कार्कीको सिफारिस विरुद्ध अदालतमा रिट दायर गर्न नदिने सर्वोच्चका रजिष्ट्रार विरुद्ध उजुरी

sarbottchaकाठमाडौं,बैशाख २२ । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने संवैधानिक परिषद्को सिफारिस विरुद्ध सोमबार अदालतमा रिट दायर गर्न नदिने सर्वोच्च अदालतका रजिष्ट्रार लोहितचन्द्र शाहविरुद्ध मंगलबार सर्वोच्चमा उजुरी परेको छ । आफूले लोकमानविरुद्ध दर्ता गरेको रिट निवेदन दर्ता नगरी फिर्ता पठाएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले मंगलबार दायर गरेको उजुरीमा रजिष्ट्रार शाहको फिर्ता पठाउने आदेश खारेज गरी निवेदन दर्ता गर्न उत्प्रेसणको आदेश माग गरिएको छ । अधिवक्ता अर्यालले उजुरीमा लेखेका छन् ‘मौलिक हकको पहरेदार स्वतन्त्र न्यायपालिकाको प्रमुख अङ्ग सम्मानित सर्वोच्च अदालतका रजिष्ट्रारबाट लगाइएको उक्त बन्देजलाई तत्काल हटाई न्यायिक उपचारको हकलाई सुचारु गरी पाऊँ ।’

-
 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)