काठमाडौ उपत्यकाका पेट्रोल पम्प बन्दैछन् पेट्रोल बम (खतराको घण्टी)

petrol pumpकाठमाडौ उपत्यकामा घना बस्तीका बीच वेथिति पेट्रोलपम्पहरु खुलेका छन् । पेट्रोलमम्पको सुरक्षाको बारेमा भने कसैलाई चासो छैन । तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ, घनाबस्तिकाबीचमा रहेका पेट्रोलपम्पमा आगो लाग्यो भने हालत के होला ? आगो सल्किइहाल्यो भने त्यसलाई नियन्त्रण्ँ गर्ने क्षमता कसैसंग छैन । आगो निभाउनै अपुग उपत्यकामा रहेका थोत्रा दमकलहरूले पेट्रोलपम्प लागेको आगो निभाउने आँट कुनैपनि हालतमा गर्नै सक्तैनन् । घरमा लागेको आगो निभाउनै आच्छु आच्छु पर्ने जुद्ध वारुण्ँयन्त्रसँग पेट्रोलको आगो निभाउने भरपर्दो साधन नै छैन । यसतर्फ न त सरकारले नै सोचेको छ, न त पेट्रोलपम्प सञ्चालकहरुले नै ।कतिपय पेट्रोलपम्प सञ्चालकहरू आफैंले न्यूनतम सुरक्षा पनि अपनाएको पाइँदैन धेरै पेट्रोलपम्पहरूमा साधारण्ँ आगो निभाउने स्प्रे, बालुवा र पर्याप्त पानी नै छैन । र तिनै भएका ठाउँमा पनि काम लाग्ने अवस्थामा छैनन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “काठमाडौ उपत्यकाका पेट्रोल पम्प बन्दैछन् पेट्रोल बम (खतराको घण्टी)”

  1. durgatamang says:

    baki raheka afnai bahadurima jibika chalau nun mattra kinau nepalma nahune chijma dherai indialai vikh namagau gaubikasma sabai lagau no money no lktm no india no ktm sabaile belama buddipurau thanks hindi hoina english sikau nepali bhaiee bissoma chinau

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  2. Bishwaraj says:

    बधाई छ-पेट्रोल पम्प,बन्दैछ पेट्रोल बम को समाचारको लागी- तपाईं जस्तो ब्याक्तीले सचेत गराउनु सक्नु पर्छ- मलाई कुमारी पाटीको पेट्रोल पम्पको याद आयो- जसको पछाडी, अगाडी ठुलो ठुलो व्यापारीक घरहरु छन्- आगलागी भइहाले हालत के होला- त्येस्तै मंगल बजार र असनमा भुइचालो आएर आपत पर्दा एम्बुलेन्स र दमकल कसरी गएर उद्दार गर्न सक्ला ..??

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)