सुनको सिक्री लुटपाट गर्ने एक महिला पक्राउ

Florida_arrested_policeकाठमाडौँ,बैशाख २४ । सुनको सिक्री लुटपाट गर्ने कपन सरस्वतीनगर बस्ने गोरखा घर भएकी ३१ बर्षीया संगिता मगरलाई प्रहरीले पक्राउ गरेको छ । निजले सोमबार अपरान्ह ५ बजे कपन सरस्वतीनगरमा डेरा गरी बस्ने भोजपुर जिल्ला घर भएकी २५ बर्षीया मिथुला तामाङको बाटोमा हिडीरहेको अवस्थामा घाँटीमा लगाएको १ तोला ४ आनाको सुनको सिक्री लुटेर भागेकी थिइन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले निजलाई उनकै डेराबाट उक्त सिक्री सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)