भलो गर्नेको जय हुदैन र? किन दिए टिचिङका भगवानले राजीनामा ?

bhagban koiralaगत शुक्रबार नैं राजनीनामा दिएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा भगवान कोइराला अहिले के गर्दै होलान् ? सबैको मनमा यही प्रश्न खेलिरहेको होला.. तर उनले आज पनि नियमित काम अर्थात बिरामीकै सेवामा दिन बिताए । विहान अघि पछिकै समयमा अस्पताल पुगेका उनलै दिनभरी नैं बिरामी जाँचिरहे । उनी आफ्नो नियमित काममा जुटिरहेका छन् तर अस्पताल आसपासमा भने दिन भरी नैं कोइरालाले राजीनामा दिएको र स्वीकृत हुने नहुने भन्ने विषयमा चर्चा भैरह्यो । अस्पतालका चिकित्सक, कर्मचारी र बिरामी पनि यही विषयमा कुरा गरिरहे ।विरामीमध्ये कतिले भगवान कोइराला आएपछि उपचार गर्न सस्तो परेको र डाक्टरहरु पनि कार्यकक्षमैं भेटेको बताएका थिए । कसैले अस्पतालका लागि ‘साँच्चैका भगवान’ का रुपमा देखा परेका कोइरालाले छाडे अस्पतालमा उपचार गर्न कसरी आउने भन्दै चिन्ता व्यक्त गरिरहेका थिए ।

केही कर्मचारी भने स्वास्थ्यमा समेत राजनीति हाबी भएको भन्दै आक्रोसित देखिन्थे । आकस्मिक कक्षबाटै विरामीलाई यहाँभन्दा फलानो ठाउँमा रानम्रो उपचार हुन्छ भन्दै पठाउन पल्केका चिकित्सकबाट पीडित व्यक्तिहरु त्यस्ता व्यक्तिको सत्तो सराप गरिरहेका भेटिन्थे । कसैले भने कोइरालाले पनि छोड्नु पर्ने अवस्था आएमा भविक्ष्यमा अरु कोही पनि राम्रो काम गर्न अघि नसर्ने बताउँदै थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

उनीहरुको कुरा भगवान कोइरालाले सुने वा सुनेनन् तर उनले अघि पछि जस्तै गरी सोमबार पनि आफ्नो ड्युटी पुरा गरे र घर फर्किए । १० वर्षदेखि घाटामा रहेको टिचिङ अस्पताललाई २ महिनाको समयमैं आन्तरिक खर्च धान्ने अवस्थामा पुर्याउनका लागि कोइरालाले गरेको सुधारका कामको धेरैले प्रशंसा गरेका थिए ।

तर उनले एकाएक राजीनामा दिएको खबर सार्वजनिक भएपछि भने धेरैलाई दुःखी बनाएको छ । उनीहरु कोइरालाको ससम्मान पुनस्र्थापनाको पक्षमा आवाज उठाइरहेका छन्, चाहे सरकारलाई ध्यानाकर्षण गराएर होस् चाहे सामाजिक सञ्जालमार्फत ।

राजीनामा दिनुको पछाडि धेरै कारण अर्थात मल्टिपल रिजन भएको बताएका कोइरालाले चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा प्रकाश सायमीसमक्ष राजीनामा पठाएका थिए । तीन दिनअघि नै राजीनामा दिएको आइतबारमात्र सार्वजनिक भएको थियो ।

भगवानको राजीनामा अस्वीकृत गर्न अस्पतालमा कार्यरत कर्मचारी भने एकमुख भएर लागेका छन् । सवै कर्मचारी संगठनले सोमबार संयुक्त अपील जारी गर्दै उनको राजीनामा स्वीकृत नगर्न आग्रह पनि गरेका छन् ।

राजीनामा फिर्ता गरिदिन माग गर्दै सवै कर्मचारीका तर्फबाट त्रिवि कुलपति, उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र शिक्षण अस्पतालका डीनलाई सम्बोधन गरेर संयुक्त अपील गरेका छन् । तर राजीनामा स्वीकृत हुने हो फिर्ता हुने हो त्यो विषयमा भने यसै भन्न सक्ने अवस्था छैन ।

 

35 Responses to “भलो गर्नेको जय हुदैन र? किन दिए टिचिङका भगवानले राजीनामा ?”

  1. Roshan Poudyel says:

    डा भगवान कोइराला र डा भट्टराईलाइ अमेरिकाले चाही राखेको छ, जति गर्द्दा पनि जस नदिने देस न पर्यो नेपाल.

