आफ्नो आमाको खोजि गरिदन आग्रह गर्दै छोरी मैयाका छोरीहरु !

काठमाडौं,फाल्गुन १६ । काठमाडौंको जैसीदेवल निवासी छोरीमैया महर्जन वेपत्ता भएको आज वर्ष दिन पुगेको छ । महर्जनको अवस्था पत्ता लगाउन दबाब दिँदै विभिन्न संघ संस्था, पीडित परिवार र शुभचिन्तकले आज पनि सरकारको ध्यनाकर्षण गराएका छन् । उनीहरुले काठमाडौंमा विरोध -याली पनि निकाले । बसन्तपुरवाट निकालिएको ¥याली नगरका विभिन्न ठाउँको परिक्रमापछि प्रधानमन्त्री निवास, बालुवाटार पुगेर विरोध सभामा परिणत भएको थियो । महर्जनको अवस्था सार्वजनिक गर्न सम्बन्धित निकाय, राजनीतिक पार्टी, नागरिक समाज लगायतसँग पीडित पक्षले अनुरोध गर्दा पनि हालसम्म उनको अवस्था अज्ञात छ । सरकारले खोजीमा चासो नदेखाएकोमा आपत्ति जनाउँदै उनीहरुले महर्जनको अवस्था सार्वजनिक नहुञ्जेल खोजी अभियानलाई निरन्तरता दिने वताएका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

One Response to “आफ्नो आमाको खोजि गरिदन आग्रह गर्दै छोरी मैयाका छोरीहरु !”

  1. shahadev says:

    भगवान ले उनको कल्लन गरुन !!

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)