‘ट्यापे–मुन्द्रे’ बढ्न थालेको भन्दै राजधानिमा प्रहरीको ‘सफाइ अभियान’ सुरु

crime-arrest-Copsकाठमाडौं,फागुन १५ । प्रहरीले राजधानीका टोलहरुमा ‘ट्यापे–मुन्द्रे’ बढ्न थालेको भन्दै ‘सफाइ अभियान’ सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबारबाट सुरु गरेको अभियान अन्तर्गत एकैपटक सात सय ११ जना पक्राउ परेका छन् । पक्राउ पर्ने अधिकांश किशोर उमेर समूहका छन् । परिसरले मातहतका प्रहरी वृत्त र प्रभागलाई सर्कुलर नै जारी गरी टोलमा अस्वाभाविक हुलियामा रहेकाहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैसँग प्रारम्भिक अनुसन्धान भइरहेको परिसरका प्रवक्ता चक्रबहादुर सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार पक्राउ परेका सबै जनालाई एक रात अनिवार्य रूपमा हिरासतमा राखिनेछ । अभियानअन्तर्गत प्रहरी वृत्त महाराजगन्जबाट ६५, बौद्धबाट ७१, बानेश्वरबाट ८३, कालिमाटीबाट ९३ र बलाजुबाट १०५ लाई पक्राउ गरेको छ । त्यस्तै, परिसर मातहतका १३ वटा प्रभागबाट मात्रै दुई सय २५ जनाई पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये तीन महिला छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

राजधानीमा पछिल्ला दिनमा भएका चोरी, डकैत, लुटपाट मात्र नभई हत्यामा समेत किशोर उमेर समूहकाहरू नै संलग्न भएको भेटिएपछि प्रहरीले यो अभियान सुरु गरेको हो । पक्राउ परेकामध्ये गाँजा, चरेसलगायत लागुऔषध दुव्र्यसनीमा फसेकाहरू रहेका प्रहरीले जनाएको छ । सडकका आवारा तथा गुन्डाहरूलाई विशेष निगरानी गरिएको पनि प्रहरीले जानकारी दिएको छ । डिएसपी सिंहले भन्नुभयो, ‘समाजमा अशान्ति मच्चाउने, गँजेडी, आवारा, गुन्डाहरूलाई विशेष निगरानीमा राखिएको छ, साथै अस्वाभाविक रूपमा जुल्फी पाल्ने, महिला जिस्क्याउने, चोक–चोकमा दिनभर बरालिएर बस्नेहरूलाई पनि निगरानीमा राखिएको छ, पहिलो अभियानअन्तर्गत पनि उनीहरू नै धेरै समातिएका छन्, अब हामीले उनीहरू सबैको रेकर्ड बनाउँछौँ ।’ डिएसपी सिंहका अनुसार यो अभियान निरन्तर चल्नेछ । टोलका मुन्द्रेहरूलाई तह लगाउने यो अभियान नयाँ भने होइन, यसअघि पनि यस्ता अभियान चलाइने गरिन्थे । अभियानअन्तर्गत पक्राउ गरिएकाहरूमाथि अनुसन्धान गरी शंका लागेकामाथि म्याद थप गरी पुनः अनुसन्धान गरिने र कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

 

22 Responses to “‘ट्यापे–मुन्द्रे’ बढ्न थालेको भन्दै राजधानिमा प्रहरीको ‘सफाइ अभियान’ सुरु”

  1. Ramesh Tamang says:

    इ सबलाई बागमती सफ्फा गर्न लगाउनु पर्छ | इनिहरुलाइ काम नभएर हो, तह लाउन काम दिनु पर्छ |

    Well-loved. Like or Dislike: Thumb up 442 Thumb down 83

  2. bikram says:

    देश एस्तो बिग्रियाको छ तेस्को कसै लै चिन्ता छेन अब इ निर्दोष युवा हरुलाई तह लगाउदै गर तेमिहरु चाही ….

    Hot debate. What do you think? Thumb up 78 Thumb down 241

    • sam says:

      साथी यहि निर्दोष हरु पछि गएर देश को लागि क्यान्सर हुने छन्

      मन परे हरियो, नपरे रातो Thumb up 31 Thumb down 37

  3. likpa jip says:

    हाम्रो देशको मानाब अधिकार येस्तै हो र मुन्द्र लाउनु केस लामो पाल्दैमा कसको बाउको के जान्छ र येति समात्ने नै होबने .देशमा भ्रस्टाचार गर्ने समातेर देखाउनु परेउ ..ट्यापे भनायो कसले भ्रस्टाचार गर्ने नेताहरुले सबका सब बिरोज्कार छ ..रोजगार भएपो काममा बुलिने बन्नु ..तर डरग्स तानेर हिन्नेलाई चाही ठिक पार्नु पर्छ ..

