एसएलसीको नतिजा प्रकाशित,घट्यो उत्तीर्ण प्रतिशत-परीक्षा सम्पन्न भएको ८०औँ दिनमा २०६७ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा चार लाख ५४ हजार २२ परीक्षार्थीमध्ये दुई लाख ३० हजार ४९९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ तीन लाख ९७ हजार ७५९ परीक्षार्थी सम्मिलित भएकामा दुई लाख २० हजार ७६६ जना उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये एक लाख २४ हजार ३०५ छात्र र ९६ हजार ४६१ छात्रा छन् । नियमिततर्फको उत्तीर्ण प्रतिशत ५५ दशमलव ५० छ । नियमिततर्फको उत्तीर्ण प्रतिशत गत वर्षको भन्दा आठ दशमलब ८१ प्रतिशतले कम हो ।
त्यस्तै एक्जाम्टेडतर्फ ५६ हजार २६३ परीक्षार्थी सम्मिलित भएकामा नौ हजार ७३३ अर्थात् १७ दशमलब ३० प्रतिशत उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फको पनि उत्तीर्ण नतिजा घटेको छ । उत्तीर्णमध्ये चार हजार ४३१ छात्र र पाँच हजार ३०२ छात्रा रहेका छन् । एक्जाम्टेडतर्फ कुनै पनि परीक्षार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकेनन् ।
पनिकाका अनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण हुनेलाई अधिकतम पाँच अङ्क ‘ग्रेस’ दिइएको थियो । यसरी ग्रेस दिँदा १७ हजार ७४० परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।
दुई विषयसम्म अनुत्तीर्ण हुनेका लागि आगामी साउन २३ देखि ३० गतेसम्म पूरक परीक्षा सञ्चालन गरिनेछ । एक लाख ४४ हजार परीक्षार्थी सो परीक्षामा सम्मिलित हुनेछन् ।
यसपटक एसएलसी परीक्षामा कडाइ गरिएको थियो तर त्यसका कारण नै नतिजा कम नभएको जिकिर पनिकाका अधिकारीहरूको छ ।
परीक्षा बोर्डका अध्यक्ष एवं शिक्षा सचिव शङ्करप्रसाद पाण्डेले उत्तीर्ण नतिजा घट्नुको कारणबारे खोजी गर्नुपर्ने हुन्छ भन्नुभयो ।
उहाँले उत्तीर्ण नतिजा खस्किएका कारणले शैक्षिक गुणस्तर खस्किएको छ भनी मूल्याङ्कन गर्न नमिल्ने जिकिर गर्दै थप्नुभयो, “अनुत्तीर्ण भएकाहरूलाई अहिले नै अयोग्य भएको भनी मूल्याङ्कन गर्न मिल्दैन । उनीहरूको बौद्धिकता मापन अहिले नै गर्नु हतार हुनेछ ।”
यसपटकबाट उत्तीर्ण परीक्षार्थीको लब्धाङ्कपत्र -मार्कसिट) सँगै मूल प्रमाणपत्र -ओरिजिनल सर्टिफिकेट) उपलब्ध गराइने सो कार्यालयले जनाएको छ ।
एसएलसी परीक्षा ः उत्तीर्ण प्रतिशत
२०६७ साल ः ५५.५० प्रतिशत
२०६६ साल ः ६४.३१ प्रतिशत
२०६५ साल ः ६८.४७ प्रतिशत
२०६४ साल ः ६३.७३ प्रतिशत
२०६३ साल ः ५८.६४ प्रतिशत
२०६२ साल ः ४६.५१ प्रतिशत
२०६१ साल ः ३८.७२ प्रतिशत
२०६० साल ः ४६.१८ प्रतिशत Source:gorkhapatra
उत्तीर्ण संख्याको ५५, ५० मध्ये साएद ७५´% बिधार्थी निजि स्कुल (boarding school) बाट ओगटेका होलान !! किनकी सरकारी स्कुलको पढाई त्यति गुणस्तरिय छैन !! नेपालमा टिचर हरुले पनि आबश्येक भन्दा बढी (राजनीति) गर्छन !! अनि ज्यादा तर टिचर जम्मा (s l c ) मात्त्र गरेका छन् ! अर्को कुरा देशको घिनलाग्दो राजनीतिक अस्तिर्था पनि १ हो !! केवल राजनैतिक बिचारले मात्त्र जिबन सार्थक हुँदैन !!! युग सुहाउँदो शिक्षा प्राणालीको अति ख्याँचो छ !! नेपालमा यो एउटा विदेश पुगेका नेपाली हरुको तितो येतार्थ हो !!
मन परे हरियो, नपरे रातो
0
0
नेपालको त्यस्तो राजनीतिक अवस्ताको कारणले पनि रिजल्ट एस्तो आउनुको प्रमुख कारण हो सथ्सत्है लोडसेदिंग अर्को कारण
मन परे हरियो, नपरे रातो
0
0
यसपाली पोहोर जस्तो चोर्न पाएन होला
मन परे हरियो, नपरे रातो
0
0
देश को यो नाजुक स्थिति बाबजुत आफुलाई सफलता को समूह भित्र देखिनु हुने सम्पूर्ण बिधार्थिहरु लै बधाई छ
मन परे हरियो, नपरे रातो
0
0
chora pas hunchu bhanna manasikata 6 s.l.c.ma ta tai bhayara chorna na payara nai ho yas pali dharai phail bhayako
chorara ta jo pani pas bhai halcha ni ki kaso ?
मन परे हरियो, नपरे रातो
0
0
किला कै त घत बाद त वाई हालचा नि.
मन परे हरियो, नपरे रातो
0
0
यो सबै vidharti ले नशा को सेवन गर्दा को परिणाम हो.
मन परे हरियो, नपरे रातो
0
0
जस्तो गरेर एक्षम् गरे पनि पास हुने सबै जना लै बदाई छ //
मन परे हरियो, नपरे रातो
0
0
नेपाल जसरी slc परिचा मा kadai गरिएको थयू तेस्टी padhai मा पनि कडा गरेको bhayee ओहिले नेपाल का garib बिधार्थी को होहिले yoo aabasta हुने थ्यीना होला होला मलाई लाग्छ नेपाल सरकार नई जेमाबर छ एसको लागि मलाई लाग्छ त्धन्याबाद
गोपाल बहादुर पछाई
मन परे हरियो, नपरे रातो
0
0
नेपालको सल्क
मन परे हरियो, नपरे रातो
0
0