बैदेशिक रोजगार नेपाल लगायत बिकासौन्मुख राष्ट्रहरुको अर्थतन्त्रको प्रमुख मेरुदण्ड बनेको छ | बढ्दो आधुनिकीकरण र बिश्व ब्यापिकरणको प्रभावले गर्दा आज बिश्व सानो गाउँमा परिणत भएको छ | विश्वको बढ्दो पुजीबादीकरणले गर्दा एकातिर मानवीय मुल्य र मान्यता क्षणभंगुर बन्दै गैरहेका छन भने एकातर्फ अमुल्य मानबिय धरोहरहरु आज खुलेआम लिलाम गरिदै छन् | नेपालमा पनि केहि समय यता मानब तस्करी, ठगि र दलालीबाट पिडित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गैरहेको छ | बैदेशिक रोजगार रहर नभएर बाध्यता हो बिशेष गरि हाम्रो जस्तो अल्पविकसित् मुलुकको लागि | राज्यले नेपालीको यत्रो संख्या कहाँ पुगेको छ र तिनको अवस्था के छ भनेर चासो देखाएको छैन । योभन्दा पनि डरलाग्दो स्थिति के छ भने, यो काम राज्य संयन्त्रका कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा भइरहेको छ, जसलाई ‘सेटिङ प्रथा’ भनिन्छ । श्रम स्वीकृतिको वैधानिक च्यानलहरू छल्न मिलाइएको ‘सेटिङ’ मा प्रायः उतैका कम्पनी वा एजेन्टहरूले यताका म्यानपावर कम्पनी, ट्राभल एजेन्सी, मनी एक्सचेञ्ज वा व्यक्तिहरूलाई ‘भिजिट भिसा’ पठाउँछन् । अनलाइन भिसा प्रणालीले यसलाई अझ्ै सहज बनाएको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारी भन्छन्, “कतिले त नक्कली भिसामै उडाउँछन् ।” ‘भिजिट भिसा’मा विदेश जान दुईतर्फी हवाइटिकट, होटल बुकिङ र न्यूनतम ५०० अमेरिकी डलर हुनुपर्ने अध्यागमन विभागको मापदण्ड छ । त्यति भएपछि ‘सेटिङ’ मिलेकाहरू सजिलै छिर्छन् । ‘सेटिङ’ मा गएकाहरूले बोकेको ५०० डलर चेकजाँच पछि र जहाज चढ्नुअघि अध्यागमनका कर्मचारी वा प्रहरीले लिन्छन् । अर्थात्, विमानस्थलस्थित अध्यागमनका कर्मचारी, अध्यागमन अधिकृतको रूपमा रहने राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर, प्रहरी र वैदेशिक रोजगार विभागका कर्मचारी नमिली ‘सेटिङ’मा मानव तस्करी संभव हुँदैन ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
पत्रकार खोइ मेरो लेख, आवाज बिहिन को आवाज भनेको होइन. अनि तपाई राजाबादी हो, पासपोर्ट को नक्सा त् उही श्री पेच भएको छ नि त्. कि अकल ले काम गरेन.
मन परे हरियो, नपरे रातो
6
22
यो त हामी गरिब भएर जन्मिएका नेपालीहरुको नियति नै हो/त्यसमा पनि नागरिकको टाउको काटेर सत्तामा पुग्ने लक्ष लिएको पार्टी र त्यसका नेताहरुको राज छ,अनि कसरि ति निरिह जनताको खोजी र चासो होला?
Well-loved. Like or Dislike:
42
1
मलाइ लाग्छ याहा त्यो ४ जना केटीहरु नै खत्तम हो . किन कि येतिको बोल्ने, धेर-थोर अंग्रेजी बोल्ना सक्ने युवतीहरुले आफै सजक रहनु पर्ने हो . किन भने एस्तो मानव सरिर बेच्ने काम नेपालमा यो मात्र होइन, येस्ता धेरै काण्डहरु भैसकेका छन्
एता समाचार प्रसारण गर्ने र समाचार लेख्ने महोदय पनि येस्तै ठेकेदार हो जस्तो छ, येस्ता काण्डमा भेटिएका केटीहरुको तस्बिर किन येसरी नदेखिने, नचिन्ने पर्नु, सबै अनुहार प्रस्ट पार्नु होस्त, बल्ल उनीहरुको गाउ-घर, इस्ट-मित्र लगाएत सबैले देख्ने छन् र चीन्ने छन् तब येसरी कतै हिड्ने थिएनन् तर यहाँ त जाने बेलामा कसैले चाल पाउछ कि जस्तो गरेर फुत्त गयो अनि येसरी आफु बेचिएको कुरा कसैलाई थाहा पाएर बचाए पछि एस्तो भासण,,,,,,,, कसले पत्त्याउछ नि एस्तो कुरा ???????