    Well-loved. Like or Dislike: Thumb up 396 Thumb down 10

  2. sharad kumar baidhya says:

    जे गरे नि जसो गरे नि हुन्छ नेपालमा …… येस्मा कुनै दोष छैन कोइराला जी को दोष त् राजनीति को हो देशको ढुकुटी रित्योउनु पल्केका दलाल हरुले चलखेल गर्नु कुनै नौलो कुरा होइन यो त् सर्बसाधारण सबै लाई थाह भएकै कुरा हो … हाम्रो जस्तो गरिब देशमा राम्रो काम गर्नेलाई लामो समय सम्म काम गर्ने अवशर कहाँ दिन्छ र … म भगवान संग प्राथना गर्छु कि सधै येशरि नै कहिँ न कहिँ कतै बाट निरन्तर रुप ले काम गर्ने अवशर प्राप्त होवस कोइरलाजी लाई …. सबै जनता हरु को आशिक पाउन येही नै छ मेरो सुभकामना ……

    Well-loved. Like or Dislike: Thumb up 55 Thumb down 0

    • Regal says:

      राजिनामा दिनुको धेरै कारण हुन sakchha,baddye pariyeko हुन सक्छ,कारण जे सुकै bhaye पनि तपाइलाई सम्पूर्ण नेपालीको हरु को साथ् chha, sabailai tha छ yo rajnitiko कारण नै vayeko ho,ke garne yo paapi ani dustaharuko desma ramro kam garne को kunai sthan छैन,छ त केवल mancheko anuharko kukur haruko..तपाई आफ्नो पेलेको जिम्मेवारी नै सम्हाल्नु होस् हामी सबै येही चाहन्छु..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  3. namita says:

    नेपाल मा राम्रो मान्छेलाई कहाँ टिक्न दिन्छन् र ?

    Well-loved. Like or Dislike: Thumb up 51 Thumb down 0

  4. juna says:

    हे भगवान देश कोलागी राम्रो जनताको लागि राम्रो गर्नेलाई यसरी खुट्टा तनिन्छा भने हस्पिटल मा पनि राजनीतिक छ भने अरुको त के नै आशा गर्नु जनताले ….. भगवान कोइराला वास्तब मा भगवान नै हुन् भगवान कोइराला जस्तो मान्छेको खाचो छ हाम्रो देश लै …..भलो को त जमाना नै रहेन …..उफ्फ़

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 0

  5. राम्रो र सत्य मानिश टिक्न का लागि यो पापी दुनियामा त्यस्तो भण्डार थोरै छन् ! जस्तै एमाले नेता खड्क ओली” भाला र सुइरो भन्दा तिखो सब्दबन हान्ने र जनता को पैसाले बिदेशी उपचार दर्नेलाई मेडिया ले पनि ( बरिस्ट नेता भनेर उक्साउने गर्छन ! अनि भगवान को औतार लिएर आएका कोइरालाले कहाँ स्थान पौञ्छन त ??

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 0

  6. Tirtha gurung (U.K.) says:

    साँची यो देशमा राम्रो खुबी र सिप भएको मान्छेलाइ देशले अनुकुल बाताबरण नदिदा त्यसै विदेश बनाउन बाध्य भएर पलायन भैसकेका छन्,,,के गर्न खोजिरहेछ देश बनाउनि नेता पार्टीले अब देश त्येही बुध बुढी केटा केटि र अपाङ्ग हरु मात्र राखेर देश डुबाउन लागे त हैन ?? के देश अब भारत यूरोपियानले चलाएर नेताहरु त्येसको मतियार बन्न खोजेको त हैन ???????,पलायन भएकालाइ युवा तथा दछ्य शक्ति फ़र्काउनि दिन आउला भन्दा,,झन् भगवान कोइराला जस्ताह आफु भन्दा पनि देश जनताको प्रेम ले बसेका हरुलाई पनि लखेटनि काम भएको देख्दा,,,,यो राजनीति सरकारी कर्मचारी तन्त्रमा येति हाबी भयो जहाँ तही कमाई खानी भ्रस्टाचार बनिरहेको छ ,,,,,,अब कुनै राजनीति दलको झन्डा बोकेर जिन्दाबाद मुर्दाबाद भनेर लाग्नू भन्दा एस्तो ब्येक्तिहरुलाई काम गर्न उत्प्रेरणा दिएर सबैले देश वा विदेश सबै बाट सहयोग गर्नुपर्छ,,,,

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 0

  7. Rupesh says:

    Bhgwan you are real Bhagwan. Fantastic job in 108 days and should be learnt by our beaurocracy as well as Leaders.
    Bhagwan should be continue on the role and supported by all.

