श्रीकृष्ण र स्वेता होटल ब्यवसायी

चलचित्रमा संगै अभिनय गर्ने नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का अब होटल ब्यवसायीको रुपमा पनि संगै देखापर्ने भएका छन् । उनीहरुले गौशालाबाट एयरपोर्ट जाने बाटोमा होटल इन्द्रेणी हिमालय नामको थ्रीस्टार होटल सञ्चालन गर्न लागेका छन् ।

होटलमा मनोरञ्जनको लागि कलिउड प्लानेट भनेर छुट्टै ठाउँ पनि ब्यवस्था गरिएको छ ।जहाँ फिटनेस सेन्टरदेखि फेसियल, हेयर कट, गेम जोन, रेस्टुरेन्ट, बार, थ्री स्टार रुम, सेमिनार हल, जुम्बा, डान्स राखिएको छ ।

‘म जहिले पनि के नयाँ गर्न सक्छु भनेर सोचिरहने मानिस हुँ, यो कामको लागि पनि मलाई साथीहरुको सहयोग भयो’ उनले भने ‘त्यसैअनुरुप होटल सञ्चालन गर्न लागेको हुँ ।’ ग्राहकहरुलाई रिफ्रेसिङ्ग पार्न जापानीले नै सिकाउने ‘मेडिटेसन टेन्सिन टाईडो’ पनि उपलब्ध गराईने श्रीकृष्णले जानकारी दिए ।

श्रीकृष्णका अनुसार यो कन्सेप्ट स्वेताको हो । ‘अब सँगै मिलेर हामी यो होटललाई हाइटमा पुर्‍याउँछौ’ श्रीकृष्ण भन्छन् ‘जसरी मैले अभिनय गरेको मैले निर्माण गरेको चलचत्रिहरुलाई दर्शकले माया गरिदिनुभयो अब हाम्रो यो होटललाई पनि माया गर्नुहुनेछ ।’ होटलको औपचारिक उद्घाटन भने १ गतेदेखि हुने छ ।

अभिनय क्षेत्रमा पच्चीस बर्ष पूरा गरेका श्रीकृष्णले सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । यतिबेला उनको चलचित्र ‘मन पराए माया लाए’ प्रर्दशन भई रहेको छ । तर, यसपछि भने उनका कुनै चलचित्र प्रर्दशनमा छैनन् भने उनको कुनै चलचत्रिको सुटिङ्ग पनि छैन ।

फिल्मबाट टाढा हुन लाग्नुभएको हो भन्ने प्रश्नमा श्रीकृष्ण भन्छन् ‘त्यस्तो होइन, अहिलेलाई भने म यही होटलको काममा व्यस्त छु, होटलको कामबाट फुर्सद भएपछि अलि पछि आफै फिल्म बनाउने सोच छ ।’

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)