पूर्व युवराज पारसको स्वास्थ्य स्थीर,ज्ञानेन्द्र सिमरामै

paras shah1ह्रदयघात भएपछि गएराति थाइल्यान्डको राजधानी ब्याङ्ककस्थित अस्पताल पुर्‍याइएका पूर्व युवराज पारस शाहको अवस्था हिजोभन्दा सुधार भएको छ। उनी अझैसम्म होसमा आउन सकेका छैनन्। उनको अवस्थालाई चिकित्सकहरुले ‘स्थिर’ बताएका छन्।’टाउकोको सिटी स्क्यान गर्दा खासै त्यस्तो केही देखिएन’, थाइल्यान्डका लागि नेपालका कार्यवाहक राजदूत डोरनाथ अर्यालले नागरिकन्युजलाई भने, ‘मुटुको एमआरआइको रिपोर्ट आउन बाँकी छ।’मध्याह्न उनले आँखाको परेला अलिअलि चलाउन थालेका छन्,’ मिडियामा बोल्ने अनुमति नभएकोले नाम बताउन नचाहने समितिवेज अस्पतालका एक वरिष्ठ चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बताएको छ।बैंककमा रहेका शाहलाई नेपाली समयअनुसार मंगलबार बेलुका आठ बजे हृदयघात भएको हो। थाई महिला मित्र कन्निका चाइसान र केही नेपाली सहयोगीसहित पुरनताउँमा बस्दै आएका पारसलाई हृदयाघात भएपछि चाइसनले अस्पताल पुर्‍याएकी थिइन्। नाजुक अवस्थामा अस्पताल पुर्‍याइएका पारसलाई आइसियुमा उपचार थालिए पनि सुधार नआएपछि सिसियु सारिएको थियो। चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताउँदै परिवारका सदस्यलाई खबर गर्न आग्रह गरेपछि बैंककमा रहेका नेपालीले निर्मल निवासमा खबर गरेका थिए। पूर्वयुवराज्ञी हिमानीलगायतको टोली आज थाइल्यान्ड जाने भनिए पनि उनीबाहेक परिवारका पाँच सदस्य बैँकक उडेका छन्। गएराति छोरी कृतिका पनि गम्भीर बिरामी भएर नर्भिकमा भर्ना गर्नुपरेपछि उनी बैँकक नगएको बताइएकोछ। कृतिकाको बिहान अपरेसन गरिएको छ। आजको थाइ एयरको उडानबाट बैँकक जानेमा बहिनी प्रेरणा सिंह पनि छिन्। पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल भने बैँकक गएका छैनन्। पारसलाई यसअघि पनि हृदयाघात भएको थियो। २०६४ भदौ २० मा पारसलाई ‘माइल्ड हर्ट एट्याक्ट’ भएको थियो। छातीमा पीडा भएपछि सुरुमा सैनिक अस्पताल र पछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ५० मिनेट लामो शल्यक्रियाबाट अवरुद्ध धमिनी खोल्न ब्यालुन एन्जिओप्लास्टी गरिएको थियो। पूर्व युवराज पारस शाहलाई ‍थाइ ल्यान्डमा हृदयघात भइ अस्पताल भर्ना गरिए पनि उनका बाबु ज्ञानेन्द्र शाह बारास्थित आफन्तकहाँ बसिरहेका छन्। छोराको हृदयघात भएको खबर पाएर पनि उनी पत्‍नी र नातीसहित सिमरास्थित प्रभु शम्शेर राणाको घरमा बसिरहेका छन्। करिब दुई हप्तादेखि सिमरामा बसिरहेका ज्ञानेन्द्र शाह त्यहाँका स्थानीय मन्दिरमा पूजापाठ गर्ने उद्देश्‍यले गएको बताइएको थियो।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

30 Responses to “पूर्व युवराज पारसको स्वास्थ्य स्थीर,ज्ञानेन्द्र सिमरामै”

  1. santosh paudyal says:

    get Well soon.

    Well-loved. Like or Dislike: Thumb up 136 Thumb down 71

  2. Don Malla says:

    सरकार को स्वास्थ्य को सिघ्र लाभ को कामना गर्दछु l

    Well-loved. Like or Dislike: Thumb up 255 Thumb down 198

  3. जे जस्तो भए पनि बिगतको दिनहरु जस्तो सुकै काम गरेपनि एक मानबको नाताले गर्दा स्वास्थ्यमा सुधार आओश मेरो पनि कामना . !!!!!

