शिक्षकबाटै दुब्र्यबहार भएको भन्दै ६८ बिद्यार्थी बिद्यालयबाट भागे

studentप्रसिद्ध पर्यटकीय गाउँ लुम्लेस्थित बालमन्दिर माविको छात्राबासमा बस्ने ६८ बिद्यार्थी भागेर पोखरा आएका छन् । आफूहरुमाथि शिक्षकबाटै दुब्र्यबहार भएको भन्दै सोमबार राति उनिहरु भागेर पोखरा आइपुगेका हुन । होस्टलका सबै बिद्यार्थी हिजो बिहान ७ बजेतिर बिद्यालयबाट भागेका थिए । ४, ५, ६ र ७ कक्षाका १८ छात्रासहित उनीहरु राति पोखरा आएर नगर बिकास प्रशिक्षण केन्द्रमा बसेका छन । विभिन्न २२ जिल्लाका ती बिद्यार्थीहरुले खाना स्वस्थ नभएको, सुत्ने कोठा पनि अब्यस्थित, बिरामी हुँदा आवस्यक औषधोपचार नपाईएको र शिक्षकबाटै दुब्र्यवहार भएकाले भाग्न बाध्य भएको बताए । आफूहरुलाई बाहिरबाट आएका भन्दै विभिन्न गालीगलौज गर्ने र असमान ब्यवहार गरिएको बिद्यार्थीले गुनासो गरे ।
तर शिक्षक र स्थानीयबासीले उनीहरुलाई दिनभर रोकेर राखेका थिए । पछि अधिकांश अभिभावक लुम्लेमा जुटेर भाडाको बसमा बिद्यार्थीलाई पोखरा ल्याईएका थिए । छात्राबासका वार्डेन कृष्ण तिवारीले बाहिरबाट आएका कारणलेनै बिद्यार्थीमाथि दुब्र्यवहार भएको बताउनु भयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा क्षेत्रिय शिक्षा निर्देशक बिष्णुबहादुर द्वारेले बिद्यालयको ब्यवस्थापन पक्षलाई सुधार गरी विद्यार्थीलाई सोही स्कुलमा फर्काउने बातावरण बनाउने बताउनु भयो । उक्त बिद्यालय सरकारले तीन बर्षअघि सार्वजनिक शैक्षिक साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्रीय नमूनाकारुपमा सार्वजनिक शैक्षिक गुठीअन्तर्गत संचालित छ । त्यही कारण ब्यवस्थापन समितिको अध्यक्ष क्षेत्रिय शिक्षा निर्देशकलाई तोकिएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

3 Responses to “शिक्षकबाटै दुब्र्यबहार भएको भन्दै ६८ बिद्यार्थी बिद्यालयबाट भागे”

  1. narayan says:

    समस्या को
    समाधान गर्नुपर्यो !!!!

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

  2. Kiran says:

    नेपाली जनताहरूले यी दानबी रुपीहरूबाट कहिलै
    मूक्ति नपाउने भाे!

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 2

  3. khadka lama says:

    यो बन्द रोक्नुस please .एसले केही पनि गर्दैन . मा पनि समर्थन छु जुन सिद्दान्तमा तर बन्द ले केही होला जस्तो छैन .कुनै अरु उपाय रोज्नुस . नवय १० सालसे जो बयाको थियो अब को २० र ३० साल पनि उस्तै नै हुनेछ .

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)