फोहोर फाल्न गएका चालक र सहचालकले भापड खाए

काठमाडौँ, साउन १६ । काठमाडौ महानगरपालिकाबाट फोहोर बोकेर सिसडोल पुगेको गाडीलाई स्थानीय बासिन्दाले रोकेका छन् ।  फोहोर फाल्न सिसडोल पुगेको गाडीका चालक तथा सहचालकलाई स्थानीय बासीले झापट हानेका छन् । फोहोर फाल्न सिसडोल पुगेको नगरपलिकाको गाडीका चालक र स्थानीयबिच विवाद भएपछि गाडीका चालक सुरेन्द्र चित्रकार र सहचालक माईला बस्नेतलाई स्थानीय बासिन्दाले कुटपटि गरेका हुन । कुटपिटबाट घाईते भएका दुवै जनालाई उपचारका लागि जनमैत्री अस्पताल काठमाडौ भर्ना गरिएको महानगरपालिकाका वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो । बारम्बार फोहोर फाल्न अवरोध गर्दै आएका स्थानीय बासिन्दाले महानगरपलिकाको अन्य गाडीहरुमा समेत तोडफोड गरेको जनाईएको छ ।
स्थानीय बासिन्दाले महानगरपालिकाको एउटा एम्बुलेन्स र ४/५ वटा गाडीमा समेत तोडफोड गरेको महानगरपालिकाले जनाएको छ । यस विषयमा स्थानीय बासिन्दासित वार्ता भईरहेको श्रेष्ठले बताउनुभयो ।

 

3 Responses to “फोहोर फाल्न गएका चालक र सहचालकले भापड खाए”

  1. usman sherpa says:

    झापट कि भापद राम्रो संग लेख ओइ पत्रकार माथि राम्रो संग हेरत …

    Well-loved. Like or Dislike: Thumb up 19 Thumb down 2

  2. Tulash Karki says:

    कतै नेवा: राज्यको फोहोर भनेर रोकियाको होइन त? यो माओवादी हरुले ल्याएको गलत संस्कृतिको उपज हो| अब प्रचण्ड, बाबुराम, बैद्य बाजे र नारायण काजी को ढोकामा लगेर फोहोर फ्याकी दिंदा कसो होला? गलत संस्कृतिको बिजारोपण गर्ने सामाजिक र सद्भाव को भडुवा हरु यिनै हुन्|

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  3. ram oli says:

    गाउ र बस्ती भएको ठाउमा फोहोर फालना भेना नि

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)