    Well-loved. Like or Dislike: Thumb up 150 Thumb down 48

  4. deep says:

    स्वास्थ्य को कामना गर्दछु. ठिलो चारो आफुले गरेको पाप को प्रतिफल भोक्नै पर्छ. यो मैले भोकेको आनुभाफ हो.

    Hot debate. What do you think? Thumb up 74 Thumb down 162

  5. Deshbhakta says:

    के सोचे मैले ? के भयो अईले !!

    Well-loved. Like or Dislike: Thumb up 66 Thumb down 39

  6. Bibas says:

    मानब हो गल्ति हुन्छ ,बितेका कुराहरुलाई सम्झेर उहालाई घिर्ना गर्नु भन्दा यो धुखद घडीमा उहालाई माफ गरि उहाको शीग्र स्वास्थेको कामना गरौ ! हामी नेपाली महान छौ हामीले उहालाई पश्चाताप गरि सुद्रिने मौका दिनु पर्छ ! आउनुस दाजु भाई दिदि बहिनीहरु उहाको लागि प्रार्थनागरौ ! विश्वास गरौ परमेस्वोरले उहालाई नया जिबन दिनु हुने छ !!!

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 32

  7. Shesh laoti says:

    एउटा मानवताको नाताले पुर्व युवराजको शिघ्र स्वास्थ्य लाभको कामना ! के गर्नु आफुले गरेको कर्मको फल र पापको सजाय त: यो कलि युगमा आफैले भोग्नु पर्छ !! सानु मन नगर्नुहोस !!!

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 3

  8. Samira grg says:

    जे भए पनि मान्छे हो Nepali हो भगवान बुद्ध
    ले रच्छ्या गरुन ओम माने पेमे हुँ रे !
    Get well soon !!!

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 24

  9. biddye thami says:

    पूर्व युबराज पारस शाहको स्वस्थ को प्रगतिको कामना गर्दछु

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 18

  10. Dilkumar thapa says:

    पारश सरकार को स्वास्थ्य को सिघ्र लाभ को कामना गर्दछु l कतारबाट

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 40

  11. पाप चै माथि बाट करौ६ सत्तेको जीत हुन६

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 3

  12. Ram Ram says:

    पारश ले कतै मलाई जनता ले कतिको माया गर्दा रहेछन भनेर राजनीति खेलेको त हैन नि ?
    राजनीति को एक रुप हुन सक्छ !

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 3

  13. nilam says:

    पारस सारा नेपालीको को ?जनता प्रति के कर्तब्य निर्बाह गरे?
    कोमल र हिमानीको लागि को?
    ३ वटा बच्चाको बुवा ?बुवाको कर्तब्य ?
    आफु को हो ?आफै बुज्नु नै आत्मा ज्ञान हो | पारसले आफु राजपरिवारको सद्स्यो हो|र म मेरो जन्म भएको कुल आमाबुवा देस सबै प्रति कर्तब्य,जिमेवार,कस्तो नबूजेको? पारसको जन्म हुनु र दुरुयोधन को जन्म एउटा दुरुघतना जतो लाग्छ | बाचेपनि मरे पनि दुरुभाग्यो जस्तो लाग्छ |आत्मा अलग र देह अलग, देह भन्नाले शरीर,पारस भन्ने नाम हो| देह(सरिर)पारसले आत्मा ज्ञानको अवहेलना गरेर आफ्नो नाम र सरिरलाई अति नै गंदगी फोहर अत्याचार कलगंक कुकर्मले कुपात्र बनेर बिस्वमा देखाए |अहिले अबस्थामा छेमा नै धर्म हो |हामी सबैलाई चिन्ता छ ,कोमल हिमानी नाबालक बच्चा वहाहरुको लागि भए पनि प्राथना गर्छु |स्वास्थ लाभ होस् |अब उप्रान्त चेतना आत्मज्ञान गहन गरेर नेपाल राजकुमार को कर्तब्य बुज्ने होला ?

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 2

  14. Bishwaraj says:

    पारस आइसीयोस- देश बचाई सीयोस भन्नेहरुको लागी फेरी दुखको खबर,…..

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 3

  15. likpa jip says:

    बुधम शरणम गछ्यामी ..जसले पाप गरेको छैन ..सुखले खुशीले भाचोस .पापीहरु सजाई बोकेरै दुनिया छाडोस ..येति मो पापी भए मलाइ पनि येस्तै सजाए पवोस ..ओम मा नि पद मे हु …

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 3

  16. Ram Ram says:

    पारस को सुरक्ष्य कसरि राष्ट्रिय समस्या हुन्छ ?

