समर्थकको शुभकामना बोकेर पूर्वराजारानी थाइल्यान्ड प्रस्थान

exkingganendeaकाठमाडौं,फागुन १६ । पूर्व राजदम्पती आफ्ना छोरा पूर्व युवराज पारस शाहको स्वास्थ्यस्थिति बुझ्न आज दिउँसो बैंककतर्फ प्रस्थान गर्नुभएकोछ ।
पूर्वयुवराज पारस एक हप्ता अघि हृदयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा उपचाररत रहनुभएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल आफ्नो नातिनातिनीसहित थाइ एयरवेजको विमानबाट आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
पूर्व राजा ज्ञानेन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै छोराको स्वास्थ्यस्थिति राम्ररी बुझ्ने र चिकित्सकहरूसँग कुराकानीसमेत गर्ने उल्लेख गर्दै पारसको स्वास्थ्यस्थिति प्रति चासो र चिन्ता व्यक्त गर्नेहरू प्रति धन्यवाद दिन चाहन्छु भन्नुभयो ।
उहाँले भगवानप्रति भरोसा राख्नुपर्छ र चिकित्सकको क्षमतामा विश्वास गर्नुपर्ने पनि बताउनुभयो ।
उपचाररत पूर्व युवराज पारसको स्वास्थ्यस्थिति बुझन् यस अघि पूर्व युवराज्ञी हिमानी शाह, बहिनी प्रेरणालगायत राज परिवारका अन्य पूर्व सदस्यहरू बैंकक पुगिसक्नुभएको छ । विमानस्थलमा पूर्व राजदम्पतीलाई विदाइ गर्न राप्रपा नेपालका नेता, कार्यकर्ता एवम् सर्वसाधरणको उपस्थिति रहेको थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

19 Responses to “समर्थकको शुभकामना बोकेर पूर्वराजारानी थाइल्यान्ड प्रस्थान”

  1. Bibas says:

    हामी सबैको पार्थना उहाको सिघ्र स्वास्थ्य लागि, परमेस्वोरले उहालाई नया जिबन दिनु हुने छ ! हामीले पारमेस्वोरप्रति भरोसा राख्नुपर्छ र चिकित्सकको क्षमतामा विश्वास गर्नुपर्ने पर्छ ! परमेस्वोर निर्दयी हुनुहुन्न !

    Well-loved. Like or Dislike: Thumb up 279 Thumb down 175

    • धन्य बादका सम्पूर्ण (पात्र) हरु लाइ मेरो पनित हिर्दये देखि बाट धन्येबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

  2. sam says:

    बाउ आमा को कर्तब्य पुरा गर तर असल अभिभावक तिमीहरु पनि होइनौ न त आफ्नो सन्तान को लागि न त देश र जनता को लागि ।
    शुभ-यात्रा !!

    Well-loved. Like or Dislike: Thumb up 168 Thumb down 73

  3. Bibas says:

    हामी सबैको पार्थना उहाको सिघ्र स्वास्थ्य लागि, परमेस्वोरले उहालाई नया जिबन दिनु हुने छ ! हामीले पारमेस्वोरप्रति भरोसा राख्नुपर्छ र चिकित्सकको क्षमतामा विश्वास गर्नु पर्छ ! परमेस्वोर निर्दयी हुनुहुन्न ! यो घडीमा पुरानाकुराहरु जे भय पनि उहापनी कसैको छोरा,कसैको श्रीमान ,कसैको बुबा र कसैको दाजु भाइ हुन् एकचोटी हामीले आफ्नो ठाउमा राखेर मनन गरौत ? के हामीलाई माया र चिन्ता लाग्दैन होला त ?

    Well-loved. Like or Dislike: Thumb up 192 Thumb down 154

  4. Krishna phuyal says:

    पूर्व युवराज पारस साहको स्वास्थ्यका लागि भगवान संग प्रार्थना गर्दा छौ यथा शीघ्र स्वास्थ्य लाभ होस् भनेर /

    Well-loved. Like or Dislike: Thumb up 195 Thumb down 150

  5. sunkoshi rafting says:

    get well soon paras sarkar ,

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 7

  6. karam singh karki says:

