कसरी जम्मा गर्न सके नेपालका पहिला सबैभन्दा धनी बिनोद चौधरीले सम्पती ?

Untitled 201अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा नेपाली उद्योगी विनोद चौधरी पनि परेका छन । नेपालसहित एशियाली देशहरुमा लगानी गरि पहिलो मल्टिनेशनल नेपाली ब्यापारी बनेका चौधरी नेपालको पहिलो अर्बपति भएको पत्रिकाले दावी गरेको छ ।
फोर्ब्सले तयार पारको १ हजार ४ सय २६ जनाको सूचीमा चौधरी पनि परेका छन् । १ अर्ब डलर सम्पत्ति (करिव ८७ अर्ब रुपैयाँ) का मालिक ५७ वर्षीय चौधरी १ हजार ३ सय ४२ औं नम्बरमा छन् । फोर्ब्सले बिनोदको सिनोभेसन र चौधरी ग्रुपले नेपालको लोकप्रियय चाउचाउ वाईवाई संचालन गरेको, नविल वैंकको मुख्य सेयर होल्डर रहेको र ताज ग्रुपसँग मिलेर तारे होटलहरु संचालन गरिरहेको उल्लेख गरेको छ । बिनोदका हजुरबुबा भारतको राजस्तानबाट नेपाल आएर कपडा ब्यापार थालेको, मुलुकमै पहिलोपटक डिर्पाटमेन्ट स्टोर खोलेको र बिनोदले १८ बर्षको उमेर कलेज छाडेर ब्यापारमा लागेको फोर्ब्सले उल्लेख गरेको छ । बिनोदले हालै आफ्नो ब्यबसायीक जीवनबारे नेपाली भाषामा पुस्तक प्रकाशन गरेका छन् । नेपालको कानुनले नेपाल बाहिर लगानी गर्न नदिए पनि आफुले कसरी भारत, सिंगापुर, श्रीलंका, माल्दिभ्स लगायतका मुलुकमा ब्यापार विस्तार गरेँ भन्नेबारे उनले विस्तृतमा उल्लेख गरेका छन ।

फोर्ब्सको अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकाका ४ सय ४२ जना छन् भने यूरोपका ३ सय ६६, एसियाका ३ सय ८६ रहेका छन् । ७३ अर्ब डलर सम्पत्ति रहेका मेक्सिकोका कालोस सिल्म हेलु लगातार चौथो वर्ष पहिलो नम्बरमा छन् भने अमेरिकी विल गेट्स ६७ अर्ब डलरका साथमा दोस्रो स्थानमा छन् । यस्तै २३ विलयन डलरका सम्पत्ति भएका गुगलका मालिक ल्यारी २० औं नम्बरमा परेका छन् । भ्याट कान्डले धमिलिएको छविलाई के अब उनले ‘एथिकल बिजनेस’ गर्दै आउँदो पुस्तालाई उदाहरण बन्ने काम गर्लान् ? कि एनी हाउ, पैसा कमाउ कै रणनीति कायम राखी धन् झन् झन् थुपार्दै जान्छन् ? हेर्न बाँकी छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

21 Responses to “कसरी जम्मा गर्न सके नेपालका पहिला सबैभन्दा धनी बिनोद चौधरीले सम्पती ?”

  1. likpa jip says:

    नेपाल देखि पहिलो राजा दोस्रो चौदरी आयो धनिमा ..तेस्रो को होला हेर्न बाकी छ ..कतै चौदरीलाइ नेताहरुले दुख दिनेता होइन …यो पनि हेर्न सुन्न भाकी छ..बदाई छ..

    Well-loved. Like or Dislike: Thumb up 69 Thumb down 17

  2. Tenzing Limbu says:

    नेपाल को सातामा पुगिसकेका नेता हरु लगायत प्रचण्ड र बाबुराम को सम्पति जाँच्ने हो भने यिनी हरु पनि अर्ब पति मा पर्न सक्छन भन्ने हाम्लाई लाईरहेको छ l

    Hot debate. What do you think? Thumb up 181 Thumb down 229

  3. kumar says:

    good luck binod chaudhary

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 4

  4. niwesh says:

    राम्रो कुरा हो समय अनुसार नेपाल को पनि परिवर्नत हुदै छ. आब हामी नेपाली मात्र साहसी सैनिक मा मात्र जिन्दगि को सपना नो हेरेर आब हामी दुनेया लय हामी उद्योगी र अरु कम मा पनि आगे छाओ भनेर देखने बेला आयो.

    CG Group को विनोद चौधरी g हाम्रो लागि example र inspiration हो. जोले नेपाल मा बसेर कहे गर्नु सक्दैन भन्छ तेस्को लागि यो कुरा ले तमाचा हो . नेपाल मा गर्नु धरै छ

    Jai Nepal

    Well-loved. Like or Dislike: Thumb up 108 Thumb down 2

  5. साचीनै नेपाल लाइ हेर्नेहो भने आजको परिप्रेक्षमा बिनोद जी जस्तो व्यक्तिहरु लाइ मान्नु पर्छ .नेपाल जस्तो बिस्वको गरिब मुलुक लाइ पनि एउटा ब्यापारी पूजीवाल देख्नु एउटा नेपालीको खुसीको सामाचारहो येस्मा हामी नेपालीहरुले गौरव मान्नुपर्छ भन्ने मेरो मान्नेताहो कत्ति देशमा भ्रस्ट व्यक्तिहरु छन् त्येसको मुल्यांकन गर्नेहोइन तेन्जिंग जीको विचार केवल आक्रोसको अभि व्यक्ति मात्र त होइन ? सायद हामीहरु यथार्थमा जानुपर्छ कागले तिम्रोकान्लग्यो भन्दैमा कागलाई नखेदाउ पहिला कानलाई समाउ अनिमात्र योदेशको केहि हुन सक्छ कि ?बरु चौधरीजी जस्ता परिश्रमी ब्यक्तिबन्न सिकौ .