    Well-loved. Like or Dislike: Thumb up 124 Thumb down 9

  4. ravin says:

    Police what category makes the tyape:
    1 kapal plane
    2 Dari plane
    3 pant hip hop Lagne
    4 mundra and tattoo Hune
    5 if convicted some social crime.

    tell me. What is this. Punishments without crime. Where is justice. so many people fond of so many things. They are not dogs to put on cage for no reason.if you can go for real criminals not the young generations who follows western cultures n fashion. The world is changing make ur minds broad. police do some policing don’t do foolish jobs.plz country need policing get politcal dogs and criminals. I beg u

    Hot debate. What do you think? Thumb up 29 Thumb down 114

  5. Roshan karki. UAE says:

    नेपाल को कुन कानून ले कपाल पालना र मुन्द्रा लाउन बन्देज गर्छ ?? खराबी कपाल र मुन्द्रामा होइन, सोचाईमा छ। अपराधीले कपाल पाल्न र मुन्द्रा लगाउन सक्छन तर मुन्द्रा लगाउने र कपाल पाल्ने हरेक अपराधी हुदैनन्

    Hot debate. What do you think? Thumb up 47 Thumb down 71

  6. binaya says:

    के को गाइ जात्र हो नेपाल मा , कै नभाको जात्रा हाडीगाउ मा भनेको जस्तै……कपाल पाल्ने , मुद्रा लगाउने लै के समातेको होला….चोर, भर्ताचारी लै पो समात्नु पर्ने हो…..कपाल पाल्नु, मुद्रा लगाउनु त मान्छे को आदिकार नै हो नि त्यो पनि हार्मो जस्तो लोकतन्त्र ले ओत प्रोत भएको देस मा……काम छैन अनि के गरु के गरु भएर काम देखौन को लागि गरेको जस्तो लाग्यो मलाई… यो druggist लै समातेर durg छोड्न सक्दैन…कि सरकार ले सुधार गिर्य मा राख्न को लागि बयेबस्था गर्नु पर्यो ….नत्र यो कुरा पनि उचित छैन/
    त्यो druggist लै समात्नु भन्दा त्यो drug को कारोबार गर्ने मान्छे, खुला सिमाना मा कडाइ गरे, जथाभावी औसधि को कारोबार गर्ने लै समाते अलि राम्रो हुथ्यो कि ??

    Hot debate. What do you think? Thumb up 24 Thumb down 157

  7. Ram bahadur says:

    यो त Nepal प्रहरी Ko नालायकी पन हो , सबै mundra लाउने र कपाल पाल्ने चोर डाका नै हुन्छन ?, बरु हामीले surachay को नाम मा गुन्डा Haru पो पाल्दै छौ , आफ्नु निकाय मा भयक घुस्याहा हरु समात्न नसक्ने Aani आफ्नु kaam सर्ब साधारण लै दुख दिने कत्ति त पुलिस Kai Bhai छोरा हरु को gunda gardi ले आतंकित छ नेपाली समाज , यो त स्रिफ़ आफ्नु नालायकी पन को सबुत मात्र दियको हो , कसैले कपाल पाल्दैमा र मुन्द्र लौदैमा जॆल मा बस्नु पर्नी , Khoi त मानवाधिकार , के यो मानबअधिकार भित्र पर्दैन , नराम्रो काम पो गर्नु हुन्न त आफुले आफ्नो काम गर्न नासक्नी आनी सर्ब साधारण लै सास्ती दिने , तल देखि माथि सम्म रु १० देखि १० करोड सम्म नेपाल आमा को रगत खानी आनि सुराच्या को नाम मा गुन्डाहरु , बर्दिवाला गुन्डाहरु, खोइ त आज सम्म औला मा गंनिने बाहेक ले पुलिस भयर के गरे Khali आफ्नु स्वास्नी को लागि मात्र पुलिस लाज पचेका नापुसक हरु , कपाल पाल्ने सबै गुन्डा भय नेपाली सिनेमा को चाही किन hero त , एस्तो नेपाल बनौन को लागि marechan १०,००० नेपाली thukka

    Hot debate. What do you think? Thumb up 123 Thumb down 205

  8. Aspane says:

    हरे शिव !!

