पटक-पटक फेरिरहने नेताहरुको बोली र अन्यौलको राजनीति !!

char dalप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बिषयमा छलफलका लागि बसेको चार दलको बैठक सकिएको छ । बैठक ले प्रधानन्यायाधीश खिलराज रेग्मी को नेतृत्वमा चुनावी सरकार गठन गर्ने बाधा अड्काउ फुकाउ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
बैठक ले चार दलका ८ सदस्य रहेको कार्यदललाई बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पेश गर्न २ दिनको समय दिएको छ । बुधबार बस्ने चार दलको बैठक मा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पेश गर्न कार्यदललाई जिम्मा दिइएको बैठक मा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेललले जानकारी दिए ।
कार्यदलले तयार पारेको प्रस्तावको आधारमा सरकार निर्माण प्रक्रिया र अन्य प्रक्रियामा कदम चालिने पौडेलले जानकारी दिए । चार दलको बैठक सेना समायोजन बिशेष समितिको सचिवालय बानेश्वरमा बसेको थियो ।
आज बिहान चार दलका शिर्ष नेतासागको भेटमा प्रधानन्यायाधीश रेग्मीले चुनावी सरकारको नेतृत्व गर्ने आशय व्यक्त गरेपछि चार दलले यस्तो निर्णय गरेको हो ।
चार दलको बैठक ले सर्वोच्च अदालतले आज जारी गरेको बिज्ञप्तीको पनि स्वागत गरेको छ । सर्वोच्च अदालतले जारी गरेको बिज्ञप्तीमा राष्ट्रिय राजनीतिको जटिलता अन्त्य गर्न प्रधानन्यायाधीश रेग्मी चुनावी सरकारको नेतृत्व गर्न सकारात्मक रहेको इंकित गरिएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

3 Responses to “पटक-पटक फेरिरहने नेताहरुको बोली र अन्यौलको राजनीति !!”

  1. यो बाधा अड्काउ के ले बाधेको छ, फुकाएर त्येसैले राम्रो संग यी ४ दलका नाइकेहरुको मुखमा फेरी एसका बारेमा बोल्न नमिल्ने गरि बाध्नु पर्छ .
    नत्र फेरी एनी नाइकेहरुले बोलि फेर्ने छन् . कि कसो हो ???????

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 0

  2. ganga b grg says:

    नेपाल को नेता हरु देश र जनता को लागि सहमति सम्झौता गर्दैन, आफ्नो दुनो सोझो भएन भने मात्र बध्त्ताले मात्र सहमति सम्झौता गर्छन.

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 0

  3. BALARAM says:

    चुनाब भएपनि कसैको बहुमतको सर्खर हुदैन तेस्लेगर्दा संबिधान पनि खैके खैके भनेजस्तै
    हो संबिधान को आशा गरौ तर धरै मान्छे मर्छ आउनु गरोछा संबिधान!!!!!!!बस हेरी
    राख्नुहोला !!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)