प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरु सहमत भएका छन्। ‘दलहरु प्रधान न्यायाधीश नेतृत्वमा नयाँ सरकार गठन गर्न सहमत भएका छन्’, बैठकबाट बाहिरिएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संवाददाताहरुसँग भने। शीर्ष नेताहरू चार दलीय संयन्त्रले दिएको सुझावअनुसार २०७० साल जेठ २२ गते चुनाव गर्न पनि सहमत भएका छन्। माओवादी र मधेसी मोर्चाले शान्ति प्रक्रिया र मतदाता नामावलीको विषय पनि टुङ्गो लगाउनु पर्ने भएपछि लिखित सहमति हुन नसकेको कांग्रेस नेता विमलेन्द्र निधीले संवाददाताहरुलाई बताए। ‘दुई बिषय बाहेक अरु बिषयहरुमा सहमति भएको छ’ उनले भने- ‘भोली ३ बजे बसेर शीर्ष नेताहरुले टुङ्ग्याउनु हुनेछ।’प्रधान न्यायाधीश नेतृत्वको मन्त्रिपरिषद ११ सदस्य बनाउन पनि शीर्ष नेताहरु समत भएका छन्। राजनीतिक कार्यदलले पेश गरेका अधिकांश सुझावहरुमा दलहरुबीच सहमति जुटे पनि माओवादीले सेनामा समायोजन भएका लडाकूहरुको दर्जा र पदको मिलान अहिलै गर्नुपर्ने बताएपछि आज लिखित सहमति हुन नसकेको हो। मधेसवादी दलहरुले नागरिकता वितरण गरिनुपर्ने माग उठाएका थिए।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेता हरु र सम्पूर्ण नेपाली जनताहरु लाई मा यता ध्यान अक्रासन गरौँ चाहन्छु संबिधान बन्न बाधा अड्कन पुर्याउने मूल बिसये हरु जब सम्म आलो रहनछ र तेस्को समाधान जब सम्म हुदैन तब सम्म जुनसुकै विविन्न उपाए हरु खोजेर जता तिर गए पनि आखिर फेरी रिम्दै घुम्दै रुम्जाटार भने जस्तै हो, पहिला जातीय पहिचान सहित को राज्य भन्ने मुल बिषय छ तेस्को निकासा खोज्नुहोस कि त यो बिसये नै हटाउनुहोस येदि हटाउन सक्नु हुन्न भने एस बिसये लाई पहिला समाधान गर्नुहोस अनि तेस पछि के के गर्नु हुन्छा गर्नुहोस तपाई हरु यैघती चुनाब मा गएर पैसा खर्छ किन गर्नुहुन्छा फेरी संबिधान बनाउदा बाधक बन्ने बिसये नै येही हो भने पछि गएर तपाई हरुले एस बिषय लाई कसरि मिलाउनु सक्नुहुन्छा दोस्रो कुरो छ हरेक जात जातिले आफ्नो भाषा को पहिचान खोजे को छ के आब बन्ने संबिधान ले सबै जात जाति को भाषा को पहिचान दिन्सक्छा त हैन भने नयोचित yo कसरि हुन्छा भाषा को पहिचान नपाउने जात लाई जात जाति को बीच मा मारा मार गराएर देस लाई खाडल मा लैजन्खोज्दै छन्
मन परे हरियो, नपरे रातो
9
2
अब चुनाब हुनी त् निश्चित भयो, कुनै दल को पनि बहुमत न भए फेरी dog fight हुनित होला. २०५२ साल मा काँग्रेस ले एमाले लाई थचक्क पर्छु भन्दा दुवै ले लोप्पा खाएको थियो र पन्चे ले राप्रापा भएर २० शि ट कुम्लाएको थियो. घटना फेरी दोहोरिदै छ.
मन परे हरियो, नपरे रातो
1
2
यदि नेपाल को र भारत भिजा system भयको भय सायद नेपाल धेरी बिकाश हुन्थ्यो
मन परे हरियो, नपरे रातो
1
0