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 0

  8. HK Rai says:

    dr भगवान कोइराला जस्तो यो व्यक्ति देशलाई चाहिएको छ, हामि सबै जनताहरु मिलेर उहाको मनोबललाई कम हुन दिनु हुन्न जो उहाको भाजो हाल्नेलाई मिडियाले खोजेर या के गरेर हुन्छ सार्बजनिक गर्नु पर्छ एस्त कुख्यात व्यक्ति देशको परजीबी हुन्, जनताको मात्र नभएर देशकै रगत चुसेर भाच्न पल्केकाहरुलाई बाहिर सार्बजनिक गर्नु अति जरुरि छ, ति व्यक्ति को हुन् जनताहरुले चिन्नु जरुरि छ.

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 0

  9. dev says:

    एक जना को इमान्दारिता,मेहनत र लगाब ले त येत्रो परिवर्तन ल्याउन सक्दोरहेछ भने किन डाक्टर भागवन जस्तो लै हामी नेपाली सबैले कदर र साथ् नदिने?? डाक्टर भगवान लै हाम्रो हर्दय बाट नमस्कार अनि आसिर्बाद…

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 0

  10. lcbaigee says:

    एस्तो ब्येक्तिको खाँचो छ/ उठ सबै जनताहरु राजनीतिको कुरुप खोल ओडेर दादा गिरि र सदएंत्र गर्नेको कडाकासाथ् बिरोध गरौ/

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  11. किन यो देशमा भलो गर्नेको जय हुदैन , निस्वार्थीको थलो हुदैन, असल मानिसको मूल्य हुदैन ,, यो देश आखिर असफल हुनेहरुकोलागि मात्र रहेछ ,जसले मीठा मीठा भाषण गर्न जांदा रहेछन उस्कै मात्र बोलवाला हुदोरहेछ,,,, कामको मूल्य गुलिया भासण गर्नेहरुले किने पछि असायहरुको दिलमा बस्ने भगवानहरुलाई छिने पछि अब यो देशका राम्रा मानिसहरुलागि यो देश घर हैन पाउन घर हुने भयो // तर कुनै पनि हालतमा डा.. भगवान कोइरालालाई राजिनामा नदिनकालागि प्रयत्न गरौ अनि असल नागरिकको दाहित्व पुरा गरौ

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  12. prabin lama says:

    डाक्टर भगवान जस्तो डाक्टर क्षेत्र मा खरेल जस्तो सुरच्च्या छेत्रमा बाबुराम जस्तो बुद्दि भएको नेता ले यो देसमा उनीहरुले देखाएको बाटोमा कुनै तगारो नहाली हिन्नु र गर्नु पाएको भए यो देस कुन अबस्था मा पुग्थ्यो आज अब नेपाली जनताले जोगाउनु पर्छ यी हाम्रा देसका सच्चा पुरुष हरुलाई नपुंसक हरुलाई हटाउनु पर्छ डाक्टर भगवान टिचिंग मात्र हैन देसको स्वास्थ्य चेत्रकै मालिक हुनुपर्दाचा खरेल देशकै सुरछ्या निकाएको मालिक अनि भटराई देसको लिडर हुनुपर्दाचा अनि हामी जनताले उनीहरुको सहयोग गर्नु पर्दछ

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  13. Shashi says:

    Its hard to belive one man can change so many things in such a small time. And it”s also hard to belive that, there are not such man in the head of departments of Nepal goverment.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  14. chandra says:

    एस, वे ऑल नेपाली नीद द doctor like bhawan koirala

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  15. देशको छैन कसलाई चिन्ता घुसीया डाक्टर मुख बन्द भय पछि सछायत भगुवन लाई राजिनामा दिन बाध्य बन्य उहाँको रािजना सुइक्रित हुनुहुदैन यदि नेपाल सरकारको सहिनियत छ भने

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  16. Krishna phuyal says:

    राम्रा र असल व्यक्तित्व लाइ धरासाही बनाएर, गरिब र निमुखा जनता जनार्दनको खुन चुस्ने मच्छद,उडुस, उपियालाई जनता एक भएर यस्तो पोइजन छित्नु पर्छ फेरि कहिलेयी ई रक्त बिज उत्पन्न हुन नसकुन / यसो गरे नौ भने असल देस भक्त, ईमान्दार र जनताका सेवकहरुले देश छोद्छन, साथै निमुखा लाटा नागरिकको पनि दिन जाञ्छ / हे र नेपाली दाजु भाई दिदी बहिनी अब यो अहिलेको घिनलाग्दो नेपाली राजनिती र यसका पालेहरुको पिछा छोद्हर कोई राला जस्ता कर्मठ प्रजा प्रेमी गरिबका भगवानका पछि लाग ऊ बेला भएको छ / आगामी भोटमा ईनै लुच्चाका पछि लागिउ भने गरीब दुखिका दिन समाप्त हुन्छन बेलैमा होस् पुर्याऊ यसी मा हाम्रो कल्याण छ //

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  17. Kiran says:

    भगवान काेईरलालाई फेरी फिर्ता बाेलाईनू पर्छ!
    यसमा हामी सबैले उहालाई साथ दिनू पर्छ!

