आफ्नै प्रेमिकाको निर्मम हत्या गर्ने प्रहरी हवल्दार पक्राउ(रक्षक नै भक्षक)

hatya-murderसुनसरी,फागुन २४ । इटहरीको एक गेष्टहाउसमा मृत फेला परेकी महिलालाई सशस्त्र प्रहरीका हवल्दार राजकुमार चौधरीले हत्या गरेको रहस्य खुलेको छ ।
कंकालनी गण टङ्कीमा दरबन्दी भएका चौधरीलाई प्रहरीले बुधबार राति पक्रेपछि हत्या चौधरीले नै गरेको रहस्य खुलेको हो । चौधरी बुधबार न्यू स्वागत गेष्ठहाउसमा मोरङ्ग बबिया बिर्ता –२ की मंगलीदेवी चौधरीको हत्या गरी फरार भएका थिए । पक्राउ परेका चौधरीले मंगलीले विवाह गर्न दबाब दिएकाले आफूले हत्या गरेको बयान दिएका छन् । इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक श्याम सारु मगरले अनुसन्धानका क्रममा उनीहरुबीच शारीरिक सम्बन्ध रहेको देखिएकाले यही बिषयमा बिवाद हूँदा चौधरीले ज्यान लिएको हुनसक्ने बताउनुभयो । चौधरी र हत्या गरिएकी मंगली प्रेमी प्रेमिका हुन्, दुबै बिवाहित हुन् र दुबैका एक–एक सन्तान छन् । लामो समयदेखि उनीहरुबीच सम्बन्ध रहँदै आएको र मंगलीले बिवाह गर्न दवाव दिएपछि चौधरीले हत्या गरेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

3 Responses to “आफ्नै प्रेमिकाको निर्मम हत्या गर्ने प्रहरी हवल्दार पक्राउ(रक्षक नै भक्षक)”

  1. shahadev says:

    मिर्तक आत्मा मा चिर सान्ति को कामना गर्दछु ..
    भगवान ले सबै को भलो गरुन
    जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 3

  2. likpa jip says:

    भगवानको भलो होइन सब मिलि हलो जोद्नु पर्छ येस्त्यो राछेस्लाई…

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 1

  3. Suraj says:

    Crime is a crime. It does not matter who is the criminal, the criminal must and must be punished according to the law. General public, spy agencies and under covered law enforcement officers must be dispatched effectively in such cases so that justice must be given to people. No criminals should get chance to escape. Criminals must be punished.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)