पन्ध्र बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

rape4काठमाडौँ,बैशाख २४ । पन्ध्र बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा नुवाकोट बिदुर नगरपालिका–४ बस्ने ५५ बर्षीय धर्मराज जमरकटेललाई प्रहरीले पक्राउ गरेको छ । उनले नुवाकोटको बिदुर नगरपालिका–४ बस्ने ती बालिकालाई काठमाडौँ घुमाउन ल्याई बैशाख ५ गतेदेखि १७ गतेसम्म आफ्नो डेरामा र अन्तिम पटक नुवाकोटको ढुङगे भन्ने स्थानमा रहेको नाम खुल्न नसकेको गेष्ट हाउसमा लगेर जवरजस्ती करणी गरेको भनी पिडित पक्षले सोमबार महानगरीय प्रहरी बृत्त बालाजुमा जाहेरी दिएका थिए । निजलाई प्रहरीले उनकै डेराबाट पक्राउ गरी अन्य थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाएको छ ।

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)