काठमाण्डौ,असार ३० । बसको ठक्करले मर्निङ वाकमा हिडेका एक कर्माचारीको निधन र अर्का एक जना घाइते भएपछि काभ्रेको बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिने बसमा आगजनी गर्नुका साथै अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएपछि प्रहरी र स्थानीयबीच दोहोरो झडप समेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रु ग्यास प्रहार गरेको छ । बनेपा ११ बुडवलबाट धुलिखेल तर्फ जादै गरेको बसले ठक्कर दिंदा जिल्ला शिक्षा कार्यालयका कर्मचारी व्यक्ति देगराज भट्टराईको मृत्यु भएको छ भने कार्यालयकै अर्का कर्मचारी नवराज तिमल्सिना गम्भीर घाइते छन् । उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । सहचालकले बस चलाएकाले कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक र सहचालक प्रहरी नियन्त्रणमा छन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
exident र घटना ,मिर्तु हुनु सम्भब हुन्छ र तेस्को कानुन नया पनि छन् तर टोल गाँउ समाज उठी तोर्ड फोर्ड आगलागी कुटपिट गर्नेलाइ तालिम सित्क्षा सल्लाह सुजभ र नयम कानुन को सित्क्षिया को पर्चार पर्चार redio TV मा गरेमा देसमा सब्भ्या आउँथियो कि ? अनि school स्चूल्मा पनि यो सित्क्ष्य पढाउन खाचो छ.
अब येत्रो सर्बनास गरेपछि कसले दिने छती पूर्ति? घटनामा पर्ने ब्यकी बाहेक किन समाज टोलका मान्छी आउँछन् अबेक्मा ? यो कानुनको बिपरित छ .
Well-loved. Like or Dislike:
15
4
सबै नेताहरुले सिकाएको पाठ क गर्नी सानी कुखुरा देखि नेता सम्म जे मर्दा पनि बन्द हड्ताल अनि आगजनी अनि सास्ती त्येही निर्दोस जनता जसले दिनभरी कमाएर बेलुका खानीलाइ ,,,, यस्ता घटना घटौनी तत्वोहरु लाइ कडा भन्दा कडा नियम कानुन ल्याई यस्ता घटना बाट उब्जनी बन्द हड्ताल सदा को लागि बन्द गर्नी कि यसबारे राज्यको कहिले जाला ध्यान…………………..
मन परे हरियो, नपरे रातो
4
1
यो आगो लाउनुको सट्टा घाइतेलाई सहयोग गरेको भए हुन्थ्यो मुर्खहो/ ढुंगा हान्न र तैं न तुइ को नारा लाउन जति शारीरिक सक्ति नास हुन्छ तेतीनै सक्ति खर्च हुने गरि कुनै देश बिकाश हुने काम गर, उब्जनी हुने काम गर अनि तेसबाट कमाएको पैसाले तिम्रो पेट पाल अनि त्यो घाइतेको उपचारमा सहयोग गर्न पटमुर्खहो/ नांगै के तमासा देखाको? चालकले पनि अलिक धेरै तालिम गर अनि अरु मर्ने काम नगर/
मन परे हरियो, नपरे रातो
5
1
खै के भन्नु र नेपालीको बुद्दी मै किरा परेको छ. जम्मै फटाहा नेताहरुको नराम्रो असर हामी जनमानसमा परेको छ. ढुंगा हान्ने भत्काउने, बिगार्ने, बाँदरको स्वाभाव कहिले नजाने भो.
मन परे हरियो, नपरे रातो
0
1
दुर्घटना जहाँ पनि जुनै सुकु बेला निम्तिन सक्छन एस मा सबै जना सचेत हुनु अबसेक छ चालक पनि पद यात्री पनि ….. हाम्रो देस को राम्रो कानून को बेबस्था छैन दुर्घटना मा परेर मान्छे घाइते भो भने चै उपचार मात्र गरिदे पुग्ने आनी मिर्तु भो भने २५ हजार मा नै उम्किने रे ………एस्तो पनि कहिँ हुन्छा ..हो एस्तो अवस्था मा छर छिमेक आफन्त आवक मा औछा नै तर तोड फोद गर्नु आग जानी गर्नु राम्रो कैद चै हैन र सम्बन्धित निकाएले राम्रो सुजाव र सिछ्या दिनु धेरै आबसेक छ एस्तो हड्ताल बन्द ले आरु यात्रु हरुलाई आफ्नु गंताबे मा समयेमै पुग्नु पैदैना ……..साथै यहाँ एस्तो दुर्घटना को बारेमा सबैलाई चित्त बुज्दो राम्रो कानुन हुनु पर्नु क साथै बाटो घाटो को र ट्राफिक नियम को राम्रो बेबस्था हुनु आबसेक छ
मन परे हरियो, नपरे रातो
1
0