प्रचण्डद्वारा बाँदरमुडे घटनाका पीडितलाई रु ६० लाखको राहत प्याकेजको उद्घोष

prachanda..चितवन,फागुन १७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीमा भएको बाँदरमुडे घटनाका पीडितसँग क्षमायाचना गर्दै रु ६० लाखको राहत प्याकेजको घोषणा गर्नुभएको छ । घटना भएको नौ वर्षपछि पहिलोपटक माडी महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका अध्यक्ष दाहालले घटनालाई युद्धकालको दुर्घटना सम्झेर समृद्ध नेपाल निर्माणमा लाग्न पनि आग्रह गर्नुभयो । बाँदरमुडे घटना हुँदै गर्दा आफू रोल्पाको डाँडाबाट ओर्लदै गरेको स्मरण गर्दै दाहालले तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका विभिन्न दलका राजनीतिक नेतृत्वसँग पार्टीको नीति र योजनाभन्दा बाहिर गएर घटना भएको र दोषीमाथि कारबाही गर्ने वक्तव्य जारी गरेको बताउनुभयो । निकै भावुकरुपमा प्रस्तुत हुनुभएका अध्यक्ष दाहालले बाँदरमुडे घटनाका पीडितलाई राहत उपलब्ध नभएसम्म आफू माडी नजाने सङकल्पअनुरुप यहाँ आउनुअघि विभिन्न निकायसँग छलफल गरी प्याकेज तयार गरेको र सोहीअनुरुप शान्ति तथा पुनःनिर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसँगको छलफलपछि राहत प्याकेज तयार गरेको बताउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष दाहालले माडीबासीको माझबाट चार ठूला दलका शीर्ष नेताले एकैसाथ माडीको विकासका लागि प्रतिबद्धता जनाउने उद्देश्यका साथ केन्द्रीय समितिको बैठकलाई समेत पछाडि सारेर आफू माडी आएको बताउनुभयो । विस. २०६२ जेठ २३ गते तत्कालीन नेकपा माओवादीले कल्याणपुर गाविसको बाँदरमुडे खोलामा थापेको एम्बुसमा परेर तीनजना सैनिकसहित ३९ सर्वसाधारणको मृत्यु भएको थियो । सो घटनामा ७२ जना घाइते भएका थिए । रासस

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

14 Responses to “प्रचण्डद्वारा बाँदरमुडे घटनाका पीडितलाई रु ६० लाखको राहत प्याकेजको उद्घोष”

  1. Dinesh says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 104 Thumb down 643

  2. aarayan says:

    घोसनाले मात्र के गर्नु प्रचण्डजी हातहातमा रुपयादिएको भए सबैको कल्याण हुन्थ्यो होलाकी आस्स्वसंले मात्र के हुन्छ सोचेरमात्र बोल्नुथिक हुन्छ है

    Hot debate. What do you think? Thumb up 113 Thumb down 168

  3. sova ram pun says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 37 Thumb down 270

  4. Tara Rai says:

    यो सचाई उतम कम भएकोछ, अत्ति उतमछ

    Well-loved. Like or Dislike: Thumb up 417 Thumb down 221

  5. Tirtha gurung (U.K.) says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 30 Thumb down 301

  6. चोरको १०० दाउ /

    Hot debate. What do you think? Thumb up 36 Thumb down 202

  7. Nobindra Katwal says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 145 Thumb down 409

  8. likpa jip says:

    खानुता सबै नेता खान्छ नै तर येसोरी अलिकति मात्र भए पनि सहयोग गरेकोमा खुशी लगेउ द्यान्यबाद प्रचण्ड जीलाई

    Well-loved. Like or Dislike: Thumb up 76 Thumb down 9

  9. अब election आउदै ६अ तेही vaye र नौटंकी गर्नु पारो नि विभिन्न placeमा गएर , कस्तो दरमा गर्न जाने को होला

    मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 63

  10. ganga b grg says:

    प्रचण्ड ले मात्र देश र जनता को पिडा बुझेको छ. बादरमुडे घटना गलत थियो, सत्यपक्ष बाट पनि बाटो खनेर घर फर्कने मजदुर लै शाही सेना ले ambush परेर ७० जना आम जनतालाई मरेको थियो.खोइ शाही सेना बाट क्षमा या क्षेती पूर्ति?

    Well-loved. Like or Dislike: Thumb up 134 Thumb down 44

  11. Ryan says:

    भूमिगत कालमा अन्तरबार्ता दिदा एकदमै भाबुक छु माडी घटना प्रति भनेको मान्छेले आफु प्रधान मन्त्रि हुदा केहि गरेन अहिले सरकार छोड्ने बेलामा बोलेको कुरा गोही को आँशु जस्तै हो, १ महिना पछि हामीले त राहत दिने भनेर घोसना गरेका थियौ तर यो सरकारले दियन भन्ने पक्का छ .

    Hot debate. What do you think? Thumb up 6 Thumb down 169

  12. karam singh karki says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 1 Thumb down 224

  13. deepak says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 5 Thumb down 221

  14. Sherpa Ang says:

    कुन बौको पैसा हो ?

    Hot debate. What do you think? Thumb up 3 Thumb down 102

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)