पाल्पामा जन्ती बस दुर्घटना कम्तिमा १५ को मृत्यु २६ घाइते चार जनाको अबस्था गम्भीर

BREAKING NEWSपाल्पा, फागुन २०- आइतबार राति करिब साढे ९ बजे पाल्पा नायरनमतलेस गाविसमा बेहुलाबेहुलीसहित जन्ती चढेको बस दुई सय मिटर तल भीरमा खस्दा कम्तिमा १५ को मृत्यु भएको छ | राम्दी आमडाँडाबाट जन्ती लिएर पाल्पा चिदीपानी बुढीकोट जाँदै गरेको उक्त जन्ती बस भीरमा खस्दा घाइते २६ जना घाइते भएको छन् |घाइते २० जनालाई उपचारका लागि तानसेनतर्फ पठाइएको छ | घटनास्थलमा खटिएका प्रहरी निरीक्षक सूर्य चन्दका अनुसार १२ वटा शव निकालिएको छ । घटनास्थल निकै अप्ठेरो भीरमा भएकाले भीरमा अड्किएको, च्यापिएको शव निकाल्ने क्रम मध्यरातसम्म जारी छ। बेहुलाबेहुलीको घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। बसका चालक मिलन विकको शव घटनास्थलमा च्यापिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी प्रमुख स्थानेश्वर रेग्मीका अनुसार लु १ ख २७९५ नम्बरको बसमा ४५ जना सवार थिए। उनका अनुसार निकै तल खोँचमा बस खसेकोले उद्धारका लागि निकै गाह्रो भएको थियो। बिस्तृत बिबरण आउन बाकी ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

8 Responses to “पाल्पामा जन्ती बस दुर्घटना कम्तिमा १५ को मृत्यु २६ घाइते चार जनाको अबस्था गम्भीर”

  1. tej says:

    यो आखा ले के के पनि पदना परेको खोइ कता गयछ भगवान ? घाइते हरुको सिघ्र स्वस्त्य लावको कामना गर्दछु ,

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 0

  2. shankar neupane says:

    कति हुन्छ हो यो ठाउं मा दुर्घटना

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 3

  3. rai angilina says:

    येति बेला कति को घर परिवार मा रुवाबासि हुदै होला …धेरै दुख लाग्यो खबर सुन्दा ..मृत आत्माहरु को चिर शान्ति को कामना गर्दै शोकित परिवार मा धर्यधरण गर्ने शक्ति भगवान ले प्रदान गरुन

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 0

  4. narayan says:

    धेरै दुख लग्यो ….मृत आत्माको चिर शान्ति को कामना गर्दछु साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना.

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 0

  5. lptiwari says:

    sad……

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  6. Shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु र घाइते हरु मा छिटो वन्द छिटो सस्थिये को दिग्रलाब को कामना गर्दछु !!
    जय श्री पशुपतिनाथ ले सबै को भलो गरुन
    जय नेपाल

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  7. घटना हुन नदिन driver ले मदिरा सेबन गर्नु भयान र गाडी candisation चॆक गर्नु पर्यो

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  8. ram oli says:

    के गर्नु पाहाड को बाटो थोत्रा बस युवक चालक भएकै कारण सर्ब साधारण काल बन्यो मिर्त्क को आत्मा को सान्ति को कामना का सात्सातै घाइते हरु को सीघ्र स्वास्ते लाभ को कामना गर्द छु

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)