कतारमा ४ नेपाली युवा अलपत्र

काठमाडौं,असार २७ । कतारमा सम्झौता अनुसारको काम र सुबिधा नपाएपछि न्यायका लागी अदालत गएका ४ जना नेपाली यूवा अलपत्र परेका छन् । अदालत गएपछि असन्तुष्ट बनेको ती युवा कार्यरत याथ्रेब कन्ट्र्याक्टिङ कम्पनीले निकालेपछि उनीहरु अलपत्र परेका हुन् । अलपत्र पर्नेमा झापा लखनपुरका सुदिप थापा, मोरङ पथरीका अमृत पुलामी, बांके नेपालगञ्जका किरण शर्मा र पवर्तका मणीराज क्षेत्री रहेका छन् । सुदिपका दाजु बिकासका अनुसार बिर्तामोडको द रिभर ओभरसिज माफर्त उनका भाई कतार पुगेका हुन् । हाल उनीहरुलाई दोहा स्थित बिमानस्थल नजिकै एउटा कोठामा बन्धक बनाएर राखिएको छ ।

बांकी तलब बापतको रकमले नेपाल आउने हवाइ टिकट काटिदिने भनेर कोठामा ल्याएर थुनेको उनीहरुले आफन्तलाई टेलिफोनमा बताएका छन् । जनही ८० हजार रुपैंया तिरेर कतार पुगेका उनीहरुलाई सम्झौता अनुसारको तलब समेत नपाएको विकासले बताए ।

तीन महिना देखि तलब नपाएपछि नेपाली दुताबासको शरणमा गएका उनीहरुले दुताबासको सल्लाह अनुसार श्रम अदालतमा मुद्धा हालेको सुदिपलाई उद्धृत गर्दै विकासले बताए । अदालतले आफ्नो पक्षमा फैसला गरेपछि कम्पनीले बोलाएर एक महिनाको तलब दिएर तीन महिनाकोमा हस्ताक्षर गराएको उनीहरुले बताएका छन् ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)