पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती अत्यन्तै चिन्ताजनक अवस्थामा

Untitled 460काठमाडौं,फागुन ११ । हृदयघात भएर अस्पताल भर्ना गरिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको छ । उपचारका क्रममा थाइल्याण्डको बैंककस्थित अस्पतालमा शुक्रबार बिहान बिहीबारको तुलनामा अत्यन्तै नाजुक रहेको अस्पताल स्रोतलाई उदृत गर्दै त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । थाईल्याण्डमा बस्दै आएका पारसलाई गएको मंगलवार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको हो । यसअघि पनि हृदयाघात भइसकेका पारसलाई यसपटक गम्भीर प्रकारको हृदयघात भएको चिकित्सकले जनाएका छन् । बैंककस्थित समितिवेज अस्पतालमा उपचाररत शाहको स्थिती शुक्रबार बिहान देखि निकै चिन्ताजनक रहेको त्यहाँस्थित कार्यबहाक राजदुत दोर्णनाथ अर्यालले जानकारी दिनुभयो । करिब दुईबर्षअघि देखि बैंककमा बस्दै आएका ४२ बर्षीय पूर्वयुवराजको स्वास्थ्यअवस्थालाई लिएर सामाजिक संजाल लगायत संचारमाध्यम विभिन्न खबरहरु प्रवाह भइरहेका छन् । पारसको स्वास्थ्यअबस्थाबारे सामाजिक संजालमा बिभिन्न हल्ला चलेपनि त्यो सत्य नभएको थाइल्याण्डमा रहेका उनका सहयोगीले बताएका छन् । दोस्रोपटक हृदयघातबाट ग्रस्त पारसलाई आइसियुबाट सिसियु कक्षमा सारिसकीएको पनि स्रोतले बतायो ।  यस्तै,पूर्व युवराज्ञी हिमानी शुक्रबार बेलुकीसम्म बैङ्कक जाने तयारी भएपनि अहिलेसम्म टुंगो लागिसकेको पूर्वराजाका सहयोगी फणिराज पाठकले बताउनुभयो । केही दिनदेखि सिमरामा रहेका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल भने अझै काठमाडौ फर्कनुभएको छैन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

15 Responses to “पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती अत्यन्तै चिन्ताजनक अवस्थामा”

  1. netra bhattarai says:

    Get well soon.

    Hot debate. What do you think? Thumb up 96 Thumb down 94

  2. Madan says:

    Get well soon bhndinu hai t

    Well-loved. Like or Dislike: Thumb up 32 Thumb down 17

  3. madhab says:

    ke garnuta karmako fal jasleni bhognai parchha

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 9

  4. Puja says:

    We लोवे यौ paras

    मन परे हरियो, नपरे रातो Thumb up 19 Thumb down 13

  5. sunil says:

    शीग्र स्वस्थ लाभ भै स्वोदेश फिर्ती सवारी होस् सरकार,

    Hot debate. What do you think? Thumb up 29 Thumb down 86

  6. juna says:

    जे जस्तो भएपनि सिग्र स्वास्थ्य लाभ को कामना ……

    मन परे हरियो, नपरे रातो Thumb up 37 Thumb down 53

  7. जस्तो काम गर्छ तस्तैफल पाउछ तेसैले हामीपनि राम्रो कार्य गरु पशुपतिनाथ ले हामी सबै को कल्लायण गरुन

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 16

  8. Paras pun Magar says:

    God ब्लेस पारस, गेट वेल सून, वे ऑल Nepalese पोपले लोवे पारस

    मन परे हरियो, नपरे रातो Thumb up 28 Thumb down 33

  9. HK Rai says:

    अर्को प्लानको लागि यो नया नाटक सुरु भएको हो, साथीहरुहो आफै कुख्यात भएपछी अर्को कुख्यात पछि लागे पछि बाच्ने उपाए त गर्नु पर्यो नि कि कसो ?

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

  10. Jiwan Tamang says:

    गेट विल सून गेट विल सून गेट विल सून गेट विल सून गेट विल सून

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 9

  11. lcbaijee says:

    पत्रकार महोदय लाइ अरु समाचार पाउनु नभएको हो कि जहिले पनि परश को मात्र प्रचार गरेको / कि त पारसको पनि तापको टी भी मा लगानी छ कि? अलिकति पनि लाज लागेन बारम्बार एकै समाचार प्रचार गर्नु / पत्रकारिता भनेको सूचना दिनु हो /चिउरा चपाए झैँ बारम्बार चपाए नमिठो लाग्छ ल /

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

  12. shyam lal shrestha says:

    मे गोद ब्लेस यौ.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 6

  13. bhimala says:

    गेट वेल सून! :)

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Jayaram ale says:

      कैले जान्छ केटो यमराज को मा ,समाचार सुन्नु आतुर छु,कि केटो अर्कै प्लान अनुसार बिरामी पल्टेको, नारायणहिटी काण्ड मच्याउने हरुको त भरै चै न हौ!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)