माइती नेपाल, सबै येस्ता मानिसहरुको तस्बिर प्रस्ट देखाउनु पर्यो, हामि पनि हेरौ, कोहो रहेछ पैसा कामाउन हिडेका ????????
मन परे हरियो, नपरे रातो
12
4
मेन कुरात नेपालमा प्रहरिनै मिलेमतोमा काम गर्छन अनि अरुत के भन्नुरा, सब चोरै चोर नेपालका कर्मचारिजती अनि नेपाली जनताहरु जो विदेश जान खोज्छन तिनिहरुपनी दलालले जे भन्यो तेही मान्नु भनेको अलिकति पढेको मान्छेहरु भएर आफै घाँस खानु हो ,विदेश भन्दैमा रुखबाट पैसा खस्दैन दुख धेरै गर्नु पर्छ यो विचार गरेर जानु पर्छ एक पटक काम गर्नु अगावै तिन पल्ट सोच्नु आवासेक हुन्छ |धन्यवाद!
मन परे हरियो, नपरे रातो
10
1
युबराज जीको भनाइ सहि हो | तर सबै मान्छे एउटै कहाँ हुन्छ र ! पत्रकारले यो खबर नल्याएको भए हामीलाई कसरी थाहा हुन्थ्यो होला ? अनि सुनियो माइती नेपालको अनुराधालाई यस काण्ढमा प्रमाण पुर्याउन गारह्यो पर्यो कि भन्ने छनक देखिन्छ | त्यसै पनि ऐर्पोर्टको भन्सारमा सरुवा हुन दलाल कर्मचारीले लाखौ घुस खुवाउछ भन्छन | हामि सबैलाई थाहा भएकै कुरा भन्सारमा काम गर्ने जोसुकै किन नहोस सानो ठुलो जागिर kaathmaduko महंगीमा करडौको महल ठडिएको हुन्छ | चाहे जेसुकै भने पनि नेपालको प्रशासन यन्त्रले कुनै काम गर्न नसकेको अबस्थामा पत्रकारहरुले जक्जकाएको छ यो सबै भन्दा उपलब्धि भन्नु पर्छ |
Well-loved. Like or Dislike:
284
0
वास्तविक कुरा के हो भने ठगिने को त व्यथा घट्दो भन्दा बढ्दो नै छ | तर boarder security & airport security मा खटिएका सुरक्षा को खोल ओढेका सुरक्षा कर्मी तथा कर्मचारी हरु बाट ठगिने सक्कली visa भएका हरुलाई पनि ठगि रहेका छन् | येस्मा पनि सरकारको ध्यान आकर्षण हुनु पर्यो
Well-loved. Like or Dislike:
161
1
होइन ति चार जना चेलीहरु को बोलाई सुन्दा र ड्रेस अप हेर्दा त गाऊ कुना काप्चाको सारै अशिक्षित जस्तो त लाग्दैन जानी बुझी नै बाटो तय गरेको देखिन्छ भने पछि ति चार जनालाई पनि कानुनी दायरामा ल्याउनु पर्छ जसले ति मानव तस्करी गर्ने दलालहरुलाई सघाई रहेका छन् / तेत्रो धन राशी खर्च गरेर विदेश जानु लाग्ने ले आफ्नो डकुमेन्ट चेक गरिन्न र ? ताक परे तिवारी नत्र घोताने भने झैँ यदि अनुगमन टोलीले नभेटेको भए लुकेरै जान्थे नि / आज आएर प्रशासनले ति दलाल लै मात्र दोसी देख्नु हुन्न गलती दुवै पक्षको छ / एक पक्षिये मात्र सोच्नु र बुझ्नु हुन्न /
मन परे हरियो, नपरे रातो
1
0