्रातःस्मरणीय शहीदहरुले यो दिन देख्नका लागि भने पक्कै थिएन । तैपनि आज देश र जनताका खातिर आफ्नो प्राणउत्र्सग गर्ने तिनै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली दिदै प्रजातन्त्रको स्थापनालाई चीरस्मरण राख्न देशभर विशेष कार्यक्रमहरु गरिदैछन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

6 Responses to “आज फागुन ७ गते ६३ औं प्रजातन्त्र दिवस मनाईदै”

  1. Ramesh Poudyel says:

    प्रजातन्त्र? कसको प्रजातन्त्र ? प्रजातन्त्रको नाउमा जनताको आखामा छारो हाल्ने काम भाको छ !

    यो प्रजातन्त्र काँग्रेस र एमालेलाई भ्रस्टाचार गर्ने भाडो भो, प्रजातन्त्र जस्तो सुन्दर सब्द नेपालमा नराम्ररी दुरुपयोग भो !

    Well-loved. Like or Dislike: Thumb up 1046 Thumb down 118

  2. likpa jip says:

    तन्त्र मन्त्र मनाउदै बस्ने होइन ..बिरोज्गार जनतालाइ रोजगार कसोरी दिने ..भन्ने तिर लागनु परेउ ….

    Well-loved. Like or Dislike: Thumb up 228 Thumb down 0

  3. ksbhandari says:

    रमेश जी ! प्रजातन्त्र त कांग्रेस र एमालेलाई भ्रस्टाचार गर्ने भाड़ो भयो, लोकतन्त्र चाही कसको भाड़ो भो प्रस्ट गरि दिनु हुन्छ कि?

    Hot debate. What do you think? Thumb up 390 Thumb down 571

  4. yam bahadur says:

    ksbhandari जी तपाइको प्रस्न जवाफ म दिन्छु लोकतन्त्र पनि कांग्रेश – एमालेलाई भ्रस्टाचार गर्न नपाएर भाँडो हैन घाँदो भो पर्जातंत्रमा गरेको भ्रस्टाचारको सजाए लोकतन्त्रमा आएर पाए

    Well-loved. Like or Dislike: Thumb up 338 Thumb down 54

  5. amar.limbu says:

    “सत्य कुरा गर्दा तितो होला पाठक वर्ग हरुमा” आम माफी चाहन्छु / नेपालमा कहाँ छ प्रजातन्त्र ? कहिले प्रजातन्त्र आएको थियो ? के २००७ साल फाल्गुन ७ गते प्रजातन्त्र आएको थियो भनेको ? के २०४६ सालमा या २०६३ सालमा प्रजातन्त्र आएको थियो भनेको ?….कदापी होइन / जनताले सडकमा नारा जुलुस गर्न पाउदैमा प्रजातन्त्र आयो भन्नु हास्यास्पद कुरा हो / यथार्थ त यहि हो २००७ सालको आन्दोलनले राणाहरुले एकलौटी खैपीइ गरि ल्याएको शासन सत्तालाई खोसेर शाह परिवार र केहि औडे भौडे मिलेर बाडीचुरी खाए / त्यसमा कति लाई भाग बन्डा आफुलाई नपरे पछि फेरि २०४६ सालको आन्दोलन भयो / फेरि तेसै गरि भएको आन्दोलन हो २०६२/६३ को, यो कुरा सिसा सरि छर्लंग छ / होइन प्रजन्त्रमा सबै नागरिकको समान हक र विकास गरिन्छ भने प्रजातन्त्र आएको ६३/६३ बर्ष सम्ममा कुल जनसंख्याको ८०% ओगटेका जनजाती मुलका एक जना पनि नेपालको प्र. मन्त्रि नहुनु को अर्थ चाही के हो ? के त्यत्रो जनसंख्या बाट एकजना पनि प्रधान मन्त्रि हुने कबिलियत मान्छे नजन्मेको सत्य हो त ? कदापी होइन / सत्ता लाई केवल जहानिय राणा शासन बाट अर्को जहानिय शाह साशन र शाह साशन बाट बाहुन साशनमा प्रस्थानांतर गरिएको मात्र हो / अनि घन्टाको प्रजातन्त्र !!!

    Hot debate. What do you think? Thumb up 7 Thumb down 98

  6. ksbhandari says:

    यम बहादुर जी ! म तपाई को कुरा बाट सन्तुस्त भए, तर हालको सरकारका नेताहरु के गर्दै छन्?

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)