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  18. Dal Thapa says:

    शिक्षन अस्पतालमा सेवारत डाक्टर भगवान कोइराला जस्ता इमान्दार दछ जनसक्ति लाइ पनि कुन न कुनै बाध्यता मा पारेर जिम्मेवार पद र जागिर बाट हात धुन बाध्य पारियो भने अब नेपाल मा कस्ता मान्छे हरु त्यो तह मा रहलान के गर्लान बडो आस्चर्य पो लाग्न थाल्यो ! उहा जस्तो बेक्ती त राष्ट्र को सम्पति नै मान्नु पर्छ ! कुनै समस्या मा नराखेर अनुकुल बाताबरण बनाई दिनु पर्ने हो सम्मान गरिनु पर्ने हो खै सरकार मा बसेका को त्यो जिम्मेवार ? बडो दुक्ख को कुरा हो फेरी पनि यो सरकार को लहचारी पन र गैर जिम्मेवारी भन्नु पर्छ ! यसको बिरोध मा सबै तह र तप्का बाट आवाज उठ्न जरुरि छ र डाक्टर भगवान कोइराला ज्यु ले आफ्नो जिम्मेवार बाट भाग्नु हुदैन भन्ने लाग्छ ! राजनीति माफिया हरुले देश मा परिबर्तन गर्न सक्ने इस्थिती कुनै हालतमा छैन उनीहरु त केवल सत्ता भत्ता को लागि मात्रै हो देश र जनता को लागि होइन !

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 0

  19. bhimkandel says:


    राजनीति गर्नी को सम्पति जिल्ला एस्तर बाट नै छानबिन हुनु पर्छ अनि दोसी लाई सजाय हुनु पर्छ र मात्र असल सासन को निर्माण र देस को विकास हुन सक्छ

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  20. himal says:

    स्वस्थ मन्त्रालय अन्तर्गत पर्ने निकाए भएको कारण भगवान कोइरालाले होइन राजिनामा स्वस्थ मन्त्रीले दिनु पर्ने हो /हरेक ठाउमा राजनीति गर्ने गराउने भनेको नेता कै कारण भाको हो/तेसैले स्वस्थ मन्त्रीको राजिनामा गरौन र भगवान कोइरालाको राजिनामा स्वेकृत नगरौना जनता जसले अस्पतालमा भाको परिबर्तन देखेका छन् ले जोडदार साथ दिनु पर्छ र सुति राखेको नेपालको नागरिक समाजले पनि साथ दिनु पर्छ /

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  21. ganesh giri says:

    भगवान कोइराला साच्चिकै भगवान जस्तो हुनुहुन्छ उहालाई मैले गंगालाल हिर्दय अस्पतालमा नजिक बाट हरेको छु र म बैनी लाई मुटुको अप्रेसनको लागि अस्पताल बस्दा उहा बाट पायका सुभिदा हरु सम्पूर्ण नेपाली नागरिक त्यहाँ जाने हरुले पायको महसुस गरेकोछु

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 0

  22. ram oli says:

    हाम्रो नेपाल त् चोर फटाहा घुस्या अपहरण कारी तस्करी बलत कारी हरु को नै भयो सज्जन मान्छी को नात् कुनै इज्यात छ नात् तिकना नै दिन्छन के कली युगले नेपाल लाइ नै प्राथमिकता मा राखेको होला किना कि एस्तो त् कली युगमा नै हुन्छ भनेर बिभिन्ना पुस्तक हरुमा लेखेको पाइन्त्यो झैझगडा सेक्स हाभी काटमार सज्जन ब्याक्ति को अमुल्ल्यान्कं छोरि बैनी को बलत्कार एति आदि

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  23. Krishna says:

    Environment should be prepared to work for him independently.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  24. prakash says:

    नेपालमा अलि राम्रो , अशल मान्छेलाइ कहाँ टिक्न दिन्छन र

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 0

  25. beyoge Maila says:

    your wel Come to USA Mr bhagawan Koirala

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 0

  26. amit gurung says:

    Nepal मा पनि भगवान कोइराला जस्ता मान्छे पाउदा धेरै गौरव लाग्यो

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  27. R Pandey says:

