भारतीय सेनाध्यक्ष सिंहलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान

भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरिएको छ ।
राष्ट्रपति भवन शितल निवासमा बुधबार विशेष समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले भारतिय सेनाध्यक्ष सिंहलाई मानार्थ महारथीको दर्जा प्रदान गरिएको हो । नेपाल र भारतका प्रधानसेनापतिलाई एक-अर्कोको मानार्थ महारथीको दर्जा प्रदान गरिने प्रचलन छ ।
यसअघि भारतीय सेनाध्यक्ष सिंहले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गर्नु भएको थियो । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका भट्टराईसँगकोभेटमा दिपक्षीय हित तथा सैन्य सहयोगबारे छलफल भएको थियो । भेटमा सिंहले नेपालको आवश्यकताअनुसार सैन्य सहयोग गर्न भारत सरकार तयार रहेको बताउनु भएको छ । सिंहले बुधबार नै काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको अवलोकन गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सिंहको सम्मानमा प्रधानसेनापति छत्रमानसिंह गुरुङले जंगी अड्डा परिसरमा रात्रिभोजको आयोजना गर्दै हुनुहुन्छ । ५ दिने नेपाल भ्रमणका क्रममा हिजो काठमाडौं आइपुग्नु भएका भारतीय सेनाध्यक्ष सिंह प्रधानसेनापतिसँग भेट गरिसक्नु भएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “भारतीय सेनाध्यक्ष सिंहलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान”

  1. ram oli says:

    हजारौ नारा बाज्जी गरेर जनता झुक्याउने खच्चर हरुहो आखिर इन्डियन हरुको पाउ नास्मति बाचना र बस्ना सके नौ होइना बुर्जुवा सीछ्छा निरंकुस राज तन्त्र भन्ने हरु अहिले आएर त्यसैमा महमा झिंगा टासीय जस्तो गरी ति इन्डियन हरु को तल तिर को न समाती भएनाहोइना धिक्कार छ तिमि हरुलाई र तिम्रो ति गणतन्त्र लाइ ४ बर्स मा नेपाल लाइ सुर्जे लिन जस्तो बनाउछु भन्ने प्रचण्ड अहिले छोरी र छोराको दोस्रो बिहे ले नै सुरज लाइन बन्यो होइना अरु जनतालाई दोस्रो बिहे गरे कारबाही गर्ने प्रचनदे अहिले छोरा र छोरी लाइ के गर्छस गदाहा

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  2. Mahendra says:

    मुस्तांग भ्रमण ले बिशेष अर्थ राख्छ,

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)