चितवन,असार ३१।चितवनमा एसएमएसमार्फत यौनकर्मी महिलालाई यौन शिक्षा दिन सुरु गरिएको छ। यौनकर्मी महिलाहरू खुल्न नचाहने गरेकाले उनीहरूको मोबाइल नम्बर सङ्कलन गरेर मोबाइल सन्देश दिन थालिएको हो।
यौनकर्मी महिला तथा तिनका ग्राहकको विषयमा काम गर्दै आएको सहभागी संस्थाले चितवनमा पहिलोपटक यो कार्यक्रम सुरु गरेको हो। मोबाइल सन्देशमार्फत यौन शिक्षा कार्यक्रममा अहिलेसम्म ४० महिलालाई एसएमएस सन्देश दिइएको संस्थाका कार्यक्रम संयोजक युवराज सापकोटाले जानकारी दिए।
‘यौनकर्मी महिलाहरू आफ्नो व्यवसाय लुकाउने गर्छन्, त्यसैले महिला कर्मचारीलाई परिचालन गरेर उनीहरू बसेकै स्थानमा पुगेर गोपनीयता भङ्ग नहुने गरी हामीले सन्देश दिन थालेका छौं’-सापकोटाले भने। यौनकर्मीबाटै ‘एचआइभी’, यौनरोगलगायत विभिन्न रोगको सङ्क्रमण दर बढी देखिएकाले सुरक्षित यौन सम्पर्कका लागि यो अभियान थालेको सहभागी संस्थाका शालिग्राम पौडेलले बताए।
सन्देशमा कण्डम’ प्रयोग गरेर यौन व्यवसाय सञ्चालन गर्नुपर्ने, नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने, एचआइभी तथा यौन रोग सर्ने तरिका, रोकथाम, रोग सर्न नदिने उपाय, यदि रोग सरिहालेमा नियमित स्वास्थ्य परामर्श लिनुपर्ने लगायतका विषय समेटिनेछ। संस्थाको तथ्याङ्कमा चितवनमा एक हजारको हाराहारीमा यौनकर्मी रहेका छन्। तिनका १० हजार ग्राहक रहेको बताइएको छ।
उनीहरूले ग्राहकलाई पनि नियमित जानकारी र चेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताएका छन्। सरकारले यो पेसालाई वैधानिकता नदिए पनि नेपालमा लुकीछिपी यौन व्यवसाय सञ्चालित छ। रासस
येस्त्यो राम्रो काम सिदै हेल्लो साकार देखि सुरु गरे हुनेथियो yarrrrrrrrrrrr
मन परे हरियो, नपरे रातो
1
0