विश्वकै सबैभन्दा ठुलो चोरी ( एअरपोर्टबाट ६७ करोड डलरको हिरा लुटियो )

diamondफाल्गुन ९ । बेल्जियमको राजधानी ब्रसेल्सस्थित विमानस्थलबाट अरबौं रुपैयाँको हीरा चोरी भएको छ । बेल्जियमको एन्टवर्पबाट स्वीट्जरल्याण्ड पठाउन लागिएको हिरा केही लुटेराले विमानस्थलबाटै करिव ३ मिनेटमा सोमवार अबेर लुटेका हुन । लुटिएको हीरा करिब ३६ अर्ब रुपैयाँ बराबरको रहेको बुझिएको छ । हवाई जहाजमा हीरा राख्न गएका सुरक्षाकर्मीको पछी लागेका लुटेराहरुले हीरा भरिएको ब्रिफकेश लिएर भागेको बिमानस्थलका अधिकारीले जनाएका छन् । हतियारले सुसञ्जित उनीहरुले मुख छोपेका थिए । डकैतीको घटना लगत्तै विमानस्थल नजिक जलेको अवस्थामा रहेको एउटा गाडी बरामद गरी अनुसन्धान थालिएको र लुटेराको खोजी भइरहेको छ । लुटपाटमा ८ जना संलग्न रहेको बताइएको छ । बेल्जियमको एन्टवर्प संसारकै सबैभन्दा बढी हीराको कारोबार हुने केन्द्र हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

8 Responses to “विश्वकै सबैभन्दा ठुलो चोरी ( एअरपोर्टबाट ६७ करोड डलरको हिरा लुटियो )”

  1. rohan says:

    सबै भन्दा ठुलो चोरि त त्रिभुवन विमानस्थल बाट भएको थियो, यौटा नेपाली नारी को अस्मिता नै लुट्ने एरपोर्ट कर्मचारी सबै भन्दा ठुलो चोर हो, एसको मुल्य कति थियो अनुमान नै गर्न सकिन्न !

    Well-loved. Like or Dislike: Thumb up 125 Thumb down 3

  2. kalli says:

    थिओ र त चोरो त ?

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 10

  3. एउटा अन्तरास्ट्रीये बिमान स्थलबाट येसरी लुटेराहरुले लुट्छन भने कसको के लाग्छ र ? एस्तो सजिलै त नलुट्नु पर्ने हो जतो लाग्छ

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 3

  4. sachin says:

    यो सबै नेपालीहरु बाट सिकेको हो | हाम्रो देशको त्रिभुबन विमानस्थलमा पनि एस्तो लुटपाट त खुब भईराख्छ नि | बिदेशी हरु नेपाल आउँदा उनीहरुको समान यसरी नै चोरी भएको छ अनि उनीहरले पनि नेपालीहरु बाट यहि पाठ सिके | नेपालीहरुले राम्रा कुराहरुको बिकाश गर्न नसके पनि यस्ता कुराहरुको बिकाश गरेको छ | मान्नै पर्छ नेपाल र नेपालीलाई स्यबाश…….!

    मन परे हरियो, नपरे रातो Thumb up 18 Thumb down 12

  5. nepali says:

    तेइ त भयो अनि चोर्यो, तर अचम्म लाग्छ नेपालमा भएको भए होला भन्नु बिदेसमा पनि एस्तो बाफरे..

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

  6. dhamnada says:

    चोर ले चाहो भने जसरि चोर्छ र कानुन को बाउ कानुन भाको देश मा पनि यस्तो घटना घट्दो रहेछ भनेर नेपाल मा आखा भए पनि आखा नदेखें पदमुर्ख नेपाली को लागि यो गतिलो उदाहरण हो नेपाल भाको भय यति बेला बाबुरामलाई गाली गर्न पछि पर्दैनथे होलान

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

  7. chaure says:

    नेपाली हरुले नी हो कि ?

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

  8. Prachanda says:

    Sabai nepali tasta hudai nan timi haru la plan garako ta hooina

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)