बन्यजन्तु मारेको अभियोग लागेका पूर्व सहायक रथी जेल चलान

परासी, असार ३० । जिल्ला प्रशासन कार्यालय नवलपरासीले नेपाली सेनाका पूर्व सहायक रथी सागर शमशेर जबरालाई पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान गरेको छ ।  शिकार गरेर रतुवा मृग मारेको अभियोगमा पक्राउ परेका पूर्व सहायक रथी जबरालाई  चलान गरेको हो ।

गत जेठ ३१ गते चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने नवलपरासी स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा शिकार खेलेर भाले मृग मारेर लैजाँदै गरेको अवस्थामा उनी सहित तिन जनालाई स्थानियवासीले पक्राउ गरी निकुञ्जको जिम्मा लगाएका थिए ।

आवश्यक अनुसन्धान पछि निकुञ्जले छाडे पनि हातहतियार सम्बन्धी भन्दै प्रहरीले साता दिन अघि जवरालाई पक्राउ गरेको थियो । पक्राउ परेका ललितपुर कुपण्डोल निवासी ७० बर्षीय जवरालाई जिल्ला प्रशासन कार्यालयले खरखजना ऐन अन्र्तगत पुर्पक्षका लागि कारागार चलान गरिएको हो । मृग मारेको बखत प्रयोग भएको गोलीको इजाजत नभएको भन्ने अनुसन्धानमा देखिएपछि उनीमाथि खरखजना ऐन अन्र्तगत मुद्धा चलाईएको छ । जवरा माथि १ वर्ष देखि ३ वर्ष जेल सजायको माग सहित सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको छ । नेपाली सेनाका पूर्व सहायक रथी सहित सेनाका  पूर्व सुवेदार सिताराम कार्की र  नवलपरासीको बज्रदल गण डण्डामा कार्यरत क्याप्टेन कुलदिप कुँवरलाई स्थानीयवासीले पक्राउ गरेका थिए ।

 

2 Responses to “बन्यजन्तु मारेको अभियोग लागेका पूर्व सहायक रथी जेल चलान”

  1. bidrohi says:

    सबैलाई जेल हाल्नु पर्छ,ति देशका कलङ्क हुन् ,,,,,,,,,,,,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  2. यो त बडो राम्रो, कर्वाहिता सबैलाई हुनुपर्योनी देशको कानुन भनेको ए देखि जेड सम्मलाई होनी बि देखि जेड सम्मत पन्चेकालमा मात्र कारवाही हुन्थ्यो ए बर्गलाई र उनीहरुका आसे पासेलाई छुट दिन्थे ! राजनीतिक नेता कारवाही गर्ने मन भएर पनि बिचरा हेर्या हेरै हुन्थे इस्पेसल्ली आर्मीका ,पुलिसका माथिल्ला तहका मान्छे र राजखलक लाई कर्वाहिनै हुदैनथ्यो तर यो लोकतन्त्रमा कुनै पक्ष पात भयोभने सहिदहरुका आँशुले नेताहरुलाई सधैका लागि सरापिरहने छ तेसैले नेता + कानुनका भान्सेहरुलाई पनि यो श्रेय जान्छ तेसैले सबिलाई समान काम गरोस देसको कानुनले तेही मेरो पुकार छ तेही मेरो कामना छ जय देश नेपाल !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)