    जय नेपाल जय श्री पशुपतिनाथ तपाइले हाम्रो युवा युवराज को शिघ्र स्वस्थ लाभ वहालाई एक नया जीवन प्रदान गरि बक्शेला भनि आशा गर्दछु आज मलाई नेपाल को हालत देखेर आती दुख लग्छ (इंगलैंड) जस्तो सम्रिदी देश मा महारानी को देश और जनता मा कति सममान छ हाम्रो नेपाल को हालत २५०/साल राज गर्ने राज परिवार को हालत देखेर आती नराम्रो लग्छ युवराज पारस जीवन मृतु को लागि संधर्स गर्नु भएको बेलामा नेपाल सरकारले कसै पर्कार सहयेता नगरेको मा ठुलो लाज लाग्ने कुरोहो एस्तो नराम्रो व्यवहार त मुस्लिम उग्रबादी तालेबान जस्तो संगठन ले पनि गर्दैनन् होला माओबादी को कसै पर्कार को इन्सानित नभएको लग्छ उग्रबादी नेता पर्चंदा दाहाल को सेचुरिटी मा करोदोवनेपाली खर्च गरेकाछन एस्तो तनाशाई कतिदिन चल्ला माओबादीले यो घमण्ड नगर्नु आज पनि नेपाल मा ७५%मान्छे राजशासन चाहन्छन जब्तक नेपाल मा रोयल शब्द थियो कति राम्रो लाग्थ्यो जस्तो रोयलनेपाल आर्मी रोयल नेपाल ऐर लिने यो हामी नेपाली को शानपैचन थियो देश विदेश मा आज खै नेपाली को पैचन अजता माओबादी जस्तो एक घटिया पैचान भयो हाम्रो कस्तो हालत भयो एक हत्यारा को जस्तो नमस्कार समस्त नेपाली जनताको जय नेपाल जय श्री पशुपतिनाथ ओम

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 26

  7. sam says:

    ददि सर ब्लगर बन्नुस है नेता या तिनका कार्यकर्ता होइन। बेल्जियम का नेपालीहरु भनेका यो धर्ति कै सबै भन्दा तुच्छ प्राणी हुन् । इनिहरु जस्तो घिन लाग्दो अर्को कुनै प्राणी नै छैन। होस् गर्नुस है तपाई लाई न घर को न घाट को पार्लान नि ।

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 6

  8. जोस्ले जति गाली गरेनी म भोलि मेरो भग्मान लाई स्वास्थ्यका लागी कामना को दियो बाल्द छु

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 19

  9. saroon says:

    हामी सधै तिम्रै साथ मा छौ. शिघ्र स्वस्थ लाव को कामना गर्दछौ. plz god help हिम.

    मन परे हरियो, नपरे रातो Thumb up 16 Thumb down 23

  10. Shesh laoti says:

    यो २४० बर्षे शाह शासनले नेपाललाई विश्वको अन्तिम दोस्रो गरिब देशमा गिराई छाडे तर अझै पनि “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” भन्ने मुर्खहरुले सायद कतै नेपालमा फेरि राजतन्त्र आउला र आफ्नो दुनो सोझौला भन्या होला यस्तो दिवा सपना नदेखे हुन्छ अब न नेपालमा राजतन्त्र आउछ न पारश………..

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 23

  11. ram oli says:

    अन्तिम समयामा छोरो लाइ भेट्ना जानु रामै हो बाचेत ठिकै छ मरी हाले पनि मन सान्त हुन्छ पुर्ब राजा ले राम्रो सोच गर्नु भयो बाकि रह्यो पराथ्ना वा साहानो भुति को कुरा त्यो भने को चित बुझाउने कुरा मत्र हो कसै ले बाचोहोस भनेर बाच्ने वा मरोस भनेर मर्ने भया त् संसारै बेग्लै हुन्त्यो र मरीहाल्या जन्म लिने प्राणि सम्पूर्ण मर्छन नै बाचे मा दुख पाएर बाच्ने संसार मा लाखौ छन के हुन्छ बोलेर औस्दी ले काम गरे पारस बाच्छं केहि दिन वा बर्स को लागि औस्दी ले रोग निर्मोल गर्ना ना सके मर्छन होला मैले जानेको एति नै हो मादक पदार्थ र लागु औस्द धेरै सेवन गरेर मुटु र कलेजो कमजोर भयो जे पनि हुना सक्छ इसोर त् इसोरै हुन् अहिले पारसको इसोर भनेकै दाक्टार र औस्दी नै हुन् लाग्छ मलाई त्

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 2

  12. sam says:

    कृष्ण सरकार
    ददि जी भनेको एउटा ब्लगर । त्यो पनि नेपाली ब्लगर होइन नेपाली भाषा मा ब्लग लेख्ने फ्रेन्च नागरिक । ददि जी ब्लग लेख्ने क्रम मा कहाँ कहाँ आफ्नो ब्लग को लागि चाहिने सामग्री बटुल्न जानुहुन्छ भन्ने कुरा ददिजी ले आफु बस्ने सरकारी कार्यक्षेत्र मा जानकारी पहिले नै गरिसकेको हुनु हुन्छ । तपाई हामी जस्ता पाखण्डी नेपालीले उहाको पिर गरेजस्तो गरेर ददि को …. मा तेल लगाउनु नै पर्दैन । यो यूरोप हो यो खाते नेपालीहरु को नेपाल होइन । र बाकी मैले के गरे ददिजी को लागि भन्ने कुरा रह्यो । मैले ददिजी लाई किन के गर्नु पर्यो र ? के ददिजी हेंडीक्याप हो र ? यति सक्क्ष्यम मान्छे किन अरु को हेल्प चाहियो र ददिजी लाई?