    जव सम्म यो देशमा तेस्तो नेता जो देश र जनता प्रति समर्पित र इमान्दार – चुनावबाट जितेर देश को सर्वोचो स्थान यानी प्रधान मन्त्रि बन्दैन र जस्ले कसैको कुरा नसुनी देशको हितको लागि पहिलाको भ्रस्ट मन्त्रि र प्रधान मन्त्रि सम्मलाई कानुन अनुसार जेल देखि फासी सम्म दिदैन तव सम्म यो देशमा येस्तै हो. किनभने हाम्रो देशमा भ्रस्ट नेताहरुको कारण दिन दुइगुन रात चारगुना देश द्रोही जनता मराहारुको संख्या ब्रिदी हुँदै छ .

    हस्ताछेर संकलन गरेर बाबुराम भट्टराईलाई बुझौदैमा केहि हुनेवाला छैन किनभने बाबुराम पनि कुन गतिलो नेता हो र ? तेसकारण राजिनामा रोक्नलाई त जनतानै एकजुट भएर उठ्नु जरुरि छ .

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  28. Bhumiputra says:

    नेपाल देश भ्रस्टचारी को देश मात्र हो / इमान्दार काम गर्ने को लागि यो देश ठिक छैन / बाबुराम सरकार को राम्रो उदारण हो/ भुतै भुत को देश नेपाल /
    क्यानाडा

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 1

  29. khadka nanda says:

    मुलुककै एक कुशल चिकित्सक भगवान कोइराला अस्त ब्यस्त भएको teaching hospital लाई छोटो समय मै ब्यबस्थित गर्न सफल हुनुभएको रहेछ एसको लागि मेरो तरफ बाट धेरै धन्य बाद छ .केहि राम्रो काम गर्दा विविन्न बाधा adchhan आउना सक्छ .यो स्वावबिक पनि हो त्येस्लाई डटेर सामना गर्नु पर्ने मा राजिनामा दिएर पन्छिनु खोज्नु तपाई जस्तो महत्वो पूर्ण व्यक्ति को कर्त्यब्या होइन I

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  30. Deependra says:

    aafno swartha tyagera Deshko lagi kei garchhu vanne Maha Purush Dr. Bhagwaan Koirala lai feri Teaching Hospital ko matra haina aba Health Minister ko place dilaera Deshkai Health Centres ko Head appointment garnu parchhha. Ani he will have right to throw those black people who try to block his way of service.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  31. trsharma says:

    भगवान कोइराला कतै माओबादीको कोभाजन मा त परेका होइनन? कारण धेरै छन् भने पनि राजनीतिक शक्तिको आडमा खान पल्केकाहरुले उनलाई अनेकौं कोंड बाट अप्ठेरोमा परिरहेको बुझिन्छा. माओबादी हाबी हुन नसकेका हरेक ठाउँमा यस्ता अपठेरा आइरहनछन.

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  32. ganga b grg says:

    जस देश मा पशुपति जस्तो पबित्र स्थान मा भ्रस्ट काम हुन्छ( हाल माओबादी ले सोजाएको छ) लुम्बिनी जस्तो त्रिर्थ इस्थान लै भैसी चरन बनाउछ, माओबादी जस्तो राष्ट्र बादी दल लै आतंकबादी को संज्ञा दिन छन् र कामगर्न दिदैन भने Dr bhagwan कोइराला जस्तो ले त् भ्रस्ट मनिष को अगाडी कुनै उपाय देख्दैन.जब सम्म चैते काँग्रेस र एमाले मा राष्ट्र र जनता प्रति माया मोह हुदैन देश ,जनता र राष्ट्र बादी दल ले निकास पाउदैन.नेपाल लै नर्क बनौनी इनै दुइ दल हुन्.

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  33. Mamata Thakali says:

    हाम्रो देशमा राम्रो गर्ने र सोच्ने मान्छे थोरै र नराम्रो सोच्ने र गर्ने धेरै छन् तेही भएर भलो गर्न खोज्ने मान्छेलाई सधै गारो हुन्छ तर म आब्हान गर्न चाहन्छु ति भगवान कोइराला जस्तै सोच्ने मानिसहरुलाई सत्यको साथ दिनुस. सुरुवातमा गारो भए पनि कालान्तरमा विजय त सत्य कै हुन्छ नि, झुट को खेति धेरै दिन टिक्दैन.
    सत्यको जितमै जगतको भलो हुन्छ…

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  34. Radha krishna Dhital says:

    दोच्टर भाग्न कोइरला हे इस ओने ओफ द god

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)