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  9. jeevan says:

    i like this news.aaparadi haru sabai rajnitima lagayko cha ani jantalai dhukha dinay kam garcha mama haru lay kapal paldaima koi gunda huncha that his right to make his hair long i am happy that to catch that people who use drug tini harulai ponishment dinay hoina sudar kandra ma lagayra sudar garnay thank for news….

    Hot debate. What do you think? Thumb up 70 Thumb down 106

  10. Suraj says:

    यो पनि नेताहरुकै काम हो. बिचरा प्रहरीहरुको ध्यान विकेन्द्रित गरेर ठुलो हात मार्न खोज्दै छन्. पोलिटिक्स is अ dirty game .

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 65

  11. ganga b grg says:

    yo मानव अधिकार को हनन हो, कपाल लामो parni लै समतनी हो bhane पशुपति को भट्ट ,पुजारी, गजरिया साधु, देश भरि भिख मगनी नक्कली भोले बाबा हरु लाई समात्नु, सक्छस सक्दैन कारण तिनी हरु भारती पर्यो हैन!!!! हाल भारत को नामी जगल्ठे बाबा नेपाल आएको छ के विचार छ? यहि हो democracy , freedom of expression

    मन परे हरियो, नपरे रातो Thumb up 18 Thumb down 72

  12. pun says:

    के लामो कपाल पाल्दै मा गुन्डा हुन्छ ?
    के राजेश हमाल पनि गुन्डा हुन् त ?
    लामो कपाल पाल्दा धेरै फाइदा छ
    १ कपाल काट्ने पैसा को बचत
    २ जाडो मौसम मा टोपी नचाहिने
    येस्ता धेरै फाइदा हरु छन्
    ठुला ठुला गुन्डा डाका लै समात्न सक्दैन सर्ब साधारण लाई सास्ती

    Well-loved. Like or Dislike: Thumb up 1174 Thumb down 156

  13. DINESH says:

    के सबै मुन्द्रा पाल्ने फता हुन्छन भने फ्लिम क एक्टर हरु लै नि समात्न ?
    नेपाल को कानुन दैबले जानुन ……..भनेको येहो हो सतही हो?

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 27

  14. aakash says:

    चोर ,फटा,डाका हरु chaani देश को नेता हरु हुने अनि जेल मा छानी बिरोजगर युवा हरु लै राख्ने …क्या राम्रो प्लान छ

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 67

  15. ganesh says:

    क भै रा हो हाम्रो देश मा…. हैं पर्भू…. अलि चाहिने कम गरौ कि … न चाहीने कम भन्दा

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 44

  16. artifazeed says:

    बिनास काले बिपरिध्हा बुद्धि!! कपाल पाल्नु,मुन्द्र लाउनु नराम्रो बुज्ने ले संसार बुज्ज्दैना.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 66

  17. Sita says:

    कैले कही देश मा कानुन छ है भनेर देखाऊ नु पर्यो नि

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  18. Aavash k c says:

    कपाल पाल्ने मानिसले उसको जन्म जात मै पायको कपाल पालेको हो अनि मुन्द्रा लाउने ले आदि कालदेखि चलेको गहना लगायको हो . इतिहास साछी छ . अब आयो कानुन को कुरा , कपाल पाल्नअनि मुन्द्रा लाउन पउने कि नपाउने ???मलाई कानुन मा के छ त्यो चै थाहा छैन तर कानुन मानिस ले बनायको हो, मानिस कानुन ले बनायको होइन . फेरी कानुन परिबर्तन को पर्खाई मा हुन्छ तेही परिबर्तन को नाम मा अब बाहुन को टुप्पी काटिने भयो,मोरी मोरी बचेको बालक को मुन्द्रा खोसिने भयो .साथी हरु अब मुन्द्रा टुप्पी आन्दोलन गर्न पर्छ. नत्र जसको मन मा जे आयो तेही गरेर बसितिक्नु भयन

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  19. munindra says:

    जवानी मा त हो नि कपाल पाल्ने बुदो भए पछि तह आफै झर्छ नि कपाल त क भाको होला चिंदे हवल्दार हरु

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  20. bastabikta ra pahichan says:

    अब को काम सबै यस्तै गरेर बिताउन पर्ला जस्तो छ कुनै ठाउको भत्ता खाने भएर बस्नु पर्ला जस्तो छ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  21. reshma says:

    वाहियात !!!! काम नपाएका हरु गणत्रन्त्र हरे कपाल पाल्न नपाउने मुन्द्रा लाउन न पाउने फेसन भन्ने थाहा छैन मुला को साग हरु लाई ?

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)