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 2

  13. sam says:

    ददि सर
    मैले अशोक राई लाई २०५४ साल मा भेटेको थिए । त्यो बेला उहा निर्माण तथा भौतिक मन्त्रि हुनु हुन्थ्यो । एमाले को सरकार हुँदा । ( ठ्याक्कै साल र कसको सरकार थियो थाहा भएन है , किन कि आफु न त राजनीति सित नजिक भएको मान्छे परे न त राजनीति को ज्ञाता ) म त्यो बेला सिलगडी (डोटी ) देखि साँफेबगर (अछाम ) ६४.७ किलोमिटर सडक खण्ड (नया सडक – कटिंग र ग्रावेलिंग, ADB ,AISA बैंक को सहयोग ) को काम मा थिए र त्यो बेला सडक को उद्घाटन हाम्रो तत्कालिन मन्त्रि जी श्री अशोक राई बाट भएको थियो र त्यो रात मैले पनि उहा सित सामान्य कुरा र संग संगै भोजन गर्ने मौका पाएको थिए । त्यो अनुभव मा मैले अशोक राई मा निकै स्वच्छ व्यक्तित्व पाएको थिए । मलाई लाग्छ अशोक राई जस्तो मान्छे एमाले पार्टी बाट बाहिरिनु भनेको त्यो पार्टी को दुर्भाग्य हो । उहाको को व्यक्तित्व र सालिनता को म कदर गर्छु । यो कुरा म गर्ब साथ भन्न सक्छु निकै कम इमान्दार नेपालीहरु भित्रका एउटा नेता इ पनि हुन् । दुख लाग्छ यस्ता नेता हरु हाम्रो देश का प्रमुख राजनीतिक दल हरुले चिन्न नसकेमा ।
    म ठोकुवा साथ भन्न सक्छु यदि अशोक राई हरु जस्ता १० जना मात्र नेताहरु हाम्रो देश मा हुने हो भने युरोप र अमेरिका सम्म का नागरिक हरुको कार्य थलो नेपाल हुन्थ्यो होला ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 7

  14. sam says:

    पहिले बेल्जियम सरकार ले नेपाली हरु सोझा र मेहेनती भनेर पपेर दिएको थियो तर अहिले आएर बेल्जियम सरकार आफै दङ्ग परेको छ कसरि हामीले ले यस्तो खाते देश र त्यो देश को खाते जनता लाई पपेर दिएको भनेर बल्ल बेल्जियम सरकार चेतेको को छ अहिले नेपालको कोटा कि त पाकिस्तान कि त अफ्रिकाको बुर्कनो फासो भन्ने देश लाई दिएको छ जसको उदारहण पछिल्लो ४ वर्ष देखि कुनै पनि नेपाली नागरिक लाई बेल्जियम मा बसोबास गर्ने अधिकार दिएको छैन
    तपाई को हो? हिम्मत छ भने तपाइको फोटो र तपाइको IP ददि जी को address मा send गर्नुस र म पनि गर्छु त्यसपछि के के हुन्छ र को नेपाल पुग्छ हेरौला

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  15. laxman says:

    साचो कुरा भन्नि हो भनि ..नेपाली को मन नेपाली को बानि विदेश मा मात्र न राम्रो होला भनि को हाम्रो नेपाल मा नै बस्नी दाजु भाइ को धरै न राम्रो रहिछ .. एउटा नेपाली पन भनि को छैन .. .. विदेश मा त नेपाली ले बेजात गर्नु सम्म गरेका छन् .. जे कुरा लै पनि राजनीति संग जोडीको छन् … औता नेपाली विदेश मा मृतु संग लढिरहिको छ तर हाम्रो नेपाली दाजु भाइ … के भन्नु कृपा गर्छु हजुर को घर मा असतो न होस् ….

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

  16. sam says:

    ददि सर
    यो मान्छे को फोटो किन राखे को? यो मान्छे को अनुहार देख्यो कि मलाई मेरो iphone ३ र त्यो वाइन को बोतल याद आउछ । यो मान्छे को कर्तुत को कुरा गर्न थाल्यो भने त २००४ देखि को घाउ सबै पाकेर आउछ । कुकुर र गधा हो यो मान्छे ।

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

  17. Lok P says:

    यो Sam भन्ने मान्छे चाही पागल नै रहेछ / माथि के लेखेको हो के भन्न खोजेको हो खाली ददि सर, ददि सर भन्दै व्यक्तिगत पत्र लेखे जस्तो छ, खुस्केट नै रहेछ /

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)