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 3

  6. Bindu Chaudhary says:

    Good job! Chaudhary Ji, keep progress……..

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

  7. Dal Thapa says:

    ल राम्रै गरेछ नेपाल संसारकै गरिब राष्ट्रहरुमा परे पनि धन धान्य मध्य मा एउटा नाम त टेकाए छ ! कुरो त्यही भयो ” घर झुपद पति, नाम रह्यो खरब पति” !

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

  8. lbrai says:

    pakkai pani nepali rajneta bhanauda dakaharuko manma binod chaudharibata kasari paisa lutna sakinchha bhanne lagisakyo hola ra dimag khiyauda khiyauda rakta chap badi sakyo hola kalale birseko harami haru iniharulai jantale ghatima dorile badera ghisarne dina kahile aauchha jagau sathiho uthau sathiho yo desh ra jantako dusmanlai jiudai aagolagai du hamilai satha deu binod choudhari jee tapai hamro manra desh ko ghahana ho tapaile nepalko yo kyansar jasta neta bhanauda harulai masne yojana banaunus hami tapaiko sath ma chhau L.B. Rai

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  9. nabin says:

    बधाई छ चौधरी जी लाई, इंडिया मा पैसा जम्मा गरे गरेर राखे पनि नागरिक त नेपाली नै हो नि,/ गर्ब गर्नु पर्छ/

    Well-loved. Like or Dislike: Thumb up 287 Thumb down 6

  10. zivan says:

    लौ यो मान्छे लाई नराम्रो दशा लागेरहेछ अब नेपालमा कुन चाई गिरोहले यो मान्छे लाई वा वहाको कोहि परिवार लाई अपहरण गर्ने मास्तर प्लान बनाइसक्यो सक्यो अब सक्यो लौ खत्तम |

    Well-loved. Like or Dislike: Thumb up 351 Thumb down 2

  11. narayan- gorkha says:

    चौधरीलाई बधाई| अरुलाई सुभकामना | हेरौ अर्को वर्ष कोको हुने हुन् गरिब आमाका धनि छोराहरु !!!!!!!!!!

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  12. ram oli says:

    धन चाहि चौधरी ले लुटपाट र चोरि गरेनन होला परिसरम ले नै जम्मा गरे होलान तर अहिले गोप्या कुरा आउट भएको हुना ले ति चौधरी लाइ केहि खतरा हुन्छ कि भन्ने हो किनाकी अपहरण कारी का नाइके हाम्रा नेता र मन्त्री हरु नै भयको कुरा छदै छ तेसै ले कुनै मन्त्री वा नेताले अपहरण को योजना बनाउना सुरु गरी सक्यो कि साबधान चौधरी जी चुर्लुम्मै डुब्नु होला सतर्क रहनु होस्

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  13. narayan- gorkha says:

    आज पनि नेपाल बन्द अरे |

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

  14. Puma rai says:

    Malai पनि नेपाली धनि मा नाम औडा खुसि lageu Tara हाम्रो desh मा khatara छ Binod ji lai Nepal chhode hunchha

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  15. deepak says:

    बिनोद जी तपाइलाई बधाई छ र अब नेपाल को TAX तिर्दिन्नु हुन आग्रह गर्दछु , जति तपैले पहिले पहिले तिर्नु भयको छैन , त्यो तिर्न हुन बिनम्र अनुरोध छ त्यसपछि देश लै पनि केहि राहत मिल्छ कि !!!!

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  16. jimee l says:

    congratulatiotn/ binod chaudhari i really impressed from your talking and action.you deserve in the rank of bilini……….you still have great oppertunities to make money in nepal .keep it going on like that

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

  17. Tulash says:

    जनता लुटेको पैसा जोड्ने हो भने प्रचण्ड नेपालकै सबै भन्दा धनि मानिस बन्ने छन्| फरक पर्दैन|

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

  18. thanu says:

    k nepali garibi janatalai kehi rahata dina sakchhan ta
    like hospital , school

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  19. ganeshkhadka says:

    बिनोद्जी एमाले एक्स पर्लिमेंट मेम्बेर हून; अब एमाले नेता हरुलेनी चुनाब खर्छ मागेर दीगदार दिने भए ; कि कसो // के.पी जी र माधवजी

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  20. kamala rai says:

    अरवपतिक ज्यू,
    गरिबीको कारण लेख्न, पद्न र खान सम्मा नपाएका गरीब जनताको लागि पनि संग्कल्प, लक्ष,सकारात्मक चिन्तन तथा उद्दार्ताको भावना बनाउनु हुन्छ कि?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  21. sushma lamichhane says:

    बिनोढ़ चौधरीले जस्तै लगनसिल भएर मेहनत गर्नु पर्छ भन्ने पाठ सिकौ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)