एकपछि अर्को गर्दै विषालु च्याउको सिकार

काठमाडौं र तनहुँमा जंगली च्याउको तरकारी खाँदा १४ जना गम्भीर विरामी परेका छन् । काठमाडौंको बाणभन्ज्याङ–९ मा डेरा गरी बस्ने रोल्पा जिल्ला गाम–१ घर भएका एकै परिवारका ७ जना च्याउ खाएर असक्त भएको प्रहरीले जनाएको छ । तनहुँमा दुई र काठमाडौंका जना विरामीको अवस्था गम्भीर रहेको छ ।
मंगलबार विहान ९ बजे जंगली च्याउ पकाएर खाँदा असक्त हुनेमा ५५ बर्षीया हरिकला घर्ती, २ बर्षीया बिनिता घर्ती, ३२ बर्षीय अमन घर्ती, ५ बर्षीया ललिता घर्ती, २० बर्षीया गंगा घर्ती, ५० बर्षीय हर्क बहादुर घर्ती र १० बर्षीय पुष्पलाल घर्ती रहेका छन् ।
उता, तनहुँको बन्दीपुर–५ मा जंगली च्याउको तरकारी खाँदा लक्ष्मण भुजेलका ७ जना परिवार विरामी परेका छन् ।
मंगलबार बेलुका बिषालु जंगली च्याउ खाएर असक्त भएका उनीहरुको बन्दीपुर अस्पतालमा उपचार भईरहेको छ । ५ जना सामान्य उपचार पछि घर फर्केका छन् ।
गम्भीर अवस्थाका २ जनालाई थप उपचारका लागि गण्डकी अंचल अस्पताल पोखरा लगिएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

4 Responses to “एकपछि अर्को गर्दै विषालु च्याउको सिकार”

  1. Dinesh says:

    कत्ति च्याउ खानु परेको होला बरु गुन्द्रुक मा सन्तोस गर्नु नि असंतोकी कि लाई के भन्ने !

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 3

  2. juna says:

    होइन यो च्याउ ले त उदुमै मच्यायो बा नेपाल मा किन खानु परेको होला खै सके पछि पछुताएर के गर्नु सिग्र स्वस्तेको कामना ..

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

  3. dambar bura(uk) says:

    गए सालभन्दा यो वर्ष निकै घटना भएकोछ यो च्याउदेखि | मपनि च्याउको निकै सौन्खिक हुँ दरलाग्न लाग्यो | सके समन च्याउ नै नखाए राम्रो होला|

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

  4. ram oli says:

    च्याउ को स्वाद लाइ बिर्सी देउ नेपाली हो ज्यान जाने पो रहेछ ज्यान बचाउने चिज ता गुद्रुकै पो रहे छ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)