रौतहट, असार ३१ । १४ औँ राष्ट्रिय महिला फुटबलमा आज दुई वटा खेल हुँदैछन् । रौतहटको चन्द्रनिगाहपुरमा हुने खेलमा ताप्लेजुङ्ग र सुर्खेत प्रतिस्पर्धा गर्नेछन् । यस्तै बाराको सिमरामा घरेलु टोली बारा र उदयपुरबीच खेल हुनेछ ।
हिजोदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत पहिलो खेलमा रौतहटले नवलपरासीलाई शून्यका विरुद्ध १२ गोलले हराएको थियो ।