मलामीमा परिणत जन्ती (आशौचमा परेको एउटा पुरै गाउँ)

busaccidentपाल्पाको राम्दी आमडाँडाबाट बेहुला बेहुलीसहित जन्ती लिएर पाल्पाकै बुढीकोटतर्फ जाँदै गरेको बस चिदीपानी गाउँ विकास समिति वडा नम्बर २ धैरेनीमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जनाको घटनास्थलमा र तीन जनाको उपचारको क्रममा प्रभास मेडिकल कलेज पाल्पामा मृत्यु भएको हो ।
बसमा रहेका ४० यात्रुमध्ये २५ जना घाइते भएका छन् । मृतकमा चिदिपानी गाविस वडा नम्बर ७ का बेदबहादुर बिकट्टा, कमला जर्घा, लोकबहादुर सारु, नविना सूर्यबंशी, तेजकुमारी बिरकट्टा, योगेन्द्र चर्ती, केशरी सारु, बिष्णु बहादुर चर्ती, नविन सूर्यवंशी, लुमीसरा सारु, रमेश बिक, सुरज न्यौपाने, अमरबहादुर जगा, रमादेवी सारु र बसचालक हुमिन गाविसका मिलन विक छन् ।
घाईते नौं जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । बाँकीको लुम्बिनी मेडिकल कलेज परवासमा उपचार जारी छ । बेहुलाबेहुली भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट साँढे तीन सय मिटर तल खसेको थियो । चालकले मदिरा सेवन गरेको र बस तीव्र गतिमा रहेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गएराति सवा ९ बजे दुर्घटना भएपनि घटनास्थल निकै अप्ठेरो भीरमा रहेकाले विहान पाँच बजे मात्र उद्धार कार्य सकिएको थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

5 Responses to “मलामीमा परिणत जन्ती (आशौचमा परेको एउटा पुरै गाउँ)”

  1. ganga b grg says:

    नेपाल मा यूग्द बाट भन्दा driver को कारण ले बडी जनता मरेका छन्, तर पत्रकार हरु यस मा सहमत छैन, यसैले लेख मेट्नी गर्छन, यसलाई पनि मेटीदिनुस , लेख जगत मा तपाइको नै मनोमानी, निरङ्कुश राज्य रहेछ.आवाज हिन को आवाज उस ! उस ! उस!

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 0

  2. Kishor says:

    समाचार सुन्दा र देख्दा सबै गल्ति चालकको नै देखिन्छ | कृपया भएको गट्नाको ख्याल राख्दै गंताब्बे तिर लागौ र मिर्ताकहरुमा चिर शान्ति मिलोस !!!

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  3. sherpa u s a says:

    समाचार हेर्दा यस्तो घटना कसैलाई नपरोस ,,,हामी जो पनी यस्तो सबै जयन यौटै चल्क्कों हातमा हुन्छ ,अन्य सबैले प्रत्येक समय नीग्रनी रक्नु पर्छ एस्तो गटना पहीलो त पक्कै होइन होला , नेपालको बस चालकहरु गुरुजी भने पछी आफु कती नै ठुलो ठान्छ १ अनी हामी नेपालीको बनी के भन्ने ,धेरै जनने बन्ने की के समान ,मन्छे सबै बसले द्न्ना नै नसक्ने गरी बोकेर गुड छन् ,जे होस् सबै मीर्तक को परीवारलाई भगवान प्रती कमान होस् ओम मनी पीद्मे हु ,,,,,,,ओम मनी पद्मे हु ,,,५०० पटक जप्ने मीर्तक आत्मा लाई शान्ती मीलोस ….

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  4. Shesh laoti says:

    पाल्पाको लामडाँडा, डोटीको छातिसबन, सुर्खेतको गमखोला लगाएत जतिपनि यातायात दुर्घटनामा परी दिवंगत हुनुभएका मृतकहरुको आत्माले चिरशान्ति अनि परिवारजन आफन्त हरुमा धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् र अब उप्रान्त यस्ता अप्रिय घटना नघटोस भनि भगवान संग प्रार्थना गरौँ /
    सुन्दै मात्र आङसिरिङ्ग हुने यस्ता दुर्घटनाहरु जनमानसमा अबत सामान्य कुरा जस्तै भैसक्यो / हुनपनि नेपालमा यातायत दुर्घटना बाट बर्षेनी अनाहकमा सयौले ज्यान दिनु पर्ने र हजारौ अपाङ्ग, टुहुरो हुनुपर्ने नियति अनिवार्य जस्तै भएको छ / तर आज यसको नैतिक जिमेवार बहन गर्न कोइ सरकारी निकाय, राजनैतिक दल, यातायत संघ, नागरीक समाज या जनतानै कोइ अगाडी सरेर आछन-नै कोहिपनि आउदैनन / त: जिमेवार कसको ? वास्तबमा धेर-थोर सबैको जिमेवारी र कर्तब्य हो यसता जघन्य सडक दुर्घटना लाई न्युनिकरन गर्न / जबसम्म राज्य हक्नेहरु सिर्फ कुर्सि र शताको लडाईं मा मात्र व्यस्त नभई यस्ता घटना हुदा यातायत मन्त्रीले नैतिक जिमेवारिका साथ राजिनामा दिदै सडक तथा यातायत नियमावली र कानुनलाई आबश्यक संसोधन गरि कडाई का साथ लागु गरी बर्षेनी सवारी साधनको चेकजाच अनुगमन, चालको लाइसेन्स, शारीरिक, मानशिक अवस्था अनि दक्षेताको जाच नगरेसम्म / राजनैतिक दलहरु आफनो कार्य-कर्ता ब्यक्तिगत फौजदारिमा मर्दा सरकारलाई शहिद घोसना गर भनेर सडकमा टायर बाल्ने काम, आफनो राजनैतिक पावरलाई दुरुपयोग गर्दै सडक खन्ने ठेकेदार बाट कमिसन लिएर कम्जोर सडक निर्माण गर्नेलाई बचाउने काम नरोकेसम्म / यातायत संघले खाली आफनो मागलाई मात्र सरकारकोमा बुझाउने, पैसा ले सवारी साधन होइन सवारी साधनले पैसा कमाउनु पर्छ भन्ने ज्ञान नभएर साधनको छ्यमता भन्दा धेरै यात्रु कोच्ने, मर्मत सम्हार कहिले नगर्ने प्रथा नरोकेसम्म / किन यति बिघ्न सडक दुर्घटना हुन्छ भनेर बिद्द्वान हौँ भानौदा नागरिक समाज, मानव अधिकार कर्मी हरुको थोरै भएको बुद्दि यसमा खर्च नगरेसम्म र जनता यात्रुहरुले पनि हतार गरे पुगिन्न भन्ने आख्यान लाई बुझी बुझी खादखाद गरि भए पनि यात्रा गर्ने बानी नछोडेसम्म यस्ता सडक दुर्घटना दोहोरि रहने छ तेहेरिरहने छ……..

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  5. Tulash says:

    ज्यादै दुखद घटना| चालकको भयानक लापरबाही देखिन्छा| कच्ची बाटोमा खाचाख्हाच भरियाको बस, त्यसमाथि रक्सीले टिलपिल भएको चालक| चालक मा निगरानी राख्नु पर्थ्यो|

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)