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 2

  17. prakash says:

    सिग्र स्वस्तलाबको कामना गर्दछु , चाडै मातृभूमि फर्कनु होला पारस जी मा राजा बादी त हैन तर तपाई एउटा नेपाली बिदेशमा बिरामी पर्दाको अवस्थामा र ,म पनि एउटा नेपाली भएकोले भाभुक भएको हो

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 20

  18. s. gurung uk. says:

    सबै लाई थाहा भएकै कुरा हो. जे भए पनि राम्रो को कामना छ. छोरी लाई…. तर परसे लाई भन्नु केहि छैन.पाप धुरी बाट करौछ. नै. गधा लाई गाई मानेर पूजा गर्ने ले गर्दा हुन्छ…

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 2

  19. kumar says:

    get well soon paras,

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 21

  20. Diba Dev says:

    मेरो पनि युबराज पारस को स्वास्थ्य चाडै निको हौस भनि कामना गर्दछौ |

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 16

  21. rozan says:

    जे जस्तेइ भय
    पनि केटो चाई जब्बेरे नेइ हो get weii soon good bless him

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 12

  22. ram oli says:

    जस्तो गर्नु उस्तै भर्नु

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  23. dada ghare kanchha says:

    स्वास्थ्य लाभको कामना गर्द छु

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 12

  24. juna says:

    जे भएनी मर्न चै नमरुन गेट वेल सून …

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 11

  25. RagarMam Thapa says:

    मान्छेहरु कति हद सम्म अमानबिय र समबेदना हिन हुदारहेछन भन्ने कुरा आ-आफ्ना प्रतिक्रियाले देखाउछ/कमसे कम दुख पिडा त सबैले महशुस गर्नुपर्ने बिषय हो नी/

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 13

  26. akash devkota says:

    पाप धुरी बाट करौन्छा भनेको यै हो

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 18

  27. पारस सा ह लाई सुस्वस्त्यको कामना जर्दछौ किनकि आखिर पर्बासी नपाली तहोनि पर्वास्मा कोहि नपाली लाई पनि कहिँ नहोस मलाई यस्तो लाग्छ

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 1

  28. BALARAM says:

    धेरैभो भनेर चट् पर्यो अब छोरपानी चट् भयोभने !!!!!!
    आफन्त भनेको कस्तो चिज रहेछ ?????

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  29. roshan says:

    यस्तो अवस्थामा पारसको आलोचना गर्नु भनेको मानवता बिरोधि काम हो. सबैले मिलेर शीघ्र स्वास्थ्य लाभको कामना गरौँ. We wish you a happy and long life. May Lord Pashupatinath//Buddha bless you!

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

  30. बिक्रम says:

    खराब चिजलाई खराब भन्नु पाप होईन साहस हो । खराब ब्यक्तीको आलोचना गर्नु अमानवियता होईन सत्यता हो । पारस लाइ कीन अझै सरकार को सम्बोधन? सरकार भन्न लायक के गर्यो देश र जनताको लागी ? जनताको पसीनाबाट लुटेको पैसाको बिटो र अली अली त्यो बिटोको नोट हरुले छोएको हरुहो उसलाई सरकार भन्ने हरू? सायद ति महानुभावहरूले आफ्नै पिता लाई राम्ररी सम्मान साथ बुवा भनेर सम्बोधन गर्नु हुन्नहोला। अनि अर्को कुरा बिदेश मा रहेर बिरामी पर्दाको अवस्थालाई सम्झेर सहानुभुति देखाउने कुरा निराधार छ कीनकी पारस हामी सर्बसाधारण जस्तो केही कमाएर घरको स्थिती सुधारौंला भनेर बाध्यतामा बिदेसीएको होइन। उ त उस्को बाउले हडपेर कमाएको सम्पत्ती ले मोज गर्न स्रीमती र नानी हरूसमेत छोडी बिदेशी परस्त्री संग रमाएर बसेको हो । जो पूर्ब युबराज भनाउदो ले आफ्नो छवि र सिंगो नेपाली लाई हेर्ने अन्तर्राष्ट्रीय दृष्टीकोण धमील्याउँछ त्यस्ता लाई फेरी के को सरकार? के का लागी श्वास्थ्य लाभ? स्वदेश आउ देशर नरेश को लागी केही गर भन्ने मान्छे अझै छन?गर्छन भन्ने पनी के को आशा गरेको? यस्ता प्रवित्ती र आचरण का मान्छे पारस मात्र होईन सबै नसिध्धीए सम्म देश जहीले क्यान्सर ग्रस्त हुन्छ , त्यसैले बाँच्नुको कुनै औचित्य छैन।

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)