पारसको स्वास्थ्य अवस्था बुज्दै बाबु ज्ञानेन्द्र कोमल आमा कोमल थाइल्याण्डमा!!

gyanendraपारसको स्वास्थ्य अवस्था बुज्दै बाबु ज्ञानेन्द्र कोमल आमा कोमल थाइल्याण्डमा! काठमाडौ । गत मङ्गलबार थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा यही फागुन ८ गतेदखि उपचाररत पूर्वयुवराज पारस शाहको रक्तचाप र मुटुको धड्कन नियन्त्रणमा आएको अस्पतालले जनाएको छ ।
पूर्वयुवराजको पछिल्लो स्वास्थ्य अवस्थाबारे बिहीबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका नसारोग विशेषज्ञ डा सोङचाइ चिनवात्तानाकुलले उहाँलाई भेन्टिलेसनको सहारा दिइएको र हातखुट्टामा देखिएको स्वाभाविक चाल कायमै भएको बताउनुभएको छ । शाहको अवस्था गम्भीर तर स्थिर नै रहेको पनि जनाइएको छ ।
पूर्वराजदम्पती, पूर्वयुवराज्ञीलगायत राजपरिवारका अन्य पूर्वसदस्य उहाँको स्वास्थ्यस्थिति बुझ्न बैंकक गइसक्नुभएको छ । पूर्वयुवराज एक हप्ताअघि हृदयाघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले बैंककको समितिभेज अस्पतालमा छोरा पारसलाई भेटेका छन् ।
फागुन ८ गतेदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा बुधबार श्रीमती र नातिनातिनासाथ गएका थिए । हृदयघात भएपछि अस्पताल भर्ना भएका पारसको चेत अझै खुलेको छैन । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्काका अनुसार पूर्वराजदम्पत्तिले बुधबार साँझ नै छोरा पारसलाई भेटेका हुन् ।
अस्पतालले बुधबार साँझ जारी गरेको विज्ञप्तीमा भने हाततगोडामा सहज चाल देखिएको तथा औषधिबिनै रक्तचाप तथा मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख छ ।
यसैबीच गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले उपचाररत पारसको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्कामार्फत उनले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

15 Responses to “पारसको स्वास्थ्य अवस्था बुज्दै बाबु ज्ञानेन्द्र कोमल आमा कोमल थाइल्याण्डमा!!”

  1. Rabi, London says:

    जय देस
    जय नरेश
    पारस सरकार को सीग्र स्वास्थ लाव को कामना गर्दछु /

    Well-loved. Like or Dislike: Thumb up 503 Thumb down 434

  2. बास्तव मा अमेरिकाको जीवन कस्तो छ मा भन्छु यो देश मेहनत गर्नेको लागि हो याहों आवसर धेरै छन् र सपना साकार पार्नलाई कसैको भर पर्नु पर्दैन !!!!!!!!!!!! तपाइले आफुलाई जति अगाडी बढाउनु हुन्छ तेती अगि जानु हुन्छ !!!! सान्ति छ सम्बृद छ संसार भारको शिक्षित , सम्बृद र ज्ञानी मानिस हरुको एक मात्र सुरक्षित देस जहाँ तेरो मेरो छैन न गरिब मर्छन न धनीको राज्य छल छ तेसैले त सबै शिक्षित मनिष को सपना को संसार अमेरिका होता हुनत रेखा जस्ती अशिक्षित लाटो देश को गाड़ो तनेरिको लागि अभिसाप पनि हुन सक्छ

    Well-loved. Like or Dislike: Thumb up 69 Thumb down 4

    • L.B Pun says:

      तर not safe as युरोप is अरु त acceptable छ तपाइको कुरा/

      Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 0

  3. खोइ यो त त्यो कहाली लाग्दो राजपरिवार (बिरेन्द्र परिवार) को हात्या बारम्बार पारसको दिमागमा आएर एस्तो भएको हुन सक्छ, कसरि गोलि येत्र-तत्र छरिए होलान र मानिसहरु कसरि छटपताउदै आफ्नो स्वोर्गबासको ढोका ढक ढकआउन बाध्य भए होलान यो त हामीलाई पनि धेरै सोच्दा खेरि झन्नै हृदये घात होला जस्तो हुन्छा .
    जे होस् एसको बारेमा भगवान नै जानुन र पारसका डाक्टर .

    Well-loved. Like or Dislike: Thumb up 282 Thumb down 17

  4. Krishna phuyal says:

    पारस साहको यथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ देशको भविस्य उज्वल बनाउन सक्ने गरि भगवान्ले सद बुद्धि र परम आयु दिउन यहि हामी प्रवासी नेपालीको कामना ////

    Well-loved. Like or Dislike: Thumb up 139 Thumb down 9

  5. Shikhar says:

    जय नरेश जय सरकारको जमाना गैसके / ज्ञानेन्द्र र पारशको पालामा आएर नेपाली जनताले केहि पनि उपलब्धि पाएका छैनन् / उल्टो पारशका कुराले नेपाली जनताले सधै बेइजती बाहेक केहि पाएका छैन / तर मानवता को नाता र नेपाली जनताको हैसिएतले पारशजी ह्रिदयदेखि नै सुस्वास्थ्यको कामना गर्दै, भबिस्यमा पहिले वहाको आफ्नै परिवारको लागि शुभकार्य गर्न सकोस भन्ने कामना गर्दछु /

    Well-loved. Like or Dislike: Thumb up 144 Thumb down 10

  6. roshan says:

    पारसको सिघ्र स्वास्थ्य लाभको कामना गर्छौं.

    Well-loved. Like or Dislike: Thumb up 71 Thumb down 6

  7. Ganesh balayar says:

    I hope he will be all rite …

    God bless u

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 3

  8. yam bahadur says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 144 Thumb down 368

  9. rekha khadka says:

    बिगतमा जे
    गरे पनि पारसको राम्रो होश . राम्रोसंग उसको जिबन
    बितयोश
    यहि ने वगायाँसंगा
    प्राथना गर्छु

    Well-loved. Like or Dislike: Thumb up 62 Thumb down 5

  10. DEV says:

    AS A HUMAN BEING I WISH A SPEEDY RECOVERY. AS A CITIZEN I WISH HIM TO BE A HUMBLE HUMAN RATHER THAN CROWN PRINCE.

    Well-loved. Like or Dislike: Thumb up 67 Thumb down 0

  11. पारस जी’ राज दण्ड नलागे पनि’ देउ दण्ड लाग्छ भन्ने सत्य रहिछ, एउटा नेपाल कै सम्पति चर्चित पिओनेस्त, प्रविन गुरुङ्ग को आत्माले तपाइलाई पर्खि रहेछ !
    कलम भए कबि, कबि भए कविता !
    धनि मरे श्रन्दाजली, गरिब मरे रमिता !!
    जे होस् एस अबस्थामा, मनाबिए र सोभाबैले पनि, शिद्रलाब र शु, स्वास्थ को कामना गर्दछु !

    Well-loved. Like or Dislike: Thumb up 117 Thumb down 1

  12. kumar says:

    get well soon prince when you come back from hospital we need to see you in good way and great leadership we hope you will do that. so get well soon and come back home i pray the god each and every day man. we need you,

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

  13. suraj says:

    AS some of we Nepalese live outside Nepal and some of us live in Nepal.But lets remember again. Our first identity -Nepali where ever we go, is just because we have our country Nepal. Who can say Prithvi Narayan Shah wasn’t the king to Unify our country? So are we that uneducated and ignorant that we broke down the statue of our great king and ancestors. Don’t we love our history full of bravery and prestige and pride.Then why we are totally questioning and totally lost in the Royal Family massacre of 2001 that occurred in Nepal. After all we don’t know what happened and who did that? Personally i don’t give priority to who did it when it comes to National security and defense,but i give priority to what made it happen and who was behind this master plan. I live in United States of America,I study in the worlds top Universities in the worlds most developed country . But still i love my country Nepal more than anything else. It doesnot mean i am old fashioned. I love my history and royal family. This is the culture which has taught me to take care of my old parents in their old days and not to ignore them in the name of being modern . I am not that uneducated to say Royal family is not needed .So i have a gut feeling that in Nepal , it will be much easier to develop , secure the borders and protect the rights of Nepalese and to give them the true democracy, King has to be back. But this time King has to be in different pattern and there should be drastic change in the law enforcement, border protection and surveillance and infrastructure developments.let me tell u one thing- fellow citizens we are highly cheated by top leaders of Maoist.

    WE NEED KING IF WE WANT TO PROTECT OUR MOTHERLAND-NEPAL.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  14. Dal Thapa says:

    खालि पारश पारश पारश सबै संचार मध्यममा जता ततै पारशै पारश ! होइन हो अझैं देश र जनताको लागि राम्रो काम गरेको भए कति गुण गान हुन्थ्यो होला ? हुन त आ – आफ्नै स्वार्थ लुकेको छ होला स्वार्थि हरुको!

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)